Thursday, January 28, 2021

कांग्रेस नेता विश्वकर्माको स्वास्थ्यमा सुधार

प्रकाशित मिति: 2020/11/04

काठमाडौं, १९ कात्तिक । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माको स्वास्थ्यमा सुधार आएको छ। मंगलबार विश्वकर्माको कोरोना परीक्षण नेगेटिभ आएको छ भने बोल्न समेत सुरु गरेका छन्।

चार दिनदेखि भेन्टिलेटरमा उपचाररत  विश्वकर्माको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको डाक्टरले जानकारी गराएको  सहयोगी टेक बहादुर विश्वकर्माले बताए।  उनले भने, ६ दिन देखि बेहोस अवस्थामा उपचार भएको थियो। होसमा आउनुभएको छ।

विश्वकर्माको फोक्सोमा समस्या देखिएपछि भेन्टिलेटर मा उपचार भएको भइरहेको  थियो। निमोनिया समेत देखिएका विश्वकर्माको फोक्सोले काम गर्न सुरु गरेको बताइएको छ। कात्तिक १ मा कोरोना संक्रमण देखिएपछि  उनी  वीर अस्पतालमा भर्ना भएका थिए। स्वास्थ्यमा सुधार नभएपछि उनलाई वीरबाट ग्र्यान्डी अस्पताल सारिएको थियो।

तपाईंको बिचार