एमाले र माओवादीका नेताहरु आज निर्वाचन आयोग जाने

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र संयुक्त रुपमा प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट सार्वजनिक नभएको विषयलाई लिएर निर्वाचन आयोग जाने भएका हुन् ।
पूर्वसभामुख सुवास नेम्वाङसहित दुई दलका नेताहरु दिउँसो ३ बजे आयोग पुग्ने कार्यक्रम छ । आयोग पदाधिकारीलाई कसैको दबाबमा नपर्न र समानुपातिकको परीणाम सार्वजनिक गर्न आग्रह गर्नका लागि आयोग जाने तयारी भएको हो ।
आयोगले राष्ट्रियसभा गठन नभएसम्म समानुपातिकको परीणाम सार्वजनिक गर्न नसकिने बताएको छ ।
तपाईंको बिचार