कांग्रेस नेताहरुले सडकमा बसेर जुत्ता पालिस गर्न थाले

काठमाडौं । शहीद दिवसको दिन मंगलबार विहानै बानेश्वरमा फरक दृश्य देखियो । उक्त दृश्य हेर्नका लागि सर्वसाधरणको भीड लागेको थियो।कांग्रेस नेताहरु सडक छेउमा लहरै बसेर जुत्ता पालिस गरिरहेका थिए ।
यसरी जुत्ता पालिस गर्नेमा चन्द्र भण्डारी, धनराज गुरुङ लगायतका नेताहरु थिए । कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले सहिद दिवसको अवसर पारेर यो प्रतिकात्मक कार्यक्रम गरेको हो ।
कृष्णप्रसाद भट्टराई प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममार्फत् पार्टी शुद्धीकरण हुनु पर्ने भन्दै उनीहरुले सांकेतिक विरोध यसरी गरेका थिए। प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले हार व्यहोरेपछि कांग्रेसका दोस्रो तहका नेताहरु पार्टी नेतृत्वमा परिवर्तन हुनु पर्ने माग गर्दै आएका छन्।
तपाईंको बिचार