Saturday, December 5, 2020

पर्यटन







कोरोनाका कारण हानका निवर्तमान अध्यक्ष शाक्यको निधन

काठमाडौं, ५ मंसिर । होटल संघ नेपाल (हान) का निवर्तमान  अध्यक्ष अमरमान शाक्यको निधन भएको छ।  ७० वर्षीय शाक्यको उपचारका क्रममा आज बिहान ओम अस्पतालमा निधन भएको हो । 

शाक्य अमर होटेलका संचालक हुन् ।

दशैंपछि कोरोना संक्रमण देखिएको उनमा निमोनियाको समस्या थियो ।  


५०० जना पर्यटन व्यवसायीलाई भर्चुअल तालिम दिंदै पर्यटन बोर्ड

काठमाडौं, ३ मंसिर । नेपाल पर्यटन बोर्डले पाँच सयभन्दा बढी पर्यटन व्यवसायीलाई डिजिटल माध्यमबाट तालिम दिने भएको छ। कोरोनाभाइरस महामारीको जोखिमका कारण डिजिटल माध्यमबाटै पर्यटन प्रवर्द्धनका लागि तालिम दिन लागिएको बोर्डका सहप्रवक्ता मणिराज लामिछानेले बताए।

१० मंसीरदेखि पर्यटन प्रवर्द्धन गर्न डिजिटल माध्यमको प्रयोग तथा यसको प्रभावकारितासहितका विषयमा भर्चुअल माध्यमबाट तालिम दिन लागिएको हो। तालिमपछि पर्यटन व्यवसायीले डिजिटल माध्यमको अधिकतम उपयोग गरेर आआफ्नो व्यवसाय प्रवर्द्धन गर्न सक्ने अपेक्षा बोर्डको छ।

बोर्ड हरेक वर्ष अन्तर्राष्ट्रिय पर्यटन बजारमा हुने विभिन्न कार्यक्रममा सहभागी हुँदै आए पनि यो वर्ष भने अन्तर्राष्ट्रिय सम्मेलनमा पनि भर्चुअल माध्यमबाटै उपस्थिति जनाइरहेको छ। बोर्डले अन्तर्राष्ट्रिय बजारमा गर्ने पर्यटन प्रवर्द्धन पनि डिजिटल माध्यमबाटै गर्ने गरी चालू आर्थिक वर्षको बजेटको प्राथमितामा राखेको छ।  बोर्डले वेबसाइटबाटै पर्यटन प्रवर्द्धन र मार्केटिङ गर्ने तयारी गरेको छ। बोर्डका सहप्रवक्ता लामिछानेका अनुसार, बोर्डको वेबसाइटलाई अन्तर्राष्ट्रिय बुकिङ पोर्टलमा रुपान्तरण गर्ने गरी काम भइरहेको छ। 

बोर्डले यसअघि कोभिड १९ पछिको पर्यटन क्षेत्र खुला गर्दा अपनाउनुपर्ने आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्डबारे करीब ६ सय जनालाई भर्चुअल माध्यमबाटै तालिम दिएको थियो। 


कतारका राजकुमारले चढे अमादब्लम हिमाल

काठमाडौं, २६ कात्तिक । कतारका राजकुमारले अमादब्लम हिमालको सफल आरोहण गरेका छन्। राजकुमार शेख मोहम्मद विन अब्दुल्लाहले ६ हजार आठ सय १२ मिटर अग्लो हिमालको आज सफल आरोहण गरेका हुन्।


राजकुमारको आरोहण टोलीमा ६ जना विदेशबाट आएका आरोही थिए।  हिमालयन गाइड ईश्वरी पौडेलले दिएको जानकारीअनुसार राजकुमारसहित उनको टोलीले बुधबार बिहान ११ ः २० मा अमादब्लम हिमालको सफल आरोहण गरेका हुन्।


'संस्था नवीकरणको रकम अध्यक्षले हिनामिना गरेको' आरोपप्रति टानको गम्भीर आपत्ति

काठमाडौं, २५ कार्तिक । 'टानका अध्यक्षले संस्था नवीकरणको रकम हिनामिना गरेको' भन्ने आशयले सामाजिक सञ्जालमा फैलिएको हल्लाप्रति टानले आपत्ति जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै टानका अध्यक्ष खुम बहादुर सुवेदीले पूर्वाग्रहले प्रेरित भई आफूमाथि लगाइएका 'कपोकल्पीत आरोप'प्रति गम्भीर आपत्ति जनाएका हुन् । सोमबार सामाजिक सञ्जालमा टान अध्यक्ष सुवेदीले संस्था नवीकरणको ५ लाख रुपैयाँ हिनामिना गरेको आरोप सहित हल्ला फैलिएको थियो । आफूलाई बदनाम गर्ने हेतुले फैलाइएको सुनियोजित हल्ला पूर्ण रूपमा निराधार रहेको अध्यक्ष सुवेदीले स्पष्ट पारेका छन् ।

