नीरध्वज लामा, वरिष्ठ पर्यटन व्यवसायी तथा समाजसेवी
आजभन्दा ५३ वर्ष अगाडि काभ्रेमा जन्मिनुभएका नीरध्वज लामा पर्यटन क्षेत्रमा एक परिपक्व व्यवसायीको रुपमा लिन सकिन्छ । विगत दुई दशकभन्दा बढी समयदेखि प्रत्यक्ष रुपमा पर्यटनसँग जोडिनुभएका पर्यटन क्षेत्रमा ‘शून्य लेवल’ अर्थात् पोर्टरदेखि संघर्ष सुरु गदैर् कम्पनी मालिकसम्म हुनुभएको छ । उहाँले वि.स. २०६६ मा हिमाल स्पेज्यलरेसेन ट्रेकिङ स्थापना गरी पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आउनुभएको छ । लामा अंग्रेजी भाषामा दख्खल राख्नुहुन्छ । प्रस्तुत छ, उहाँको व्यवसायिक यात्रा र जीवन भोगाइका विषयमा गरिएको अन्तरंग कुराकानीः
नेपालको पर्यटन क्षेत्रमा तपाईले अगाडि बढाउनुभएको यात्राको बारेमा बताइदिनुस् ?
वि.सं. २०५२ सालमा राजधानी छिरेर पर्यटन क्षेत्रमा आबद्ध भएको हुँ । काभ्रेबाट काठमाडौँ आई कुनै ट्रेकिङ कम्पनीमा जागिरको रुपमा काम सुरु गरेको थिएँ, मैले । रोजगारीको क्रममा ५ वर्ष पोर्टर र वि.सं.२०५७ देखि २०६२ सम्म गाइडको रुपमा काम गरेँ । त्यही साल पार्टनरसिपमा एकजना साथीसँग मिलेर एक ट्रेकिङ कम्पनी सञ्चालन ग¥यौँ । तर, हाम्रो सहकार्य लामो समय टिकेन पाँच वर्षपछाडि मैले सो कम्पनी छाडेँ । त्यसपछि आफैँले हिमाल स्पेस्लाइज्ड ट्रेकिङ नामको कम्पनी खोलेर चलाउन थालेँ, अहिले यही कम्पनी चलाउँदै आइरहेको छु ।
पोर्टरदेखि कम्पनी मालिकसम्म आइपुग्दाको तपाईको अनुभव सुनाइदिनुस् न ?
म जतिबेला पर्यटन क्षेत्रमा आबद्ध रहेँ, त्यो समय द्वन्द्वको उषाकालको समय थियो । पर्यटन क्षेत्रमात्र नभएर समग्र मुलुककै सबै क्षेत्रमा एउटा अस्तव्यस्तताको अवधि थियो, त्यो । त्यसअवधिमा नेपाली पर्यटन क्षेत्रले अपूरणीय क्षति व्यहो¥यो । यसको साक्षी रहेको हिसाबले नेपालकै इतिहासमा द्वन्द्वको यो अवधि पर्यटनका लागि सबैभन्दा कठिन रहेको मैले अनुभव गरेँ । द्वन्द्वको अन्त्यपश्चात र शान्तिकाल सँगसँगै नेपालको पर्यटनले गति लिन सुरु गरेको हो । पर्यटन क्षेत्रमा आजपर्यन्त जति विकास भएको छ, त्यो यही शान्तिकालमा भएको हो । पर्यटकहरुको संख्या ह्वात्तै बढेको हो यो समयमा । व्यक्तिगत हिसाबले मैले पनि यहि अवधिमा हिँड्न सुरु गरेको हुँ । अतः म पर्यटन क्षेत्रमा आबद्ध भएको अवधि पर्यटनका लागि एक ऐतिहासिक समय थियो । विनाशकारी भूकम्पपश्चात् अहिले पुनः एकखाले संकट देखिएको छ ।
यसरी सरल ढंगबाट अघि बढिरहेको नेपालको पर्यटन क्षेत्र भूकम्पले क्षतविक्षत बनाएको छ, यो अवस्थालाई कसरी लिनुभएको छ ?
