Thursday, January 21, 2021

ओली र प्रचण्डबीच छलफल सकियो

प्रकाशित मिति: 2018/02/21

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्षबीच मन्त्रालय बाँडफाँटका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो । प्रधान मन्त्रीको निजी सचिवालयका अनुसार दुई नेताबीचको भेटवार्ता सकिएको छ ।

बुधवार साँझसम्म मन्त्रिपरिषद बिस्तारको तयारीमा रहेका दुई दलका अध्यक्ष मन्त्रालय बाँडफाँटको परामर्शमा जुटेका हुन् ।

अब कायम हुने १५ मन्त्रालय मध्ये एमालेले ८ र माओवादी केन्द्रले ५ मन्त्रालय लिने दुई दलबीच मोटामोटी सहमति छ। दुई मन्त्रालय भने उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग सरकारमा सहभागिताबारे छलफल भइरहेको भन्दै तत्काल बाँडफाँट हुने छैन। कायम भएका १५ मन्त्रालयलाई बढाएर १८ पुर्‍याउने कसरत पनि गरिएको छ।

तपाईंको बिचार