खस्किएको नाट्टाको सम्बन्धलाई सुधार्न र नयाँ शिराबाट अघि बढाउन हाम्रो भूमिका रहनेछ : मगर

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
कृष्णबहादुर मगर विगत १७ वर्षदेखि ट्राभल क्षेत्रमा क्रियाशिल छन् । उनी अमृत ट्राभल एण्ड टुर्सका प्रवन्ध निर्देशक हुन् ।
आसन्न नाट्टा निर्वाचनमा सम्भूराज पाठक समूहबाट द्वितीय उपाध्यक्षमा उनले उम्मेद्वारी दिएका छन् ।
‘केही समययता सुस्ताएको नाट्टालाई चलायमान बनाउँदै समग्र पर्यटन क्षेत्रलाई उकास्ने म र मेरो टिम दत्तचित्त रहने छ ।’ आफ्नो उम्मेद्वारीको औचित्य प्रश्ट्याउँदै उनी भन्छन् ।
आफू र आफ्नो टिम नाट्टामा गएको खण्डमा ट्राभल क्षेत्रमा देखिएका विभिन्न समस्या समाधान गर्ने उनको दावी छ । ‘सरकार र निजी सरोकारवाला निकायहरुसँग खस्किएको नाट्टाको सम्बन्धलाई सुधार्न र नयाँ शिराबाट अघि बढाउन हाम्रो भूमिका रहनेछ ।
तपाईंको बिचार