पछिल्लो समय सुदृढ बन्दै गएको नेपाली पर्यटन विनाशकारी भूकम्पले एकाएक तहसनहस भएको छ । हाम्रा केही सम्पदा, केही पर्यटकीय रुटहरु भत्केका छन्, भौतिक र मानवीय क्षति भएका छन् । यद्यपि हामी पूरै सकिसकेका छैनौँ । यही अवस्थाबाट अब हामी अगाडि बढ्नुपनेर् आवश्यकता छ । पहिलो चरणमा हामीले नेपाल सुरक्षित छ भनेर अन्तरर्ाष्ट्रिय जगत्मा विश्वस्त पार्नुपर्छ । हाम्रा सम्पदा प्रचारमा आएजस्तोगरी भत्किएका छैनन्, हामीसँग थुप्रै सम्पदाहरु अझै पनि जीवितै छन् भनेर सन्देश दिनु जरुरी छ । सकारात्मक प्रचारसँगै नयाँ पूर्वाधार निर्माण, नवनिर्माण र पुनर्निर्माणलाई पनि सँगै अगाडि बढाउनुपनेर् जरुरी छ । यसमा सबै पक्ष र निकाय एकीकृत रुपमा अघि बढ्नुपर्छ ।
तर भूकम्पपछि नेपालको पर्यटन तहसनहस भएको छ भन्ने हिसाबले प्रचारहरु भएका छन्, जसका कारण पर्यटक आगमन ह्वात्तै घटेको छ । क्षति र नकारात्मक प्रचारका बीच नेपालको पर्यटन पुनरुत्थान कसरी संभव छ ?
अहिलेको सबैभन्दा ठूलो चुनौती भनेकै अनावश्यक रुपमा फैलिएका गलत प्रचार रोकी सही र तथ्यपरक सन्देश अन्तरर्ाष्ट्रिय जगत्मा प्रवाह गर्नु हो । भूकम्पको क्षतिभन्दा पनि गलत प्रचारका कारण पर्यटक आगमन रोकिएको हो भन्ने मैले बुझेको छु । तसर्थ नेपालको बारेमा सही सन्देशमात्रै फैलाउने हो भने पहिलेकै मात्रामा पर्यटक यहाँ आउन सक्छन् । यसका लागि मुख्यगरी सरकार नै अघि बढ्नुपर्छ । कुनै पर्यटकीय संस्था वा व्यवसायीभन्दा पनि सरकारले यो सन्देश पु¥याउन सक्यो भने बढी प्रभावकारी हुन्छ । सरकारले विभिन्न विदेशी सञ्चारमाध्यमका प्रतिनिधिहरुलाई नेपाल ल्याएर यहाँ को वस्तुस्थितिको बारेमा प्रत्यक्ष जानकारी गराएर हुन्छ कि भिसा प्रक्रिया सहज बनाएर, छुट तथा सहुलियत दिएर हुन्छ, वा दूतावासमार्फत कूटनीतिक तवरले नेपाल सुरक्षित छ भनेर सम्बन्धित मुलुकहरुलाई सो देशका नागरिकलाई नेपाल घुम्न जान आग्रह गरेरलगायत विभिन्न माध्यमबाट नेपाल आउन पर्यटकहरुलाई उत्प्रेरित गर्न सक्छ । यसबाहेक ट्राभल एड्भाइजरीमा उल्लेखित नेपाल असुरक्षित छ भन्ने नकारात्मक प्रचारात्मक सामग्री हटाउनु पनि अहिलेको पहिलो आवश्यकता
हो ।
आउँदो पर्यटकीय सिजनमा नेपालको पर्यटनलाई ब्युताउँछौँ भनेर पर्यटन व्यवसायी र संघसंस्थाहरुले भनिरहेका छन्, यसबारे तपाईको प्रतिक्रिया के छ ?
यहि तीन महिनामा नै नेपालको पर्यटनलाई कायापलट गर्ने भन्ने कुरा होइन, यो सम्भव पनि छैन । तर हामीले सक्दो प्रयास भने गर्नुपर्छ । सरकार, पर्यटकीय संघसंस्था, व्यवसायीलगायत सबै एक भएर लाग्यौँ भने आउँदो दुई÷तीन वर्षमा नेपाली पर्यटनलाई पहिलाको भन्दा समृद्ध बनाउने कुराचाहिँ असम्भव छैन ।
पर्यटन पुनरुत्थानका लागि तपाईले आफ्नो ठाउँबाट के गरिरहनुभएको छ ?
