सरकार र फोरमको वार्ता आज पुनः बस्ने

काठमाडौं । सत्तारुढ दल एमाले–माओवादी र संघीय समाजवादी फोरम नेपालबीच संविधान संशोधन र सरकारमा सहभागिताका विषयमा दिउँसो भएको छलफल मा पुन साँझ बस्ने गरी सकिएको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवबीच केही बेर छलफल भएको थियो। छलफल सकारात्मक भएको भन्दै थप छलफलका लागि आज साँझ पुनः बस्ने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार चेतन अधिकारीले बताए।
तपाईंको बिचार