Wednesday, July 8, 2020

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार

प्रकाशित मिति: 2019/11/27

११ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य केही सुधार देखिएको छ । मंगलबारको भन्दा सुधार हुँदै गएपछि आज बुधबार पप्रधानमन्त्री ओलीलाई भेन्टिलेटरबाट पनि हटाइएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा केही सुधार भइरहेकोले भेन्टिलेटर आज बिहान हटाइएको छ ।’

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । प्रधानमन्त्रीको स्वास्थ्यमा केही सुधार भए पनि उहाँलाई आरामको लागि केही दिन अस्पतालमा नै राखिने छ ।

तपाईंको बिचार