Wednesday, October 20, 2021

संविधान कार्यान्वयनबाटै समाजवाद प्राप्त हुन्छः अध्यक्ष नेपाल

प्रकाशित मिति: 2021/09/19

असोज ३, काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताको व्यापक सहभागितामा संविधानसभाले बनाएको संविधान कार्यान्वयनमार्फत नै  संविधानले परिकल्पना गरेको समाजवाद स्थापना गर्न सकिने बताएका छन । 
संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न आआफ्नो तर्फबाट इमान्दार प्रयास गर्न सबैमा आह्वान गरेका छन । नेपालले सडक आन्दोलनले मुलुकलाई प्रतिगमनबाट जोगाउन र संविधानको रक्षा गर्न सफलता प्राप्त गरेको स्मरण गरेका छन । सर्वोच्च अदालतको फैसलाबाट संविधान र लोकतन्त्रको रक्षा भएको कुरालाई पनि यस अवसरमा उच्च सम्मानसहित स्मरण गर्नैपर्ने उनले बताएका छन्। स्वतन्त्र र सक्षम न्यायपालिका, लोकतान्त्रिक व्यवस्थापिका र जवाफदेही कार्यपालिकाबाट नागरिकको हित र मुलुकको समृद्धि हासिल गर्न सकिने उनको भनाइ छ ।

 

तपाईंको बिचार