'यस संघमा मेरो यात्रा लामो रहदै आएको छ र भविश्यमा पनि संघको सदस्यको हैसियतले सङ्घको भलो चिताएर निष्ठापूर्वक कार्य गर्ने नै छु,' विज्ञप्तिमा अध्यक्ष सुवेदीले भनेका छन्, 'बिगतमा कार्यसमितिको सदस्य, कोषाध्यक्ष र वरिष्ठ उपाध्यक्षको पदिय जिम्बेवारी पुरा गर्दै वर्तमान अवस्थामा अध्यक्ष पदसम्म आईपुदा मैले सधै संस्थाको हित, पर्यटन व्यवसायीहरुको मर्म र भावना अनुरुप सत्य र निष्ठापूर्वक आफ्नो पदीय दायित्व निर्वाह गर्दै आइरहेको छु ।' हल्ला फैलिएकै दिन सङ्घको बिधानले अध्यक्षलाई दिएको अधिकार प्रयोग गरेर आफूले बिधिसम्मत तरिका बाट केहि सदस्यहरुको मनोनयन गरेको उनले स्पष्ट पारेका छन् । 'अध्यक्षको अधिकार क्षेत्रलाई आफैले प्रयोग गर्न नपाएको रिसले मैले मनोनयन गरेका सदस्यहरु प्रति असहमती जनाउदै केही असन्तुस्ट पक्षले मेरो चरीत्र हत्या गर्ने गरी म माथि लगाईएको त्यस्ता आरोप कपोकल्पीत र भ्रामक भएको र कुनै सत्यता नभएको तर्फ सम्बन्धित सन्चार माध्यमहरु समेतको ध्यानाकर्षण गर्न चाहान्छु,' विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष सुवेदीको विज्ञप्तिमा अगाडि लेखिएको छ- 'संघलाई मैले भुक्तान गर्न बाँकी कुनै बक्यौता नभएको र यस विषयमा जान्न र बुझ चहानेहरुकालागि टानको ढोका सधै खुल्ला रहेको बारे पनि स्पष्ट पार्न चाहन्छु । अतः यस भ्रमक समाचारको पछि नलागीदिन पनि म सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछु ।'


टान कार्यसमितिले एक वर्षपछि पूर्णता पायो

काठमाडौं, २४ कात्तिक । ट्रेकिङ्ग एजेन्सिज एसोसिएन अफ नेपाल (टान)को कार्य समिति सदस्यमा ६ जनालाई मनोनीत गरिएको छ। आज बसेको टान कार्यसमिति बैठकले पर्यटन व्यवसायीहरु बल बहादुर सामरी, जितेन्द्र झाकरी, सुस्मा बस्नेत, हरि कडरिया, कुल प्रसाद सुबेदी र  गोबिन्द प्रसाद पन्तलाई कार्यसमितिमा मनोनीत गरेको हो । 

टानको ४१ औँ वार्षिक साधारणसभाबाट खुमबहादुर सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको एक वर्षपछि उनीहरुलाई मनोनीत गरिएको हो । यो सँगै टान कार्यसमितिले पूर्णता पाएको छ। निर्वाचिन पदाधिकारीले ६ जना सदस्यहरु मनोनीत गर्न सक्ने बैधानिक व्यवस्था रहेको छ ।  


कतारका राजकुमारसहितको टोली आमादब्लम हिमाल चढ्न आधार शिविर पुग्यो

काठमाडौं, १७ कात्तिक । बहराइनका राजकुमार फर्किएलगत्तै नेपाल आएका कतारका राजकुमार शेख मोहमद विन अब्दुल्ला आमादब्लम हिमाल आरोहण गर्न आधार शिविर पुगेका छन् । राजकुमार शेख मोहम्मदसहित १४ सदस्यीय टोली आइतबार आमादब्लम हिमालको आधार शिविर पुगेको हो ।

विश्वको सुन्दर तर आरोहणका लागि कठिन मानिने आमादब्लम हिमाल आरोहणका लागि कतारका राजकुमारसहित अमेरिकन र क्यानेडियनको टोली आधार शिविर पुगेको आरोहण व्यस्थापन गरेको हिमालयन गाइड्स नेपालका प्रवन्ध निर्देशक ईश्वरी पौडेलले बताए । कतारको राजकुमारसहितको टोली हिमाल आरोहणका लागि दसैंको दिन काठमाडौंबाट लुक्ला प्रस्थान गरेको थियो ।

 टोलीमा कतारका राजकुमार अब्दुल्लासहित अमेरीकन, क्यानेडियन र नेपाली गरी १४ जना छन् ।


पर्यटन प्रवद्र्धन गर्न २४ दिनको साइकल यात्रा

काठमाडौं, १७ कात्तिक । विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा महाकालीदेखि मेचीसम्म साइकल यात्रा सुरु गरिएको छ । आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । 

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि साइकल यात्रा थालिएको हो। यो २४ दिनको हुनेछ। यो यात्रालाई ‘नेपाल साइकल फेस्टिभल २०२०’ नाम दिइएको छ।  टोली कात्तिक १८ मा महेन्द्रनगर पुग्नेछ। त्यहाँबाट सुरू हुने साइकल यात्रा मंसीर ९ गते काँकडभिट्टा पुगेर समापन गरिनेछ।   

