चुडामणी शर्मा कट्टेल, कार्यकारी निदेर्शक –नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (न
चुडामणी शर्मा कट्टेल नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का कार्यकारी निदेर्शक हुनुहुन्छ । गोरखा जिल्लामा विसं २००२ सालमा पीता कृष्णप्रसाद कट्टेल र माता विष्णुमाया कट्टेलको कोखबाट शिक्षित परिवारमा जन्मनुभएका कट्टेलले विगत डेढवर्षदेखि नाथममा कार्यरत रहनुभएको छ । आफ्नो जीवनको अधिकांश समय शिक्षा क्षेत्रसँग उठबस गर्नुभएका उहाँको सामाजिक क्षेत्रको क्रियाशिलता पनि उत्तिकै प्रशंसायोग्य छ । समग्रमा हेर्दा उहाँको व्यक्तित्वलाई मल्टिडाइनामिक भनेर अथ्र्याउन सकिन्छ ।
सुरुमा मण्डली उच्च मावि, छोप्राक गोरखामा प्रधानाध्यापकको रुपमा २३ वर्ष काम गर्नुभएका उहाँले त्यसपछि गोरखामै द्रव्यशाह बहुमुखी क्याम्पस १४ वर्ष सञ्चालन गर्नुभयो । उहाँ सो क्याम्पसको संस्थापक सदस्य पनि हुनुहुन्छ । यससँगै उहाँ नेपाल सरकारअन्तर्गत सानोठिमीको टिर्चस प्रोग्राम हेर्न विभिन्न जिल्ला जानुभएको थियो । त्यसैबेला उहाँलाई शिक्षा मन्त्रालयले केही समय स्पेसलिष्टको रुपमासमेत राखेको थियो । यसरी शिक्षा क्षेत्रमा जति योगदान पुर्याउनुभयो सामाजिक क्षेत्रमा पनि कम योगदान छैन कट्टेलको । २०४८ सालदेखि ०५४ सालसम्म राजनीतिकमासमेत सक्रिया हुनुभएका उहाँ गाविस अध्यक्ष भएरसमेत काम गर्नुभएको थियो । रानिसिंगाराई गोरखाको नमुना गाविसको रुपमा स्थापित गनेर् र नगरपालिका बनाउनको लागि उहाँको अमुल्य योगदान रहेको छ । गाविसको बारेमा उहाँले पुस्तक नै लेखेर प्रचार प्रचार गर्नुभएको थियो । त्यसको अलावा उहाँले विभिन्न बचत संस्थाहरुको जिल्ला अध्यक्ष अनि नेस्कोनको केन्द्रीय सदस्यसमेत भएर काम गरिसक्नुभएको छ । उहाँलाई जिल्लामा बचत अभियानताको रुपमा समेत लिन सकिन्छ । त्यस्तै मानवअधिकार क्षेत्रमा पनि उहाँको सक्रियता देखिन्छ । उहाँले काउराष्ट गोरखाको अध्यक्ष र केन्द्रीय सदस्यसमेत भएर कुशलतापूर्वक जिम्मेवारी सम्हालिसक्नुभएको छ । यसरी मानवअधिकार क्षेत्रमा लाग्ने क्रममा तत्कालिन माओवादीको क्यान्टोनमेन्टमा गएर मानवअधिकार सम्बन्धि प्रशिक्षण दिने कामसमेत गर्नुभएको थियो उहाँले । हाल निबृत्त शिक्षक समाजको अध्यक्ष भएर काम गरिरहनुभएको छ । सरल, सालिन एवं भलाद्मी स्वभावको कट्टेलले आफ्नो ७० वषेर् उमेरमासमेत जोस जागरका साथ नाथममार्फत गुणस्तरीय जनशक्ति उत्पादनमा हरतरहले लागिपर्नुभएको छ । पर्यटन क्षेत्र नेपालको आर्थिक विकासको लागि अनिवार्य अनि सर्वस्वीकार्य क्षेत्र भइसकेको हुनाले यस क्षेत्रको लागि जोशमात्रै नभई होसले काम गर्नुपर्ने बेला आएको बताउनुहुन्छ कट्टेल । पछिल्लो समय नाथमलाई नयाँ गति र दिशा दिन उहाँ सफल हुनुभएको छ ।
तपाईंको बिचार