Thursday, January 28, 2021

भारतीय सेनाध्यक्ष नरवाणे काठमाडौं आईपुगे

प्रकाशित मिति: 2020/11/04

काठमाडौं, १९ कात्तिक । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे काठमाडौं आइपुगेका छन् । भारतीय वायु सेनाको विमानमार्फत उनी बुधबार काठमाडौं आइपुगेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार नरवाणेको भ्रमण टोली दुई वटा विमानमा काठमाडौं आएको छ । तर उनको औपचारिक कार्यक्रम भने भोलि बिहानबाट मात्र सुरु हुनेछ। उनी विभिन्न कार्यक्रमहरुमा सहभागि भएर शुक्रबार स्वदेश फर्कने छन् । स्वदेश फर्किनु अघि सेनाध्यक्ष नरावणेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। 

तपाईंको बिचार