Sunday, November 28, 2021

नेपाललाई साथ नदिएका एमाले नेताहरू ओलीसँग वार्ता गर्न बालकोटमा

प्रकाशित मिति: 2021/08/23

भदौ ७, काठमाण्डौ । नयाँ पार्टी गठन गर्दा माधव नेपाललाई साथ नदिएका एमाले नेताहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न बालकोट पुगेका छन । ओलीसँग वार्ता गर्न एमाले उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्ड लगायत नेताहरू बालकोट पुगेका छन । नेपाललाई साथ नदिएका नेताले मंगलबारसम्म १० बुँदे सहमति कार्यान्वयनको घोषणा गर्न ओलीलाई समय दिएका छन । उनीहरुले माधव नेपालसहित १४ जना सांसदलाई गरेको कारबाही फिर्ता गर्न माग गरेका छन् भने पार्टी गठनको निर्णयबाट पछि हट्न नेपाललाई आग्रह गरेका छन् । बुधबार नेपालसहित नयाँ पार्टीमा बस्न चाहने नेतालाई सनाखतका लागि निर्वाचन आयोगले बोलाएको छ ।
 

 

तपाईंको बिचार