ओली र प्रचण्ड भदौ २ गते मधेस भ्रमण गर्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भदौ २ गते मधेस जाने भएको छ ।
प्रधानमन्त्री ओलीको प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गर्नुका साथै बरमझियामा सहिद रामवृक्ष यादवको स्मृतिसभालाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । नेकपाका अध्यक्ष समेत रहेका ओलीका साथमा अर्का अध्यक्ष प्रचण्ड पनि बरमझिया जाने तयारी रहेको छ ।
प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डको आगमनलाई भव्य र सफल बनाउनका लागि नेकपा धनुषाले गाउँ, नगर र प्रदेशसम्मका कार्यकर्तालाई परिचालन गरेको छ ।
प्रधानमन्त्री ओलीको यो पहिलो मधेस भ्रमण हो ।
तपाईंको बिचार