पर्यटन क्षेत्रमा प्रवेश गरेको छोटो समयमै ठूलो सफलता हासिल गर्ने एकजना व्यक्तित्व हुन्, गोकुल सापकोटा । एक दशक अगाडि पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएका सापकोटाले पर्यटन क्षेत्रमा आप्mनो पृथक् छवि बनाइसक्नुभएको छ । त्यो सफलता हासिल गर्नुमा उहाँको छुट्टै पृष्ठभूमि र आयामहरु छन् ।
सापकोटाको जन्म आज भन्दा ठीक तीन दशक अगाडि धादिङको त्रिपुरेश्वर वडा नं. ६ मा भएको हो । निम्नवर्गीय किसान परिवारमा दोस्रो सन्तानको रुपमा जन्मिनुभएका सापकोटा सानैदेखि पढाइमा तेज हुनुहुन्थ्यो । परिवार, समाज र विद्यालयमा पनि एक अनुशासित र सबैका प्रिय बनेर त्यत्तिखेरै पनि उहाँले आफ्नो परिचय बनाइसक्नुभएको थियो ।
स्थानीय श्री अचाने उच्च माध्यमिक विद्यालय खहरेबाट विद्यालय तहको पढाइ पूरा गरेपछि सापकोटा राजधानी काठमाडौं छिर्नुभयो । काठमाडौँको हिरालाल बहुमुखी क्याम्पसमा प्रमाणपत्र तह अध्ययन गर्नुभयो र पछि पब्लिक युथ क्याम्पसबाट स्नातक तहमा भर्ना हुनुभयो । यही पढाइकै क्रममा सापकोटाको पर्यटनसँग उठबस सुरु हुन्छ । पर्यटन क्षेत्रमा प्रवेश उहाँको लागि एउटा संयोग थियो ।
‘पर्यटनमा मेरो प्रवेश एउटा संयोगको रुपमा भएको हो ।’ उहाँ भन्नुहुन्छ, ‘एसएलसी दिएर राजधानी छिरेलगत्तै प्लस टूको पढाइ सुरु गरेँ तर यो बीचमा आर्थिक जोहोका लागि एक होटलमा वेटरको रुपमा काम सुरु गरेँ ।’ पढाइमा बाधा पुगेका कारण सो काम छाडेर एक–दुईपटक ट्रेकिङ गएको उहाँको अनुभव छ । पछि यही क्षेत्रमा आफ्नो करिअर निर्माण गरियो ।’ स्नातक तह पढ्दादेखि आफूले पर्यटन सुरु गरेको उहाँ बताउनुहुन्छ । ‘मेरा गाउँका आफन्त र साथीहरु पनि पर्यटन क्षेत्रमा आबद्ध भएकाले पर्यटनमा आबद्ध रहन मलाई सहज थियो’, सापकोटा भन्नुहुन्छ ।
हुनत प्रमाणपत्र तह अध्ययनकै शिलशिलामा उहाँले जापानिज भाषाको कोर्स पनि पूरा गर्नुभएको थियो । अरु केही नभएर जापान जाने होडमा उहाँले भाषा सिक्नुभएको थियो । ‘म प्लस टू पढ्दाताका जापान जाने लहर चलेको थियो’, उहाँ थप्नुहुन्छ,
‘प्लस टू लेवल सकिसक्दा म जापानिज भाषा राम्रोसँग बोल्न सक्ने भइसकेको थिएँ ।’ यतिबेलासम्म सापकोटाले गाइड तालिमसमेत हासिल गरिसक्नुभएको थियो अर्थात् गाइडका लागि आवश्यक पनेर् लाइसेन्स थियो उहाँसँग । यस अवधिमा पुनः उहाँले केही समय ट्रेकिङ गर्नुभयो ।
अध्ययनमा औधी चासो राख्ने स्वभावका कारण स्नातक पढ्दै गर्दा सापकोटालाई फेरि अकोर् भाषा पढ्ने इच्छा जाग्यो । त्यही शिलशिलामा स्पेनिस भाषा कक्षामा भर्ना हुनुभयो । ‘स्नातक सकिसक्दा मैले स्पेनिस भाषामा पनि डिप्लोमा भ्याइसकेको थिएँ ।’ यो समय उहाँ औपचारिक अध्ययनको अलावा तीनवटा भाषा राम्रोसँग बाल्ने र गाइड लाइसेन्स हात परिसकेको थियो ।