यात्रामा १४ जनाको सहभागिता रहेको छ। 













पर्यटन प्रवद्र्धनका लागि हप्तामा दुईदिन विदा दिनेबारे अध्ययन गर्न समिति गठन

काठमाडौं, ८ असोज । कोरोनाका कारण सुस्त भएको पर्यटन क्षेत्र चलायमान बनाउन हप्तामा दुई दिन सार्वजनिक विदा दिनुपर्ने प्रस्ताव तयार पार्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले  कार्यदल बनाएको छ।

मन्त्रालयले दुई दिने विदाको प्रस्ताव तयार गरी मन्त्रिपरिषद्‌मा पेश गर्ने उद्देश्यले मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वको ६ सदस्य रहेको कार्यदल गठन गरेको हो ।  कार्यदलको सदस्यमा पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मी रहेका छन्। कार्यदलका अन्य सदस्यमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका एक–एक जना प्रतिनिधि रहनेछन्।

पर्यटन क्षेत्रको पुनरूत्थान कार्यक्रम प्रभावकारी बनाउने योजना पनि मन्त्रालयले तयार पार्दैछ। यस्तो योजना बनाउन पर्यटन मन्त्रालय, पर्यटन विभाग र नेपाल पर्यटन बोर्ड मिलेर संयुक्त रूपमा कार्यक्रम बनाउने निर्णय पनि मन्त्रालयले गरेको छ।


क्षेत्राधिकार मिचेर कार्य नगर्न हवाई कम्पनीहरुलाई टान र नाट्टाको आग्रह

काठमाडौं, ७ असोज । पछिल्लो समय हवाई कम्पनीहरुले ट्रेकिङ र ट्राभल कम्पनीले गर्ने प्रकृतिको कार्य गरेको भन्दै ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) ले विरोध जनाएको छ। ट्रेकिङ र ट्राभल कम्पनीको व्यवसाय माथि हस्तक्षेप गर्ने गरि केही हवाई कम्पनीहरुले सामाजिक सञ्जालमा प्याकेज सार्वजनीक गरेकाले त्यस्तो कार्य नगर्न–नगराउन आग्रह गरेको छ । 

सबैले आ–आफ्नो उद्धेश्य अनुरुप कार्य गर्ने र कसैले पनि कसैको व्यवसाय माथि हस्तक्षेप गरेर काम नगर्न टानका अध्यक्ष खुमबहादुर सुवेदी र नाट्टाका अध्यक्ष अच्यूत गुरागाईले आज संयुक्तरुपमा जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । आफ्नो क्षेत्राधिकार भित्र रहेर स्वच्छ व्यवसायको प्रवद्र्धन गर्न पनि उनीहरुले हवाई कम्पनीहरुलाई भनेका छन् । 
 
कोरोना संक्रमणका कारण गएको चैतदेखि बन्द आन्तरिक हवाई सेवा गत सोमबारदेखि सुचारु भएको छ।   


शरद ऋतुमा हिमाल आरोहण गर्न २ टोलीले अनुमति लिए

काठमाडौं, ७ असोज ।  शरद ऋतुमा हिमाल आरोहणका लागि दुई वटा टोलीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार मंगलबारसम्म ६ जना नेपालीको एक टोलीले वरुत्से हिमाल आरोहण गर्न अनुमति लिएका छन् । 

यता बहराइनका १५ र बेलायतका ३ जनाले दुई टोली बनाएर मनास्लु हिमाल आरोहणको अनुमति लिएका छन् । यी दुई आरोहण अनुमतिबाट कुल १९ लाख २९ हजार रुपैयाँ संकलन भएको विभागले जनाएको छ। कोरोनाका कारण प्रभावित आरोहण सरकारले यो सिजनका लागि खुला गर्ने निर्णय गरेको छ । 

मनास्लु हिमाल आरोहणका लागि दुई टोलीबाट कुल १६ हजार २ सय अमेरिकी डलर संकलन भएको छ । बहराइनको टोलीमा त्यहाँका राजपरिवारका एक सदस्यसमेत सहभागी छन् ।


नाटोजद्वारा गभर्नर लम्साललाई बधाई तथा शुभकामना ज्ञापन

काठमाडौं, ५ असोज । नेपाल पर्यटन पत्रकार संघ (नाटोज) ले किवानिज इन्टरनेसनल क्लबको नेपाल डिस्ट्रिक्ट गभर्नर चुनिएका वरिष्ठ पर्यटन व्यवसायी तथा समाजसेवी मोहन लम्साललाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । लम्सालको सम्मानमा आइतबार राजधानीमा एक कार्यक्रम गरी नाटोजले बधाई दिएको हो । 

कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दीपक महत, उद्योग व्यवसायी कमिटिका अध्यक्ष कमल सापकोटा, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलिया, रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने लगायतले लम्सालको प्रशंसा गर्दै बधाईसँगै सफल कार्यकालको शुभकामना दिए । 

नाटोजका अध्यक्ष शिव अधिकारी अविरलले लम्साललाई समाजसेवाका हिरोु भन्दै उनको कार्यकालमा किवानिज नेपाल डिस्ट्रिकले थप गतिशीलता प्राप्त गर्ने विश्वास व्यक्त गरे । 

