Sunday, January 17, 2021

बङ्गलादेशका राष्ट्रपति हमिद आज नेपाल आउँदे

प्रकाशित मिति: 2019/11/12

२६ कार्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलबार नेपालको औपचारिक राजकीय भ्रमणका लागि आउँदैहुनुहुन्छ ।

मंगलबारदेखि हुने बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको चार दिने नेपाल भ्रमण मूलतः यो सद्भावना भ्रमण हो । स्वतन्त्रतापछि बंगलादेशलाई मान्यता दिने आठौँ मुलुक हो, नेपाल । नेपालले जनवरी १९७२ मा बंगलादेशलाई मान्यता दिएपछि सुरुमै कुटनीतिक सम्बन्ध स्थापना भएको देश नेपाल हो । तर, ३ दशकदेखि दुवैदेशबाट उच्चस्तरीय राजनीतिक भ्रमण नभएपनि सार्क सम्मेलनका समयमा भने भ्रमण भएका छन् । त्यसैले यो भ्रमणलाई ऐतिहासिक भ्रमणको रुपमा लिइएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति हमिदको औपचारिक भ्रमणको सबै तयारी पूरा भएको छ । उहाँको स्वागतमा त्रिभुवन विमानस्थलदेखि राजधानीका विभिन्न सडकलाई झकिझकाउ बनाई सिँगारिएको छ । दुवै देशका राष्ट्रपतिको तस्बिर सडकका पोलहरूमा लाम लगाएर राखिएको छ । ठाउँठाउँमा विभिन्न खालका स्वागत झल्कने सामग्री पनि राखिएको छ।

 

तपाईंको बिचार