स्नातक तह उत्तीर्ण भएलगत्तै सापकोटा कुनै एक ट्रेकिङ कम्पनीमा म्यानेजरको रुपमा काम सुरु गर्नुभयो । ‘सो कम्पनीमा केही समय काम गरेपश्चात् अब आफैँले केही गर्नुपर्छ, म पनि सक्षम छु भन्ने इच्छाशक्ति जाग्यो’, सापकोटा बताउनुहुन्छ, ‘अनि आफैँले आउटसाइन एडभेन्चर प्राइभेट लिमिटेड नामक कम्पनी खोलेँ ।’ जुन समय वि.सं.२०६७ सालको थियो ।
यो समय पर्यटन क्षेत्र सबैभन्दा बढी फस्टाएको समय थियो । मुलुकको पर्यटन विस्तारै बामे सर्न लागेको बेलामा विविध समस्या र चुनौतीहरु पनि उत्तिकै थिए । बजारमा चकोर् प्रतिस्पर्धा थियो । यस्तो बेला कम्पनी खोल्दा सुरुमा अत्यन्तै अप्ठ्यारो अवस्थाको सामना गर्नुपरेको सापकोटाको अनुभव छ ।
‘कम्पनी सुरु गरेको ६ महिना त निकै गाह्रो भयो’ सापकोटा सम्झिनुहुन्छ, ‘सुरुको केही महिना त भाडा पनि ऋण खोजेर तिरेँ । त्यसपछि केही सहज हुँदै गयो ।’ अहिलेसम्म कम्पनी राम्रैसँग चलाउन सक्ने अवस्था बनेको उहाँ बताउनुहुन्छ । तथापि पछिल्लो समय महाभूकम्पका कारण पर्यटन क्षेत्र पुनः शिथिल बनेको छ– सबै व्यवसायीहरुलाई जस्तो समस्या उहाँको लागि पनि स्वतः छ ।
सशस्त्र द्वन्द्वको उत्कर्षताका पर्यटन क्षेत्रमा पाइला टेक्न सुरु गर्नुभएको सापकोटा पर्यटनमा द्वन्द्व, शान्तिकाल र सोपछाडि भर्खरैको महाविपत्तिको प्रभावको आयामको बारेमा राम्रो पारख राख्नुहुन्छ । नेपालमा अथाह पर्यटकीय सम्भावनाहरु भए पनि सोको उपयोग गर्न नसक्दा राष्ट्रिय रुपमा मुलुकले चुकाएको मूल्य ज्यादै चकोर् रहेको उहाँको ठहर छ । ‘द्वन्द्वको समय मुलुकभित्रैका नागरिक सुरक्षित नरहेको अवस्थामा पर्यटक आउने अवस्था नै रहेन ।’ सापकोटा भन्नुहुन्छ,
‘गणतन्त्रपछाडि राम्रो सन्देश गए पनि भर्खर द्वन्द्व समापन भएको परिस्थितिमा पर्यटकहरु नेपाल आउनका लागि पर्ख र हेरको अवस्थामा थिए । केही समय यसरी नै बित्यो ।’ त्यसपछाडि पनि प्रतिबद्धताअनुरुप देशमा संविधान जारी नहुँदा र अशान्तिको अवस्था नभएतापनि राजनीतिक तरलताका बावजुद पर्यटक आगमन वृद्धि भए पनि सो आशातित नभएको सापकोटाको ठहर छ ।
वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण पर्यटन क्षेत्र तहसनहस भए पनि यसबीचमा संविधान जारी हुने संकेत देखिएका कारण पुनः पर्यटक आगमनमा बढोत्तरी हुनेमा सापकोटा आशावादी देखिनुहुन्छ । ‘आउँदो पर्यटकीय सिजनपछाडि पर्यटक आगमन बढ्ने देखिन्छ ।’ उहाँका अनुसार आउँदो अक्टोबरपछाडिको सिजनमा ४० देखि ५० प्रतिशत पर्यटक नेपाल आउँछन् । भूकम्पले ठूलो क्षति सृजना गरेकोले आउँदो पर्यटकीय मौसममा नै पर्यटक आगमन खासै नबढ्ने उहाँको दाबी छ । ‘प्राकृतिक प्रकोप हाम्रो कावुभन्दा बाहिरको कुरा भएकाले पर्यटकहरुले पनि बुभ्mलान् !’ उहाँ आशावादी देखिनुहुन्छ । प्रतिबद्धताअनुरुप काम गरेको अवस्थामा नेपालको पर्यटन आगामी एक÷डेढ वर्षमा पुनरुत्थान हुनसक्ने सापकोटा जिकिर गर्नुहुन्छ ।