सम्मनित व्यक्तित्व नवनिर्वाचित गभर्नर लम्सालले बधाई दिने र सुभेच्छा राख्ने सम्पूर्णमा आभार प्रकट गर्दै किवानिज इन्टरनेसनल मार्फत नेपाली समाजको सेवामा आफू सम्पूर्ण रूपले समर्पित हुने प्रतिबद्धता जनाए ।

किवानिज इन्टरनेसनल विश्वकै पहिलो ग्लोबल भोलन्टरिङ अर्गनाइजेसन हो । १ सय ५ वर्षअघि अमेरिकाको मिसिगनबाट स्वयंसेवा सुरु गरेको किवानिजले हाल ८७ देशमा आफ्नो सञ्जाल विस्तार गरेको छ । संसारभर किवानिजका ६ लाखभन्दा बढी स्ययंसेवी छन् । 

किवानिज इन्टरनेसनलले विश्वभरका आफूसँग आबद्ध क्लबहरुलाई ५० डिस्ट्रिक्टमा विभाजन गरेको छ । नेपाल के–६९ डिस्ट्रिक्टमा पर्छ । लम्साल यसै डिस्ट्रिक्टका गभर्नर भएका हुन् ।  विशेषगरी बालबालिकाको शिक्षा, स्वास्थ्य र सरसफाइका क्षेत्रमा काम गर्ने किवानिज इन्टरनेसनलले सरदर वर्षमा १ लाख ५० हजारजति सेवामूलक परियोजना सञ्चालन गर्दै आएको छ ।


११ चैतपछि पहिलोपटक आजदेखि खुल्यो आन्तरिक उडान

काठमाडौं, ५ असोज । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै सरकारले लकडाउन जारी गरेपछि झण्डै ६ महिना बन्द भएको आन्तरिक हवाई सेवा आजबाट सुरू भएको छ । आज बिहान ७ बजे काठमाडौंबाट भोजपुरका लागि उडेको नेपाल एयरलाइन्सको जहाज ७ महिनापछिको पहिलो आन्तरिक उडान बन्न सफल भएको छ ।

सरकारले आन्तरिक व्यवसायिक उडानलाई अनुमति दिएसँगै आजबाट आन्तरिक हवाई सेवा सुरु भएको हो । २५ प्रतिशत हवाई उडान भएको छ । सामाजिक दुरी कायम गरी पूर्ण स्वास्थ्य सतर्कता अपनाएर हवाई यात्रा सेवा भएको विमानस्थल कार्यालयले जनाएको छ । 


पहिलो चरणमा दैनिक ४३ वटा उडानलाई अनुमति दिइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । आजबाट सुगममा बुद्ध एयरले १६, यतीले १०, श्रीले ६ तथा सिम्रिक र सौर्यले १–१ उडानको अनुमति पाएका छन् ।


सिट क्षमताको शतप्रतिशत यात्रु राखेर सोमबारदेखि आन्तरिक उडान

काठमाडौं, ३ असोज । आन्तरिक उडान गर्ने सबै वायुसेवा प्रदायक कम्पनीले अब शतप्रतिशत सिट क्षमतामा नै यात्रु उडाउन पाउने भएका छन्। शुक्रबार मन्त्रालयमा बसेको बैठकले पूर्ण सिट क्षमतामा नै उडान गर्न दिने निर्णय गरेको हो। 

गत सोमबार मन्त्रिपरिषद् बैठकले सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राखेर असोज ५ गतेबाट उडान गर्न अनुमति दिने निर्णय गरेको थयो। तर निजी हवाई सेवा प्रदायक कम्पनीको छाता संगठन वायुसेवा संघले ५० प्रतिशत मात्रै यात्रु राखेर उडान गर्न नसक्ने बताउँदै मन्त्रालयमा असहमति राखेका थिए। 

मन्त्रालयले संघको माग बमोजिम पूरै सिट क्षमतामा उडान गर्न दिने प्रस्ताव पुन क्याबिनेट पुर्‍याएको थियो। क्याबिनेटले पनि मन्त्रालयको प्रस्तावमा सहमति जनाएपछि शुक्रबार मन्त्रालयले यस्तो निर्णय गरी नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाएको छ। 


दुई हिमाल आरोहणका लागि बहराइनका राजकुमार सहितको टोली नेपालमा

काठमाडौं, ३१ भदौ । बहराइनका राजकुमारसहितको टोली नेपालीका दुई हिमाल आरोहणको सिलसिलामा काठमाडौं अवतरण गरेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बिहान करिव ११ बजे उनीहरु चढेको जहाज काठमाडौं आएको हो ।

उनीहरुलाई शेख इशा एयरवेजबाट विशेष विमानले काठमाडौं विमानस्थलमा ल्याएको हो । टोलीमा बहराइनको डिफेन्स फोर्समा कार्यरत १५ जना बहराइनी तथा ३ जना बेलायती नागरिक रहेका छन् । 

दुई महिना नेपाल बस्ने यो टोलीले लोबुचे र मनास्लु हिमाल आरोहण गर्नेछ । 


५ जहाज खरिद गर्ने तयारीमा नेपाल एयरलाइन्स

काठमाडौं, २५ भदौ । नेपाल एयरलाइन्सले आन्तरिक उडानका लागि ५ जहाज खरिद गर्ने तयारी गरेको छ । ३ वर्षअघि नै बनाइएको व्यापारिक योजना थन्काएर नेपाल एयरलाइन्सले फेरि आन्तरिक जहाज खरिदको योजना बनाइरहेको छ।

