काठमाडौं उपत्यकामा भदौ १७ सम्म निषेधाज्ञा

काठमाडौं, १० भदौ । काठमाडौं उपत्यकाको तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले उपत्यकामा भदौ १७ सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ।मंगलबार र बुधबार बसेको बैठकले सात दिन थप्ने निर्णय गरेको हो।
जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को बैठकले काठमाडौं उपत्यकाभरि निषेधाज्ञाको समय बढाउन सिफारिस गरेको थियो। उपत्यकाका मेयरहरुले पनि निषेधाज्ञा थप गर्न सुझाव दिएका थिए।
तपाईंको बिचार