राष्ट्रपतिमा भण्डारीको उम्मदेवारी दर्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति निर्वाचनको लागि उम्मेदवारी मनोनयन दर्ता गराएकी छिन्। राष्ट्रपतिका साथमा प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादललगायत उम्मेदवारी दर्तामा पुगेका थिए ।
यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि भण्डारीले आज उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन्। भण्डारीको प्रस्तावकमा सांसद माधवकुमार नेपाल, भीमबहादुर रावल, सुवास नेम्वाङ, ईश्वर पोखरेल र ओनसरी घर्ती तथा समर्थकमा सांसद रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, गोकर्णराज विष्ट, भानुभक्त ढकाल र रवीन्द्र अधिकारी छन्।
राष्ट्रपति भण्डारीले आफैँ निर्वाचन अधिकृतको कार्यालय पुगी उम्मेदवारी दर्ता गराएकी हुन्।
तपाईंको बिचार