नेविसंघको महाधिवेशन पुस २८ गते हुँदै
काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भातृ संगठन नेपाल विद्यार्थी संघ ९नेविसंघ०ले पुस अन्तिम साता केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ।
आगामी पुस २८ गते महाधिवेशन गर्ने गरी नेविसंघले नयाँ मिति तय गरेको हो ।
नेविसंघ अध्यक्ष नैनसिंह महरले मंगलबार दिउँसो १ः१५ बजे पत्रकार सम्मेलन मार्फत महाधिवेशनको नयाँ मिति सार्वजनिक गर्न लागेको बताए ।
नेविसंघको ११ औं महाधिवेशन गत भदौमै हुनुपर्ने थियो । तर, आन्तरिक विवाद र विधान संशोधन लगायतका कारण महाधिवेशन हुन नसकेपछि नेपाली कांग्रेसले तीन महिना म्याद थप गरिदिएको थियो ।
तीन महिनाको म्यादमा पनि अधिवेशन हुन नसकेपछि फेरि दुई महिना म्याद थपिदिएको थियो ।
तपाईंको बिचार