Saturday, January 23, 2021

नेपाल र चीन सीमाको ११ नम्बर पिलर हुम्लामा भेटियो

प्रकाशित मिति: 2020/09/24

काठमाडौं, ८ असोज । नेपाल र चीन सीमानाको ११ नम्बरको पिलर बुधबार भेटिएको छ। हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा गएको नेपाली सेना र सशस्त्र प्रहरीसहितको टोलीले वषौसम्म भेट्न नसकिएको पिलर बुधबार फेला पारेको हो। 
 
पिलर दुरूस्त रहेको हुम्लाको नाम्खा गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर तामाङ (लामा) ले जानकारी दिए । उनका अनुसार ११ नम्बर पिलर भएको टाकुल्ले भन्ने स्थान चिनियाँ पक्षले भवन बनाएको लाप्चाबाट दुई दिनको पैदल दूरीमा छ। 

नेपाल र चीनको सीमामा पूर्वदेखि पश्चिमसम्म मुख्य ७९ र सहायक २१ गरी १०० वटा मार्कर राखिएका छन्।

तपाईंको बिचार