Thursday, January 28, 2021

नेकपा एकतामा गम्भिर संकट आएको छ ः महासचिव पौडेल

प्रकाशित मिति: 2020/11/01

काठमाडौं, १६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले एकतामा गम्भीर संकट आएको बताएका छन् । उनले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन् ।


“यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर संकट उत्पन्न भएको छ । आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्ता नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरुसमक्ष अनुरोध गर्दछु,” उनले भनेका छन् ।

तपाईंको बिचार