Tuesday, August 4, 2020

आगामी वर्षका लागि झन्डै १७ खर्बको बजेट निर्माण गरिदै

प्रकाशित मिति: 2020/05/22
काठमाडौं, ९ जेठ । स्रोतको संकट भएका वेला ठूलो नभई यथार्थवादी बजेट बनाउन विज्ञहरू एवं योजना आयोगले समेत सुझाब दिए पनि अर्थ मन्त्रालय भने विगतकै जस्तो बजेटको आकार बढाउने संकेत देखाएको छ। अर्थ मन्त्रालयले सवा १७ खर्ब हाराहारी आकारको बजेट निर्माण गरिरहेको बुझिएको छ। 
 
त्यस्तै, राजस्वको लक्ष्य पनि गत वर्षकै हाराहारीमा राख्ने र आन्तरिक तथा बाह्य ऋण, अनुदान परिचालनलाई बढाउने गरी स्रोत व्यवस्थापन गरि ठूलै आकारको बजेट बनिरहेको अर्थ मन्त्रालय स्रोत जनाएको छ ।  
 
आगामी आर्थिक वर्षमा अनिवार्य दायित्वबाहेक साधारण खर्चलाई सकेसम्म घटाउने र पुँजीगत खर्चको आकार बढाउने काम भइरहेको छ । वृद्धभत्तालगायत सामाजिक सुरक्षाको बजेटले निरन्तरता पाउनेछ, तर वृद्धि गरिनेछैन । कर्मचारीको तलब वृद्धि हुनेछैन । 
 
आगामी आर्थिक वर्षमा अनिवार्य दायित्वबाहेक साधारण खर्चलाई सकेसम्म घटाउने र पुँजीगत खर्चको आकार बढाउने काम भइरहेको छ । वृद्धभत्तालगायत सामाजिक सुरक्षाको बजेटले निरन्तरता पाउनेछ, तर वृद्धि गरिनेछैन । कर्मचारीको तलब वृद्धि हुनेछैन । सांसदहरूको समन्वयमा खर्च हुने स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रमले समेत निरन्तरता पाउने सम्भावना रहेको स्रोतको दाबी छ ।
 
सरकारले स्वास्थ्य, ठूला पूर्वाधार र रोजगार सिर्जना गर्ने खालका परियोजनालाई विशेष प्राथमिकतामा राख्दै त्यसबाहेकका क्षेत्रमा भने बजेट घटाउने भएको छ । ठूला र रोजगार सिर्जना गर्ने आयोजना हेर्ने भौतिक पूर्वाधार र श्रम मन्त्रालयको बजेट नघटाउने, बरु बढाउने तयारीमा सरकार रहेको छ । 

तपाईंको बिचार