एयरलाइन्सको इन्जिनियरिङ र कमर्सियल विभागले जहाज खरिदको योजना बनाइरहेका छन्। योजना निर्माण तथा छलफलमा सहभागी अधिकारीहरूका अनुसार तत्कालका लागि ५ वटा जहाज किन्नुपर्ने निष्कर्ष निकालेको छ । 

ट्रंक रुटमा उडान गर्नका लागि कम्तिमा २ वटा ठूला जहाज चाहिन्छ र दुर्गम क्षेत्रमा उडान गर्नका लागि ३ जहाज चाहिन्छन्। नेपाल एयरलाइन्सले चीनबाट ल्याएका जहाज नउडाउने निर्णय गरेपछि अहिले आन्तरिक उडानका लागि जम्मा ३ जहाजमात्र बाँकी छन्। ती पनि पुराना भएको भन्दै व्यावसायिक रुपमा उडान योग्य नभएको एयरलाइन्सका अधिकारीहरुले बताउँदै आएका छन्।

जहाज खरिद गर्नुपर्ने प्राविधिक राय भएपनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने तत्काल दुर्गम क्षेत्रमा उडान गर्ने जहाज खरिद गर्ने र दोस्रो चरणमा ट्रंक रुटमा उडान गर्ने जहाज खरिद गर्नुपर्ने भन्दै आएको छ। 


५ महिनापछि सुरु भयो व्यवसायी हवाई उडान

काठमाडौं, १७ भदौ । गत चैत ११ गतेदेखि बन्द भएको व्यावसायिक हवाई उडान औपचारिक रुपमा बुधबारबाट सुरु भएको छ। 

नियमित उडान बन्द भएको लामो समयपछि मंगलबारबाट उडान सुरु भएको घोषणा भए पनि नियमित उडान भने बुधबारबाट सुरु भएको हो ।  व्यावसायिक उडान बन्द भए पनि यो बीचमा झन्डै ३ सय वटासम्म यात्रु चार्टर तथा कार्गो उडान भएको थियो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावका सरकारले दैनिक २ वटा व्यावसायिक र १ चार्टर उडान गर्न मन्त्रिपरिषद्ले स्विकृती दिएको छ। सोही अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले कार्यतालिका तय गरेको छ । 


१६ भदौबाट नियमति हवाइ उडान हुने

काठमाडौं, १० भदौ । सरकारले १६ भदौबाट हुने नियमित तथा चार्टर्ड उडानको तालिका तय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस्तो तालिका स्वीकृत गरी कार्यान्वयनका लागि हिजो नेपाल नागरिक उड्डयन प्राधिकरणमा पठाएको हो ।

मन्त्रालयले उडानका लागि शर्तहरुसमेत तोकेको छ । पहिलो चरणमा पीसीआर परीक्षण सम्भव हुने मुलुकमा उडानका अनुमति दिइएको छ ।


विदेशबाट आउनेका लागि क्वारेन्टिन होटलको सूची

काठमाडौं, ५ भदौ । सरकारले चार्टर्ड उडानमार्फत स्वदेश आउने नागरिकलाई क्वारेन्टिनमा राख्ने प्रयोजनका लागि होटलको सूची र मूल्य सार्वजनिक गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले पर्यटन विभागले उपलब्ध गराएको होटलको सूची र मूल्य सार्वजनिक गरेको हो। सार्वजनिक गरिएका होटलमा तीन हजार ५ सय क्षमता छ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले गएको २ भदौमा कोभिड–१९ विश्वव्यापी संक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नागरिकलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी आदेश, २०७७ बमोजिम विमानस्थल हुँदै नेपाल प्रवेश गर्ने र स्वेच्छाले होटल क्वारेन्टिनमा बस्ने व्यक्तिलाई राख्न होटल सूचीकृत गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा पर्यटन विभागले बिहीबार क्वारेन्टाइन प्रयोजनार्थ होटलको विवरण र मूल्य जिल्ला प्रशासन कार्यालय काठामाडौँलाई उपलब्ध गराएको थियो। तारे होटलदेखि सामान्य पर्यटकस्तरका होटलको सूची र मूल्य सार्वजनिक गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत रमा घिमिरेले बताइन्। 

पर्यटन विभागका सूचना अधिकारी सुरेन्द्र थापाले स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नसक्ने क्षमता भएका होटललाई क्वारेन्टिनका रूपमा प्रयोग गर्न सूचीकृत गरिएको बताए। अहिले तीन हजार ५ सय  शय्या भएको होटललाई तयारी अवस्थामा रहेको उनले बताए । 


