Monday, September 20, 2021

नेपाली पुगेका सबै ठाउँमा एमाले पुगेको छ :ओली

प्रकाशित मिति: 2021/08/19

भदौ ३, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले कर्कलोको पातमा अडेको पानीजस्तो पार्टी नभएको बताएका छन । एमाले कमजोर नाजुक शक्ति नभएको उनले बताए । नेपाली पुगेका ठाउँमा एमाले पुगेको पनि उनले बताए । राजनीतिक दल सम्बन्धी अध्यादेशमा २० प्रतिशत भए पार्टी विभाजन गर्न सक्ने गरी ल्याइएकोमा उनले विरोध गरेका छन । केन्द्रीय समिति र संसदीय दलमा २० प्रतिशत भए दल विभाजन गर्न सक्ने गरी अध्यादेश आएको थियो ।
यो अध्यादेशअनुसार एमाले नेता माधवकुमार नेपालले एमाले समाजवादी पार्टी बनाएका छन । दर्ताका लागि बुधबार निर्वाचन आयोगमा निवेदन दिएका छन्। ओलीले त्यसतर्फ संकेत गर्दै आफूहरू लाग्ने हो भने नेपालका पक्षमा १० प्रतिशत पनि बाँकी नरहने बताए । भक्तपुरमा आज विशेष सम्बोधन गर्दै उनले एमाले खरानीको डल्लो नभएको पनि बताए ।

 

तपाईंको बिचार