Tuesday, August 4, 2020

नेकपा स्थायी कमिटी बैठक फेरि सर्‍यो

प्रकाशित मिति: 2020/07/08

काठमाडौं, २४ असार । आजका लागि तय भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ। 

बैठक असार २६ गते शुक्रबारसम्मका लागि स्थगित भएको हो। पार्टीभित्रको विवादका कारण बिहान ११ बजेका लागि बोलाइएको बैठक शुक्रबारसम्मका लागि सरेको हो।


नेकपाभित्र चर्किएको विवादका कारण बैठक लगातार चार पटकसम्म स्थगित भएको छ। गत बुधबार र बिहीबारको बैठकमा प्रधानमन्त्रीको राजीनामा माग भएको थियो।

तपाईंको बिचार