सकभर आइसोलेटेड क्षेत्रमा भएका, कम्पाउण्ड भएका, बाहिरी व्यक्तिसँग घुलमिल हुन नसक्ने, सामाजिक दूरी कायम गर्न सक्ने होटललाई सूचीकृत गरिएको उनले बताए। होटल व्यवसायी महासङ्घ, होटल एसोसियसन तथा व्यवसायीसँग छलफल गरेर क्वारेन्टिन होटलको सूची सार्वजनिक गरिएको उनको भनाइ छ। पर्यटकीय क्षेत्र ठमेल, ताहाचल, गौशाला, बत्तिसपुतली, दरबारमार्ग, सानो गौचरन, नक्साल, भक्तपुर, लाजिम्पाट, गोदावरी, कमलादी, स्वयम्भू, झम्सीखेल, बूढानीलकण्ठ, लैनचौर कमलपोखरी र बागबजार क्षेत्रमा होटललाई क्वारेन्टिनका रूपमा प्रयोग गरिने छ।


पर्यटन क्षेत्र खुलाउन आलटाल गरेको भन्दै आन्दोलनमा जाने व्यवसायीको चेतावनी

काठमाडौं, ३१ साउन । सरकारलाई पर्यटन क्षेत्रसँग आवद्ध २१ वटा व्यवसायिक तथा श्रमिक संगठनले भदौं १६ गतेदेखि उडान सञ्चालन गर्दै पर्यटन क्षेत्र खुलाउन माग गरेका छन् । चार्टर उडान अनुमति दिइरहेको तर नियमित उडान सञ्चालनको समय पटकपटक सार्दै आइरहेको भन्दै ती संगठनहरुले भदौ १६ देखि पर्यटन क्षेत्र खुला नगरेमा आन्दोलनको चेतावनी दिएका हुन । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमार्फत सरकारलाई आन्दोलनको चेतावनी दिने संगठनहरुमा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स, ट्रेकिङ एजेन्सिज एसेसिएसन अफ नेपाल, होटल एसोसिएसन नेपाल, नेपाल पर्वतरोहण संघ, रेष्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल, टूरिष्ट गाइड एसोसिएसन अफ नेपाल, नेपाल पर्यटक यातायात व्यवसायी संघलगायत छन् । यी संगठन भन्दाअघि मंगलबार आन्तरिक वायुसेवा कम्पनीहरुको छाता संगठन वायुसेवा सञ्चालक संघ नेपालले पर्यटनमन्त्री योगेश भट्टराईलाई छुट्टै ज्ञापन बुझाउँदै भदौ १६ पछि आन्तरिक हवाइ उद्योगलाई सञ्चालनमा नल्याएमा आन्दोलनको चेतावनी दिइसकेको छ ।

यस्तै, यी संगठनहरुले विश्व स्वास्थ्य संगठन तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको बनाएको मापदण्ड अनुसार पर्यटन क्षेत्र सञ्चालन गर्न आफूहरु तयार रहेको बताएका छन् । वायुसेवाबाहेकका अन्य तर यसैमा आश्रित संगठनहरुले यो क्षेत्र ऋणात्मक भएको जनाउँदै अब आउने पर्यटकीय सिजनमा राज्यले अबलम्बन गरेका स्वास्थ्य तथा सुरक्षा प्रोटोकलको पूर्ण पालना गराउँदै सेवा बिस्तार गर्नुपर्ने माग गरेका छन् । 


पर्यटकीय पूर्वाधार विकास तीन तहका सरकारले सहकार्य गर्ने

काठमाडौं, ३० साउन । देशभर बन्ने पर्यटकीय पूर्वाधारमा तीन वटै तहका सरकारको लागत साझेदारी अनिवार्य गरिएको छ । सरकारले पर्यटन पूर्वाधार निर्माण तथा पर्यटकीय उपज विकास साझेदारी आयोजना कार्यविधि २०७७ जारी गरेको छ ।

यो कार्यविधिअनुसार अब प्रदेश र स्थानीय तहमा सञ्चालन हुने आयोजनामा लागतको साझेदारी हुने भएको छ । उक्त नीति कार्यान्वयन गर्ने गरी मन्त्रिपरिषद्ले पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकासमा लागत साझेदारी निर्देशिका समेत स्वीकृत भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार तीन वर्षभित्र सम्पन्न हुने गरी कार्यक्रम प्रस्ताव गर्न सकिने भएको छ । यस्ता आयोजनाको लागत कम्तिमा १ करोडदेखि बढीमा ३० करोडसम्म हुनेछ ।

पर्यटन पूर्वाधारमा प्रदेश र स्थानीय तहले समेत साझेदारी गर्न सक्ने गरी कानून बनेको छ । यस्तो कार्यक्रमलाई संघले भने प्रदेशबाट सञ्चालन भएको कार्यक्रमका रुपमा बुझ्नेछ । यस्तै, दुई वा सोभन्दा बढी स्थानीय तहले संयुक्त रुपमा आयोजना तथा कार्यक्रम बनाएर समेत अब मन्त्रालयसँग बजेट माग्न सक्ने भएका छन् । यसरी आएको मागको अधिकतम ५० प्रतिशत बजेट भने सम्बन्धित तहले नै बेहोर्नुपर्ने गरी प्रावधान बनाइएको छ । 

