भारतीय प्रधानमन्त्री मोदी काठमाडौंमा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरबाट काठमाडौं आइपुगेका छन् । दुई दिने नेपाल भ्रमणका लागि शुक्रबार बिहान १० बजे जनकपुर आइपुगेका मोदी दिउँसो साढे तीन बजे काठमाडौं आइपुगेका हुन् ।
मोदी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सिधै बौद्धस्थित ह्यात होटलमा जाँदै छन् । मोदीको सवारी हुने एयरपोर्ट, गौशला, चाबहिल र बौद्ध क्षेत्रको सडक खाली गरिएको छ ।
तपाईंको बिचार