अचेल उमेर पुगेका अधिकांश युवायुवती हातमा पासपोर्ट बोकेर विदेश जान हतारिइरहेका हुन्छन् । नेपालमा भविष्य नदेखेर बरु, तल्लै स्तरको काम गर्नका लागि भए पनि विदेश जानेहरुको लहर चलेको छ । यो पंक्तितिर इंगित गदैर् टंकबहादुर पुरी ‘विश्व’ भन्नुहुन्छ ‘विदेश गएर बगाउने रगत र पसिना यही भूमिमा बगाउन सके नेपालमै केही गर्न सकिने सम्भावना प्रशस्तै छन् ।’
एक दशकयता प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पर्यटनका साथै समाजसेवामा समर्पित हुँदै आउनुभएका विश्वले विगत दुई वर्षयता एउटा सुविधासम्पन्न रेष्टुराँ सञ्चालन गदैर् आउनुभएको छ । वि.स. २०७० सालदेखि ठमेलस्थित मस्र्याङ्दी होटलको आडमा विश्वले एनबीएस रेष्टुराँ एण्ड बार सञ्चालन गदैर् आउनुभएको हो । बाक्लो पर्यटकीय चहलपहल हुने ठाउँ ठमेलमा अवस्थित रेष्टुराँ व्यवस्थापकीय रुपमा पनि उत्तिकै चुस्त छ । एकपटकमा १२० जनाभन्दा बढी अटाउन सक्ने क्षमता रहेको मध्यमखाले यो रेष्टुराँको व्यापार सन्तोषजनक रहेको छ । ‘यो रेष्टुराँमा अहिले औसत ३० हजारको व्यापार हुन्छ । सिजनमा योभन्दा बढी नै हुन्छ ।’
रेष्टुराँको वर्तमान स्थितिबारे विश्व भन्नुहुन्छ, ‘यद्यपि भाडा, कर्मचारीको तलब, सुविधा कटाएर खर्च मेन्टेन भएको छ । आसपासका अरु रेष्टुराँको तुलनामा हामीले आफूलाई पनि परिष्कृत गराएका छौँ ।’ हाल ९० हजार रुपैयाँ बहालभाडा तिदैर् आउनुभएको विश्वले १७ जनालाई रोजगारीसमेत दिनुभएको छ ।
बिहान ८ जेदेखि बेलुकी १० बजेसम्म खुल्ने रेष्टुराँमा ब्रेकफास्ट, लन्च, स्न्याक्स, डिनरलगायत खानाका पाँचै कोर्स उपलब्ध छ । रेष्टुराँमा नेपाली, इन्डियन, बंगाली, चाईनिज, कन्टिनेन्टललगायतका विभिन्न स्वदेशी तथा विदेशी परिकारहरुको स्वाद चाख्न पाइन्छ । विरयानी, नेपाली थाली, चिकेन चिल्ली, राईस पुडिङ, स्प्रिङ रोल, स्रेडेड रोस्टेड ड्राई चिकेन वा बिफ स्पाईस, ग्रील फिस, सिज्लर, स्टेकलगायतका परिकार ग्राहकको रोजाईमा पनेर् गरेको विश्व बताउनुहुन्छ । त्यस्तै विभिन्न प्रकारका स्वदेशी तथा विदेशी ब्रान्डका अल्कोहलका साथै कक्टेल-मक्टेल पनि रेष्टुराँमा उपलब्ध छ । ‘हामीले खानाका गुणस्तरमा कुुनै पनि सम्झौता गरेका छैनौँ ।’
गुणस्तरी खानाका साथमा राम्रो हस्पिटालिटी कायम गरेको बताउँदै विश्व थप्नुहुन्छ, ‘हामी खानाको गुणस्तरका साथमा राम्रो हस्पिटालिटी कायम गनेर् कुरामा पनि उत्तिकै सचेत छौँ ।’ विगत लामो समययता होटल तथा रेष्टुराँ क्षेत्रमै कार्यरत रहिआउनुभएका विश्वले रेष्टुराँलाई थप सुविधासम्पन्न बनाउने चेष्टा गरेको देखिन्छ । रेष्टुराँमा आधुनिक सेवा र सुविधाको कमी देखिँदैन । पहिलो र दास्रो तलामा अवस्थित रेस्टुराँमा व्यवस्थित बसाइँको चाँजोपाँजो मिलाएको देखिन्छ । ग्राहकको सुविधाका लागि रेष्टुराँलाई बातानुकूलित बनाइएको छ । त्यस्तै विद्युत् आपूर्ति नभएको समयमा ब्याकअपका लागि जेनेरेटरबाट विद्युत परिपूर्ति, फ्री वाइफाईलगायत प्लाज्मा टिभीको व्यवस्था गरिएको छ भने आधुनिक एट्याच बाथरुम समेत रेष्टुराँमा छ । टेरेसबाट वरपरको दृश्यावलोकन गर्न सकिनु रेष्टुराँको अकोर् विशेषता हो । अनुभवी कर्मचारीहरुको गुणस्तरीय सेवाले रेष्टुराँमा ‘सुनमा सुगन्ध’ थपेको महसुस हुन्छ ।