पर्यटन क्षेत्रलाई सहज रुपमा अघि बढाउनको लागि हामी पर्यटन व्यवसायीहरु आ–आफ्नो ठाउँबाट पहलकदमी गरिनै रहेका छौं । प्रत्यक्ष होस् वा अप्रत्यक्ष रुपमा हामी देशको पर्यटन विकास र प्रवद्र्धनकै लागि लागिरहेका छौं ।
तपाईले भनेजस्तै सकारात्मक सन्देश प्रवाह मात्रै गरेर नेपालको पर्यटन सुध्रिन्छ त ?
हो, हाम्रो लक्ष्यअनुरुप पर्यटक भित्र्याउनका लागि नेपालका पर्यटकीय गतिविधि र गन्तव्यहरुको बारेमा सकारात्मक सन्देश प्रवाहसँगसँगै यहाँको पर्यटकीय पूर्वाधार निर्माणलाई पनि प्राथमिकताका साथ अघि बढाउनु पर्छ । हाम्रा विमानस्थलहरुको सुधार एउटा ठूलो चुनौतीको विषय बनिरहेको छ । भएको एकमात्र त्रिभुवन अन्तरर्ाष्ट्रिय विमानस्थलको अवस्था चिन्ताजनक छ । प्रस्तावित निजगढ विमानस्थलको कुरा पनि त्यत्तिकै सेलाउँदै गएको जस्तो देखिएको छ भने अकोर् पोखरा विमानस्थल निर्माण गनेर् कुरा त्यत्तिकै अलमलमा परेको छ । यसको बीच सरकारले अब निर्माणाधीन निजगढ विमानस्थललाई सक्दो चाँडो पूरा गर्नुपर्छ । साथै त्रिभुवन विमानस्थलको स्तरोन्नतिका लागि उत्तिकै ध्यान दिनुपनेर् देखिन्छ ।
जाँदाजाँदै, तपाई पर्यटनका अलावा विभिन्न समाजसेवामा समेत उत्तिकै सक्रिय हुनुहुन्छ । यसबारे छोटोमा बताइदिनुस् ?
म आफूलाई त्यत्ति ठूलो समाज सेवा गरेको छु जस्तो त लाग्दैन । तथापि मेरो क्षमता र व्यावसायिक स्रोतले धानेसम्म समाजसेवा गदैर् आएको छु । यसक्रममा काभ्रेको रोसी खोला पारी एक माध्यमिक स्कुलको निर्माण गरेको थिएँ, वि.स. २०६८ सालमा, एक जर्मन पर्यटकसँग मिलेर । अहिले काठमाडौँकै जोरपाटीमा लाइन्स क्लवमा आबद्ध रहेर गरिब र जेहेन्दार विद्यार्थीहरुको लागि सामाजिक कामहरु गरिरहेको छु । त्यस्तै पछिल्लो समय विनाशकारी भूकम्पबाट प्रभावित नुवाकोट र काभ्रेका विभिन्न ठाउँहरुमा पीडितहरुलाई खाद्य तथा आवासका विभिन्न सामग्रीहरु वितरण ग¥यौँ । यस्तै भविष्यमा पनि समाजसेवाको कर्ममा आफूलाई समर्पित गनेर् योजना छ ।
अन्तमा केही छुटेको भए ?
जे नहुुनु भैसकेको छ । अब हामीले नेपालको पर्यटन क्षेत्रलाई पहिलेकै अवस्थामा ल्याउन हरसम्भव प्रयास गर्नुपर्छ । ध्वस्त भएका सम्पदाहरुको नवनिर्माण र क्षतिग्रस्त सम्पदाहरुको पुनर्निर्माण तथा मर्मत सम्भार गरेर आउँदो पर्यटकीय सिजनभित्र नेपालको पर्यटन अधिक रुपमा ब्यूँताउनुपर्छ । यो हाम्रो लागि एउटा अवसरको कुरा पनि हो । मलाई त यो कुनै ठूलो कुरा हो जस्तो लाग्दैन । चुनौतीलाई अवसरको रुपमा ग्रहण जतिसक्दो चाँडो आउँदो दुई÷तीन वर्षभित्रमा नेपालको पर्यटनलाई पहिलेकै अवस्थामा ल्याउनेगरी सरकारी र गैरसरकारी सरोकारवाला निकाय एक हुनुपर्छ । यसका लागि सञ्चार जगत्ले पनि भूमिका खेल्नु आवश्यक छ ।
तपाईंको बिचार