केन्द्रीय कार्यसमिति बैठक छिट्टै बस्छ : विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पहिलो पत्रकार सम्मेलनमा केन्द्रीय कार्यसमिति बैठक छिट्टै बस्ने बताएका छन् । उनले उमेर हुनेले नभई एजेण्डा हुनेले पार्टीको नेतृत्व गर्ने बताए ।
पार्टी प्रवक्ता नियुक्त हुनु अघि शर्मा नेतृत्व हस्तान्तरणको माग गर्दै अभियान चलाउने युवा नेताहरुको समूहमा थिए । सात भाइको यो समूहले संयुक्त विज्ञप्ति जारी गर्दै महासमिति बैठक बोलाउन माग पनि गरेको थियो । तर, शर्माले आफूले विशेष महाधिवेशनको माग नभर्इ केन्द्रीय कार्यसमितिको बैठक माग गरेको दावी गरे । नेतृत्व हस्तान्तरणबारे सोधिएको प्रश्नमा उनले भने, ‘उमेर भएकालाई होइन कि एजेण्डा भएकालाई नेतृत्व दिने हो । जो बदलिन्छ, उसले नेतृत्व गर्छ ।’
कांग्रेस भूकम्पपछिको नेपाल जस्तै बनेकोले केही ढिलो भएपनि पुनर्निर्माणका लागि तयारी भइरहेको उनले बताए । पार्टी पुनर्निर्माणका छुट्टै केन्द्रीय कार्यसमितिको बैठक बस्ने प्रबक्ता शर्माले जानकारी दिएका छन् । तर, बैठकको मितिका बारेमा भने टुङ्गो लागि नसकेको शर्माको भनाइ छ । अहिले नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न केही कामहरू गर्न बाँकी नै भएको भन्दै शर्माले केन्द्रीय कार्यसमितिको बैठक बस्न ढिला भएको बताए
तपाईंको बिचार