Saturday, January 16, 2021

आज प्रधानमन्त्रीले संसदमा सम्बोधन नगर्ने

प्रकाशित मिति: 2019/09/19

असोज २, काठमाडौं । बिहीबार संघीय संसदका दुवै सदनमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भनिएको सम्बोधन रोकिएको छ।

संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा शुक्रबार प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएकोले बिहीबार सदनमा सम्बोधन गर्ने कार्यक्रम रोकिएको हो।

प्रधानमन्त्री ओलीका प्रेस सहयोगी चेतन अधिकारीका अनुसार प्रधानमन्त्रीले शुक्रबार संविधान दिवसमा नै सम्बोधन गर्नेछन्।

 

तपाईंको बिचार