सापकोटा भूकम्पका कारण नेपालको प्रचार विश्वमाझ भएको ठान्नुहुन्छ– भलै त्यो नकारात्मक दृष्टिले चिनाएको नै किन नहोस् । भूकम्पपछाडि पर्यटक आगमनमा देखिएको सुस्ततालाई चिर्न अब थप मिहिनेत गर्नुपनेर् आवश्यक भइसकेको उहाँको भनाइ छ । यसका लागि सबैभन्दा पहिले नेपालको बारेमा नकारात्मक सामग्री समावेश गरेको विश्वप्रसिद्ध अनलाईन ट्राभल एडभाइजरी सच्याउने पहल गर्नुपनेर् उहाँको सुझाव छ । योसँगै नेपालको बारेमा थप प्रचारका लागि काम गर्नुपछ । ‘नेपालको पर्यटन प्रवद्र्धनका लागि हामीले नयाँ–नयाँ मोडल विकास गर्न सक्छौँ ।’
सापकोटा भन्नुहुन्छ, ‘जस्तो पर्यटन प्रबर्दनका लागि भारतले इन्क्रेडिवल इन्डिया भन्ने नारा ल्याएको छ, यस्तैखाले कुनै नयाँ नारा ल्याएर हामी पनि पर्यटन प्रबर्दन गर्न सक्छौँ ।’ योसँगै अन्तराष्ट्रिय सञ्चारमाध्यममा नेपाली पर्यटन विकासका लागि प्रवद्र्धनात्मक सामग्री समेट्न पहल गनेर्देखि लिएर रहस्यमै रहेका नयाँ–नयाँ गन्तव्यको खोजी गरी प्रचार गर्नसके नेपाली पर्यटनले आगामी केही वर्षमा नै ठूलै फट्को मानेर्मा उहाँ ढुक्क हुनुहुन्छ । पर्यटन विकासका लागि अब सरकार र निजी संघसंस्थाहरु एकीकृत भएर लाग्नुपनेर् सापकोटाको मत छ । ‘दुवैले आ–आफ्नो क्षमताअनुसार काम गरेका छन्, यसमा समस्याहरु पनि थुप्रै छन् ।’ सापकोटा भन्नुहुन्छ, ‘आगामी दिनमा प्रवद्र्धनात्मक हिसाबले सबै पक्ष सशक्त भएर लाग्नुपर्छ ।’
अमेरिका, दक्षिण कोरिया, जर्मनी, स्पेन, फ्रान्स, थाइल्याण्ड, चीनलगायतका झण्डै दुई दर्जन मुलुकहरु भ्रमण गरिसक्नुभएका सापकोटाको अनुभवमा नेपाल प्राकृतिक तथा सांस्कृतिक सम्पदामा विश्वमै सबैभन्दा धनी देश भए पनि तिनलाई थप प्रचार र पूर्वाधारको विकास गर्न नसक्दा पछि परेको छ । ‘अब तिनको अभाव हुन नदिने गरी काम गर्नुपनेर् समय आएको छ’, उहाँ भन्नुहुन्छ ।
पर्यटन क्षेत्रमा एक दशकभन्दा बढ्ता समय व्यतित गरिसक्नुभएका सापकोटा हाल काठमाडौँ स्विट होम् होटलको निर्माणमा जुटिरहनुभएको छ । यसबीचमा उहाँ ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को कार्यकारी सदस्यसमेत भइसक्नुभएको छ । सो संस्थाको वेलफेयर एण्ड क्रइसिस डिर्पाटमेन्टमार्फत उहाँले विभिन्न कामहरु पनि गदैर् आइरहनुभएको छ । आफ्नो आकाङ्क्षा सुनाउँदै सापकोटा भन्नुहुन्छ, ‘आगामी
दिनमा टानको कुनै कार्यकारी पदमा रहेर म आफ्नो क्षमता प्रदर्शन गर्न चाहन्छु ।’
तपाईंको बिचार