कार्यविधि अनुसार एक प्रदेश सरकारले एक आर्थिक वर्षमा अधिकतम ३० करोडसम्म लागत अनुमान गरिएका आयोजनाका लागि बजेट पाउनेछ । महानगरमा १५ करोड, उपमहानगरपालिकामा १० करोड, नगरपालिकामा ७ करोड र गाउँपालिकामा एक आवमा अधिकतम ५ करोडसम्मका आयोजना संचालन गर्न सकिने भएको छ । स्थानीय तहमा स्वीकृत भएको आयोजनाको हकमा भौतिक प्रगति ७० प्रतिशत पुगेपछि मात्र दोस्रो आयोजनाको सम्झौता हुने कार्यविधिले स्पष्ट पारेको छ ।


ग्राण्ड होटललाई सन् २०२०को ‘ट्राभलरर्स च्वाइस’ अवार्ड

काठमाडौं, २६ साउन । होटल ग्राण्डले  ‘ट्राभलरर्स च्वाइस २०२०’ अवार्ड प्राप्त गरेको छ। बिश्वभर रहेका पर्यटकीय गन्तब्य र होटलबारे समिक्षा प्रकाशन गर्ने साइट ट्रिप एडभाइजरले ग्राण्डलाई उक्त अवार्ड प्रदान गरेको हो । 

ट्रिप एडभाईजरले लाखौं पर्यटकहरुले गरेको समिक्षा, रेटिङ, सुरक्षाजस्ता विषयलाई आधार बनाएर उत्कृष्ट होटल छनौट गर्दै आएको छ । सोही अनुरुप नोपलको ग्राण्ड होटल  ‘ट्राभलरर्स च्वाइस २०२०’ विजेता बनेको हो ।

ट्रिप एडभाइजरमा हाल १४ लाखभन्दा बढी होटलहर आवद्ध रहेका छन् ।


अन्तर्राष्ट्रिय हवाई उडान भदौ १५ देखि मात्रै

काठमाडौं, २६ साउन । हवाई उडान र लामो दुरीका सार्वजनिक यातायात भदौ १५ देखि मात्रै सञ्चालन हुने भएका छन् । यसअघि मन्त्रिपरिषद बैठकले भदौ १ देखि नै आन्तरिक र वाह्य उडान तथा लामो दुरी (अन्तर जिल्लाका) का सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको थियो।

आइतबार बसेको कोभिड कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर ९सिसिएमसी० को बैठकले सो मिति सार्न मन्त्रिपरिषदमा प्रस्ताव गर्ने भएको  हो । कोरोना भाइरसको संक्रमण दर र मृत्युदर समेत बढ्दै गएको अवस्थामा हवाई उडान र लामो दुरीका यातायात सञ्चालन गर्ने मिति सार्ने निर्णय भएको एक मन्त्रीले बताए।


गाउँले पर्यटन–नेपालको प्रदेश नं. २ मा कमिटि गठन

काठमाडौं, १२ साउन । गाउँले पर्यटन–नेपाल (भिटोन) को प्रदेश नं २ मा प्रदेश कमिटि गठन गरिएको छ । सर्लाहीे लालबन्दीका स्थानीय श्याम पराजुलीको संयोजकत्वमा कमिटि गठन गरिएको हो । 

संघले लामो समय नेपालका विभिन्न भु–भागमा गाउँले पर्यटनको प्रवद्र्धन गर्दै आएको छ। सोही अनुरुप कमिटिले प्रदेश नं २ को पर्यटन प्रवद्र्धन, स्थानीयमा पर्यटन सचेतना अभिबृद्धि लगातयका कार्यक्रमहरु संचालन गर्ने जनाइएको छ। 

संघका प्रमुख संरक्षक एवं मन्त्री सुनिलबहादुर थापाको निर्देशन अनुरुप कमिटि गठन सुरु गरिएको हो । कोरोना संक्रमणको त्रास कम भएपछि क्रमशः अन्य बाँकी प्रदेशहरुमा पनि कमिटि गठन गर्दै जाने संघका राष्ट्रिय अध्यक्ष तेजेन्द्र शर्मा पौडेलले जानकारी दिए । 

एक फरक प्रसंगमा उनले संघका प्रमुख संरक्षक थापाले राप्रापाबाट राजनीनामा दिएको र नेपाली कांग्रेसमा प्रवेश गर्ने समाचारहरु आइरेको तर्फ संकेत गर्दै, उहाँ जुनसुकै पार्टीमा रहेपनि प्रमुख संरक्षकको भूमिका निर्वाह गरिरहने जानकारी दिए । मुलुकको विकास र गाउँले पर्यटन प्रवद्र्धन गरि मुलुकलाई समृद्ध बनाउन उहाँको साथ सधै संघले पाइरहने विश्वास उनले व्यक्त गरे । 


आङछिरिङ सहितको समूहद्वारा लाकुरी भन्ज्याङमा माउन्ट मोनाष्ट्री होटल निर्माण

काठमाडौं, ११ साउन । बरिष्ठ पर्यटन व्यवसायी नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पा सहितको समूहले लाकुरी भन्ज्याङमा होटल निर्माण गरेका छन् । विगत लामो समयदेखि पर्यटन व्यवसायमा क्रियाशिल शेर्पासहितको समूहले एक अर्ब लगानीमा माउन्ट मोनाष्ट्री होटल निर्माण गरेको हो ।

