Saturday, January 16, 2021

राष्ट्रपति भण्डारीद्वारा एनआरनएनए विश्व सम्मेलनको उद्‍घाटन

प्रकाशित मिति: 2019/10/15

असोज २८, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएनए) को नवौं विश्व सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्‍घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको छ ।

‘म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने मुल नाराका साथ सुरू भएको एनआरएनए सम्मेलन होटल ह्यातमा ३० असोजसम्म चल्नेछ ।

सम्मेलनमा ८१ मुलुकका गैरआवासीय नेपाली प्रतिनिधिहरु, स्वेदशी, विदेशी गरी २ हजार ५ सयको सहभागिता रहनेछ । हरेक २ वर्षमा महाधिवेशन गर्नुपर्ने प्रावधानअनुसार, एनआरएनएले नवौं महाधिवेशन गर्न लागेको हो ।

यसपटक दुईवर्षे कार्यकालको लागि अध्यक्षमा वर्तमान उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य चुनावी मैदानमा भिड्ने भएका छन् । एनआरएनएमा अध्यक्षसहित कुल १२ पद छन् । यी पदहरूमा ४२ जना निर्वाचित गर्नुपर्ने प्रावधान रहेको छ ।

 

तपाईंको बिचार