कांग्रेस संसदीय दलमा शेरबहादुर र प्रकाशमानले उम्मेदवारी दिने

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहले संसदीय दलको नेतामा उम्मेदवारी दिने बताएका छन् ।
पार्टी महामन्त्री डा. शशांक कोइरालाले निजीनिवास टोखामा पार्टीबाट राष्ट्रिय सभा र प्रतिनिधिसभामा निर्वाचित सांसद र केन्द्रीय सदस्यहरूका लागि आज दिएको दिवाभोजमा सभापति देउवाले उम्मेदवारी दिने बताएका हुन् ।
त्यस्तै प्रकाशमान सिंहले सो कार्यक्रममा आफु पनि उम्मेदवार बन्ने बताए । ‘मैले अहिलेसम्म कांग्रेसको राजनीतिमा कहिल्यै हारेको छैन,’ सिंहले भने ‘दलको नेतामा उम्मेदवारी दिन्छु, र जित्छु पनि ।’
कार्यक्रममा महामन्त्री डा. कोइरालाले पार्टीलाई एकतावद्ध गरेर अघि बढेमा कांग्रेसको भविष्य उज्वल रहेको बताए ।
कांग्रेस संसदीय दलको निर्वाचनका लागि १८ गते निर्वाचन तालिका प्रकाशन हुनेछ । २० गते उम्मेदवारी दर्ता गरी २१ गते निर्वाचन गर्ने कार्यक्रम तय भएको निर्वाचन समितिका संयोजक केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठले जानकारी दिए ।
तपाईंको बिचार