Saturday, January 16, 2021

समानुपातिक मतगणना अन्तिम चरणमा

प्रकाशित मिति: 2017/12/14

काठमाडौं ।  समानुपातिक तर्फको मतगणना निर्वाचन आयोगले बिहीबार बिहान १० बजेसम्म दिएको तथ्याङ्क अनुसार  कूल एक करोड ५ लाख ८७ हजार ५२१ मत खसेकोमा प्रतिनिधि सभाको समानुपातिकतर्फ ७६ लाख ८६ हजार ७३३ मतगणना भएको छ ।  उक्त तथ्याङ्क हेदौ ११० सिट पाँच दलले पाउने संकेत देखिएको छ।

हालसम्मको गणनामा तीन प्रतिशतको थ्रेसहोल्ड कटाउने दलहरुमा प्रमुख तीन दलहरु एमाले, कांग्रेस र माओवादीसँगै दुई मधेसवादी दलहरु उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल देखिएको छ। तीन प्रतिशत मत पुर्‍याउन राप्रपा र विवेकशील साझा पनि संघर्षरत छ। 

बिहीबार बिहानसम्मको मतगणनामा अझै पनि एमालेको अग्रता कायमै छ। कांग्रेस दोस्रो स्थानमा छ। यही अन्तिम परिणाम भएको भए एमालेले समानुपातिकबाट ४२ सिट पाउँथ्यो भने कांग्रेसले ४० सिट पाउँथ्यो। 

माओवादी तेस्रो स्थानमा छ तर उसको मत अनुपात दुई ठूला दलको भन्दा निकै कम छ। माओवादीले यही अन्तिम परिणाम भएको भए १७ सिट पाउँथ्यो। फोरमले ६ र  राजपाले ५ सिट पाउँथ्यो। थप मतगणनासँगै पाएको मतका आधारमा यो सिट संख्या हेरफेर हुनेछ। अरु कुनै दलले ३ प्रतिशतको थ्रेसहोल्ड कटाए ठूला दलले पाउने सिटको संख्या कम हुँदै जानेछ। 

तपाईंको बिचार