उपनिर्वाचनलाई स्थानीय तहमा आज मनोनयन दर्ता
२७ कार्तिक, काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि आज (बुधबार) उम्मेदवारको मनोनयन दर्ता गराउने समय दिएको छ ।
विहान १० बजेदेखि दिउँसो १ बजेभित्र जिल्लास्थित निर्वाचन अधिकृत कार्यालय पुगेर दल वा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गर्नुपर्छ ।
धरान उपमहानगरपालिका सहित तीन गाउँपालिका र ४३ वडामा रिक्त अध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
मंसीर १४ गते हुने उपनिर्वाचनका लागि संघीय र प्रदेशसभा क्षेत्रमा कार्तिक २१ गते नै उम्मेदवारको दर्ता भइसकेको छ ।
उम्देवारको अन्तिम नामावली प्रकाशन भइसकेपछि दलहरूले चुनाव प्रचार अभियानलाई निरन्तरता दिइरहेका छन् ।
तपाईंको बिचार