Friday, May 29, 2020

सिमामा रोकिएका नेपाली एक महिनापछि स्वदेश फर्कदै

प्रकाशित मिति: 2020/04/30
काठमाडौं, १८ बैशाख ।  महिना भन्दा बढी समयदेखि स्वदेश फिर्तीको आशामा बसेका नेपाली नागरिक बिहीबार बैतडीको सीमा नाकाबाट घर फर्किन पाएका छन् ।
 
बैतडीको सीमा पारी रहेका नेपालीको बिहीबार विहानैदेखि उद्धार भइरहेको छ । भारतको पिथौरागड जिल्लामा करिब ८ सय नेपाली स्वदेश फिर्तीको प्रतीक्षामा रहेका जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । कोरोनाको संक्रमण बढ्न सक्ने भन्दै सरकारले १० चैतमा नेपाल– भारत सीमा बन्द गर्ने निर्णय गरेको थियो । त्यतिबेला भारतीय क्षेत्रमा करिब २ हजार जना नेपाली रोकिएका थिए । 
 
आफ्नो गाउँ आएपछि उनीहरुले स्थानीय तहले बनाएको क्वारेन्टाइनस्थलमा बस्नुपर्ने बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र नेगीले जानकारी दिए । 
केही स्थानीय तहका जनप्रतिनिधिनै सीमा क्षेत्रमा आफ्ना नागरिक लिन पुगेका छन् । बैतडीको सीमा नाकामा पुर्चौडी नगरपालिकाले ५ वटा बस पठाएको छ । झुलाघाट सीमा पारी सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका साथै कर्णाली प्रदेशका पनि केही नागरिक स्वदेश फर्किने प्रतीक्षामा रहेका छन्।

तपाईंको बिचार