मोदी र ओलीद्वारा दक्षिण एशियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन उद्घाटन
भदौ २४, काठमाडौं । दक्षिण एशियाकै पहिलो अन्तर देशीय पेट्रोलियम पाइपलाइनको आज उद्घाटन भएको छ ।
भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा आ–आफ्नो मुलुकबाट रिमोट मार्फत ‘स्वीच’ थिचेर उद्घाटन गर्नुभएको हो । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हैदराबाद हाउसबाट ‘भिडियो कन्फ्ररेन्स’ मार्फत एकैसाथ स्वीच थिचेर परियोजनाको उद्घाटन गर्नुभएको हो ।
उद्घाटनसँगै मोतिहारीबाट अमलेखगञ्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्रिएको छ । पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइने छ । यसपछि क्रमशः पेट्रोल र मट्टीतेल ल्याइनेछ । पाइप लाइनबाट दैनिक झण्डै चार हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने पेट्रोलियम पाइप लाइन परियोजनाले जनाएको छ ।
सो परियोजनाबाट पेट्रोलियम पदार्थ भित्रन थालेपछि वार्षिक अर्बौँ ढुवानी खर्च जोगिने बताइएको छ । पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याउँदा वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च कटौती हुनेछ ।
पेट्रोलियम आयात सस्तो हुनेभएसँगै पेट्रोल र डिजेलको मूल्य पनि आजदेखि लागू हुनेगरी घटाइएको छ ।
तपाईंको बिचार