Monday, June 1, 2020

सिन्डिकेट गर्नेको जालो सरकारले तोड्छ : गृहमन्त्री

प्रकाशित मिति: 2018/04/02

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सोमवार गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्दै देशभित्र हुने गरेका सिन्डिकेटहरु जनता र नागरिक समाजसँग मिलेर तोड्ने बताए। अधिल्ला सरकारले पनि सिन्डिकेट तोड्ने त कोशिस गरेकै हुन् । अहिलेको गृहको योजना पनि त्यही हो तर गृहमन्त्रालयको फुर्ती र काम हेर्नु होला थापाले भने। मन्त्री थापाले जनतासँग मिलेर लागे सिन्डिकेट तोड्न सकिने बताए।

केही दिनदेखि अरनिको राजमार्गमा यातायात व्यवसायीको सिन्डिकेट चर्चामा रहेको छ । गृहमन्त्री थापाले भने अब व्यवसायीले सिन्डिकेट गर्ने होइन। सिन्डिकेट गरे सरकारले तोडछ । गृहमन्त्री थापाले सिन्डिकेट तोड्नु भनेको भ्रष्ट, तस्कर र माफियाको जालो तोड्नु भएको बताए।

गृहमन्त्री थापाले देशभित्रको एकता, सहिष्णुता, सद्भाभव तोड्न जातीय, धार्मिक, भौगोलिक र सिके राउतजस्ताको नाममा अस्थिरता पैदा गर्ने काम भइरहेको दाबी गरेका छन्। मन्त्री थापाले भने सिके राउत वा स्वतन्त्र मधेशको नाममा गलत प्रचारबाजी भइरहेको छ। देशभित्र अस्थिरता फैलाउने तत्त्वको पहिचान गरी त्यसलाई निरुत्सिहत बनाउन गृहले रणनीतिसमेत तयार पार्ने मन्त्री थापाले बताए।

तपाईंको बिचार