संघीय संसदको पहिलो अधिवेशन फागुन २१ गते आह्वान

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन भएको करिब तीन महिनापछि फागुन २१ गते संघीय संसद अधिवेशन आह्वान भएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको पहिलो अधिवेशन आह्वान गरेकी हुन् ।
नयाँ राष्ट्रपति चुन्न फागुन २५ गते निर्वाचन गर्ने कार्यतालिका छ । त्यसैले त्यसको चार दिनअघि नै संसद अधिवेशन आह्वान भएको हो । संघीय संसदको बैठक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने छ ।
तपाईंको बिचार