कृष्णबहादुर महरा सभामुखमा निर्विरोध

काठमाडौं । प्रतिनिधिसभा सभामुखका लागि कृष्णबहादुर महराको मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका छन्, भने औपचारिक घोषणा भने भोलि हुनेछ ।
महराले संविधान कार्यान्वयन चुनौतीपूर्ण रहेको र धेरै कानुनहरु बनाउनु पर्ने भएकाले त्यसमा आफ्नो भूमिका रहने बताए ।
महराको प्रस्तावकमा पूर्वसभामुख सुवास नेम्वाङ छन् भने समर्थकमा माओवादी प्रमुख सचेतक देव गुरुङ छन् । उम्मेदवारी दर्ता गर्दा माओवादी अध्यक्ष प्रचण्ड, एमाले उपमहासचिव विष्णु पौडेलसहितका नेताहरु उपस्थित थिए ।
तपाईंको बिचार