Tuesday, May 26, 2020

कोरोनाको महामारीपछि व्यवसाय गर्न पैसाको अभाव हुदैन ः गभर्नर अधिकारी

प्रकाशित मिति: 2020/05/07
काठमाडौं, २५ बैशाख । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरसको महामारीपछि व्यापार व्यवसाय गर्न ऋणको अभाव हुन नदिने बताएका छन् । वित्तीय स्रोतको अभावले काम गर्नबाट नरोकिने उनको दावी छ । 
 
 
एकअर्को प्रसंगमा गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तथा ब्याज मिनाहा भने गर्न नसकिने गभर्नर अधिकारीले बताए । ऋणको ब्याज र किस्ता तिर्ने समय पछि सार्न सकिने, अतिप्रभावित क्षेत्रको ब्याजदर कम गर्न खोजिएको भन्दै उनले मिनाह सम्भवन नहुने बताए । 
 
 
नेपालमा बैंकबाट ऋण लिनेहरुमा ५ करोड रुपैयाँ भन्दा बढी ऋण लिनेको संख्या बढी रहेको पाइएको छ । गभर्नर अधिकारीले पेश गरेको तथ्यांक अनुसार कुल ऋणीको ३६ प्रतिशतले ५ करोड रुपैयाँ भन्दा बढी ऋण लिएका छन् ।
त्यस्तै ५० लाख रुपैयाँ भन्दा कम ऋण लिनेको संख्या ३४ प्रतिशत छ । ५० लाखभन्दा माथि र ५ करोडसम्म ऋण लिने ऋणीको संख्या भने कम रहेको गभर्नर अधिकारीले जानकारी दिए ।
 
पुनकर्जा कोषलाई १ खर्बको बनाइने
 
नेपाल राष्ट्र बैंकमा रहने पुनकर्जा कोषलाई १ खर्ब रुपैयाँको पुर्‍याउने नीतिगत निर्णय नेपाल सरकारले गरेको छ । तर, अहिलेसम्म पुनकर्जाका रुपमा १८ अर्ब रुपैयाँ मात्र परिचालन भएको छ । आगामी एक वर्षभित्र पुनर्कर्जा कोषमा १ खर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य रहेको गभर्नर अधिकारीले जानकारी दिए । पुनर्कर्जालाई समेत अब दायरा विस्तार गरी साना तथा मझौला खालका लगानीमा केन्द्रित गरिने भएको छ । सोही कारण अब पुनकर्जा पाउने ऋणको सीमा घटाउन लागिएको छ । गभर्नर अधिकारीका अनुसार यसअघि ५० करोडसम्मको लगानीलाई पुनर्कर्जा दिइने गरेकोमा अब त्यो सीमा १० करोड रुपैयाँमा झारिने भएको छ ।
 
 
पुनर्कर्जा वितरणको प्रक्रियालाई समेत सहज बजाउन लागिएको उनले जानकारी दिए । त्यसका लागि कार्यविधिमा संशोधन भइरहेको छ ।
 
गभर्नर अधिकारीले नेपालको वित्तीय स्रोतलाई उत्पादनशील र रोजगारी सिर्जनामा बढी केन्द्रित गर्ने पनि बताए । मौद्रिक नीतिबाट यसतर्फ महत्वपूर्ण निर्णयहरु आउने र त्यसमा गृहकार्य थालिएको उनको भनाइ छ ।

तपाईंको बिचार