समयको मागसँगै रेष्टुराँको सेवा र सुविधा विस्तार गनेर् क्रमलाई पनि रेष्टुराँले ध्यान दिएको बुझ्न सकिन्छ । यसका लागि निर्माण कार्य चलिरहेको छ । खासगरी विदेशी पर्यटकका लागि लक्षित गरेर खोलिएको रेष्टुराँमा हाल चाइनिज पर्यटकहरु धेरै आउने गरेको अनुभव सुनाउँदै विश्व भन्नुुहुन्छ, ‘हुन त सबै देशका पर्यटकहरु यहाँ आएको देखिन्छ । तर, पछिल्लो समय चिनियाँ पर्यटकको संख्या बढेसँगै यहाँ पनि अरु देशका तुलनामा चिनियाँ पर्यटकहरुको आउने क्रममा वृद्धि भएको छ ।’
कुनै पनि व्यवसाय सञ्चालन गर्न जति सजिलो हुन्छ त्यसलाई निरन्तरता दिन उत्तिकै गाह्रो छ । त्यसमाथि पछिल्लो समय जुनसुकै व्यवसायमा आएको गुणात्मक वृद्धिका कारण प्रतिस्पर्धी भएर अगाडि बढ्नुपनेर् बाध्यता छ । यही प्रतिस्पर्धात्मक रुपमा अगाडि बढ्दा बजारमा देखिने अनेकवली समस्यासँग मुकाविला गदैर् अगाडि बढ्नुपनेर् चुनौती असल व्यवसायीहरुलाई पनि उत्तिकै छ । सोही समस्या विश्वमाथि पनि छ । तथापि, यसप्रति विश्वलाई कुनै ‘फिक्री’ छैन । ‘प्रतिस्पर्धी बजारमा समस्या त निश्चय नै आउँछन् । तर, यसमा मेरो भन्नु केही छैन । हामी
आफ्नो ढंगले सही मार्गमा अगाडि बढाएका छौँ, बाहिर देखिएका गलत क्रियाकलापमा संलग्न हुनु जरुरी छैन ।’ उहाँ भन्नुहुन्छ, ‘हामीले राम्रो सेवा सुविधा र व्यावसायिक मर्यादाबाहेक केही सोच्नु जरुरी छैन ।’ हाल रेष्टुराँ सोचेअनुरुप नै सञ्चालनमा आएबाट आफू सन्तुष्ट रहेको बताउँदै विश्व भन्नुहुन्छ, ‘व्यवसायबाट मलाई पूूर्ण सन्तुष्टि मिलेको छ ।’
विश्वको व्यावसायिक यात्रा
आजभन्दा २५ वर्षअगाडि सिन्धुपाल्चोकस्थित ठूलो सिरुबारी गाविसमा अवस्थित मध्यम वर्गीय परिवारमा जन्मनुभएको हो, विश्व । विश्वको परिवारले गाउँमा नै अर्गानिक फर्म सञ्चालन गर्छ । उक्त फर्म अद्यापि सञ्चालनमा छ । फर्मसँगै समाजसेवामा पनि आवद्ध हुनुहुन्छ, उहाँको बाबुआमा ।
विश्व परिवारमा नै पनि अलि ‘अफविट’ लाग्छन । चार दाजुभाइमध्येका माइला हुनुहुन्छ विश्व । उहाँका दाजुभाई सबै पर्यटक गाइड हुन् । तर, उहाँले पर्यटक गाइड बन्ने अवसारलाई त्यागेर आफ्नै निर्णयमा अघि बढनु भएको छ । उहाँको सोचाई पनि सामान्य युवायुवतीको भन्दा केही फरक प्रतित हुन्छ ।
गाउँकै विद्यालयबाट साक्षर विश्व वि.स. २०५८ सालयता काठमाडौँमा हुनुहुन्छ । राजधानीमा रहेर सुरुदेखि नै पर्यटन क्षेत्र सम्बन्धित व्यवसायमा आबद्ध रहनुभएका विश्व आफ्नो रुचिसँगै भविष्य पनि यही पर्यटन क्षेत्रमा देख्नुहुन्छ । पर्यटनबाटै नेपालको विकास र समृद्ध संभव छ भन्नेमा उहाँ दृढ हुनुहुन्छ । तसर्थ यसैलाई रोजेर आफूले विकास र समृद्धिका लागि टेवा पुर्याउने लक्ष्य बोकेको उहाँको ठहर छ ।
