सभामुख र राष्ट्रियसभा अध्यक्षको चुनाव २६ र ३० गते हुने

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाको सभामुख फागुन २६ गते र राष्ट्रियसभाको अध्यक्ष ३० गते चयन हुने भएको छ ।
नयाँ वानेश्वरस्थित संघीय संसदको भवनमा आज बसेको सर्वदलीय बैठकले सो कार्यतालिका अनुमोदन गरेको हो । संघीय सचिवालयले तयार पारेको कार्यसूची अनुसार फागुन २५ गते सभामुख पदका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ । सभामुख पदका लागि परेको उम्मेदवारीलाई सोही दिन अपराह्न सार्वजनिक हुनेछ ।
२६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुखको निर्वाचन हुने भएको छ । कार्यतालिका अनुसार २७ गते प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वासको मत लिने कार्यक्रम रहेको छ । त्यस्तै २८ गते राष्ट्रियसभा अध्यक्षको लागि मनोनयन दर्ताको समय तोकिएको छ भने ३० गते राष्ट्रियसभा अध्यक्ष चयन हुनेछ ।
तपाईंको बिचार