उसो त गाउँमै पनि होमस्टे संचालन गदैर् ग्रामीण पर्यटन प्रवद्र्धनमा उहाँ आफैँ हेलिनुभएको छ । ग्रामीण क्षेत्रमा पर्यटन विकासका प्रशस्त सम्भावनाहरु भए पनि सो क्षेत्रका खास पहिचान र रहनसहनका बारेमा यथेष्ट प्रचारप्रसार र जानकारी गराउन नसक्दा ग्रामीण पर्यटन प्रवद्र्धन हुन नसकेको विश्व बताउनु हुन्छ । यसबाहेक नेपालको पर्यटन विकासका लागि यस क्षेत्रमा । सरकारी तथा निजी दुवैतिरबाट थप लगानी आवश्यक रहेको उहाँको विश्वको दाबी छ ।
साठीको दशकको सुरुवातबाटै प्रत्यक्ष रुपमा पर्यटन क्षेत्रमा जोडिनुभएका विश्वको खास रुचि समाजसेवामा रहेको बताउनुहुन्छ । पेसाले जेमा आबद्ध रहे पनि उहाँको भावी योजना समाजसेवामा केन्द्रित छ । उसो त सामाजिक सेवा गर्नुपर्छ भन्ने सोच भएको परिवारमै जन्मिनुभएकोले पनि होला उहाँमा समाजसेवाप्रति विशेष आशक्ति छ । कुरा भन्दा पनि कर्ममा जोड दिनुपर्छ भन्ने सकारात्मक सोचाइ राख्ने उहाँ व्यावहारिक रुपमा इमान्दार देखिनुहुन्छ । जुन उहाँको व्यावसायिक सफलताको कसी पनि हो । हाल उहाँ हिमाल, पहाड सहयोग नेपाल(एचपीटी) को अध्यक्ष हुनुहुन्छ । जसमार्फत उहाँ प्रत्यक्ष रुपमा समाजसेवामा जोडिनुभएको छ । ग्रामीण क्षेत्रमा विद्यालयीय सामग्री वितरण गनेर्, बाढी पीडितलाई सहयोग गनेर्लगायतका विभिन्न सामाजिक कर्ममा यो संस्थाले उदाहरणीय कामहरु गदैर्आईरहेको छ ।
वैशाख १२ गते आएको विनाशकारी भूकम्पको मारमा परी सबैभन्दा बढी क्षति पुगेको गृहजिल्ला सिन्धुपाल्चोकका स्थानीयहरुको सहयोगार्थ विश्वले विभिन्न खाद्यान्न तथा आवासीय सामग्री पुर्याउनुभएको थियो । यसक्रममा सोही गाविसलाई बंगलादेशको दूतावासबाट २५ लाख रुपैयाँ जुटाई ७४ घरलाई प्रतिघर एक–एक हजार रुपैयाँ तथा बाँकीको खाद्य, आवासीय तथा स्वास्थ्य सामग्री वितरण गर्नुभएको थियो । यसक्रममा आफूलाई प्राप्त २० हजार रुपैयाँ पनि पीडित स्थानीयको सहयोगार्थ उहाँले गाविसलाई जिम्मा लगाउनुभएको थियो । यी बाहेक ४० बोरा चामल व्यक्तिगत रुपमा पीडितहरुलाई वितरण गर्नुभएको थियो । ‘यसपछि ७५ घर परिवारलाई जस्तापाता वितरण गनेर् योजना बनाएको छु ।’ त्यस्तै प्रभावित ठाउँहरुमा विद्यालय र स्वास्थ्य चौकी बनाउने योजना रहेको पनि विश्वले बताउनुभयो । त्यसो त विश्वका दाई राम पुरीले पनि जिल्लाका विभिन्न ठाउँहरुमा चार सय बोरा चामल पानीको ड्रम तथा निर्माण सामग्री वितरण गर्नुभएको विश्वले बताउनुभयो । नेपाली पर्यटनसँगै आर्थिक रुपमा चलायमान बनाउन पर्यटकहरुलाई जनिसक्दो आकर्षण गनेर् कार्यक्रम ल्याउनुपनेर् उहाँको धारणा छ ।
उमेरले भर्खर २५ वर्ष पुगेका विश्वको फरकपन भनेकै छोटो समयमा नै पर्यटन व्यवसायमा स्थापित हुनु र सो व्यवसायबाट मानवीय कर्मद्वारा समाजसेवामा आफुलाई प्रस्तुत गर्नु हो । साहिअनुरुप उहाँले आफुलाई अपडेट गदैर्लग्नुभएको देखिन्छ ।
तपाईंको बिचार