त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट १८ किलोमिटर र ठमेलबाट २३ किलोमिटरको दूरीमा रहेको सो होटलमा ६८ वटा कोठा रहने जानकारी दिइएको छ ।  पहिलो चरणमा ४८ वटा कोठामात्र सञ्चालनमा आउने होटलका अध्यक्ष शेर्पाले जानकारी दिए । होटलमा २ वटा स्विट कोठा, २२ वटा डिलक्स र २४ वटा स्टाण्डर कोठाहरु छन् । 

तीन महिनाअघि नै होटललाई ‘सफ्ट ओपनिङ’ गर्ने तयारी गरिरहेका बेला कोभिड–१९ ले  सञ्चालनमा आउन सकेको छैन । ५ वर्षअघि निर्माण सुरु गरेको होटल २८ रोपनी क्षेत्रफलमा रहेको छ । काठमाण्डौं उपत्यकाको दक्षिण पूर्वि भागमा २०१० मिटरको उचाईमा रहेको होटल माउन्ट मोनाष्ट्रीबाट पहाडी एवं हिमाली क्षेत्रका मनमोहक दृश्यहरू नियाल्न सकिने छ । 


थपलियाको संयोजकत्वमा कोरोना डिफेन्स अवार्ड छनोट समिति

काठमाडौं, २६ असार । कोरोना महामारीबीच मानवीय तथा स्वास्थ्य सेवाका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने देशभरका सामाजिक अभियन्ताहरूको सम्मान र प्रोत्साहनको उद्देश्यले गन्तव्य नेपालले यसै महिना प्रदान गर्न लागेको कोरोना डिफेन्स अवार्डका लागि योग्य व्यक्तित्वहरूको छनोट गर्न नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलियाको संयोजकत्वमा समिति गठन गरिएको ।छ 

समितिमा नेपाल एयर लाइन्सका सन्चालक समिति सदस्य फुर्वा ग्याल्जेन शेर्पा,नेपाल पर्यटन परिषद्का सल्लाहकार गोपाल बाबु श्रेष्ठ , रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने र रिपोटर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला रहेका छन् । 

समितिले यथाशीघ्र देशैभर क्रियाशील सामाजिक व्यक्तित्वहरूको पहिचानसँगै महामारी विरुद्ध लड्ने अभियानमा उहाँहरूले पुर्याउनुभएको योगदानको अध्ययन र विश्लेषण गरी अवार्डका लागि योग्य व्यक्तित्वहरूको चयन गर्ने छन् । 


नियुक्त भएको तीन महिनापछि चीन पुगे राजदूत पाण्डे

काठमाडौं, २५ असार । नियुक्ति पाएको तीन महिनापछि चीनका लागि नवनियुक्त राजदूत महेन्द्रबहादुर पाण्डे कार्यभार सम्हाल्न चीन पुगेका छन्।  कार्यभार सम्हालन राजदूत पाण्डे बिहीबार चीन पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ।  


गत वैशाख पहिलो साता राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई चीनका लागि राजदूतमा नियुक्त गरेकी थिइन्। सरकारले गत वर्ष फागुन १८ मा तत्कालीन राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाएर पाण्डेलाई राजदूत बनाउने निर्णय गरेको थियो।

कोभिड–१९ का कारण चीन जानबाट रोकिएका पाण्डे बुधबार राति काठमाडौंबाट हिमालय एयरलान्यसमार्फत चीन गएका हुन्। 


पर्यटन क्षेत्र संचालनको गाइडलाइन्स

काठमाडौं, ११ असार । नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्र सञ्चालनका लागि गाइडलाइन्स सार्वजनिक गरेको छ । सरोकारवाला निकायसँगको सहयकार्यमा समग्र पर्यटन क्षेत्र सूचनारुका लागि स्वास्थ्यसँग सम्बन्धित प्रोटोकल ल्याइएको नेपाल पर्यटन बोर्डका सीइआ डा. धनञ्जय रेग्मीले जानकारी दिए ।

‘महामारीका बीच पनि अब पर्यटन क्षेत्र सञ्चालन गर्न सकिएन भने अझ ठूलो समस्या सिर्जना हुने बताउँदै सञ्चालनका लागि मापदण्ड बनाइएको हो,’ रेग्मीले भने ।


पर्यटन व्यवसायी कर्ण शाक्यले पर्यटन क्षेत्र सूचारु गर्नका लागि प्रोटोकल ल्याएकोमा धन्यवाद दिँदै अब सेवामूलक मात्रै नभए सुरक्षामा पनि उत्तिकै ध्यान दिनुपर्ने बताए । अब राज्य, निजी क्षेत्र र जनता एकैठाउँमा भएर काम गर्नुपर्नेमा जोड दिए ।

 

बोर्डले सार्वजनिक गरेको प्रोटोकलमा ६ वटा बुँदा समावेश गरेको छ । जसमध्ये पहिलो नम्बर रि–स्टार्ट प्रोटोकल भनिएको छ । जसमा रि–इट्री मोडदेखि पहिलो फेजहुँदै तेस्रो फेजसम्म प्रोटोकल उल्लेख गरिएको छ ।

त्यसका साथै होटल, रेष्टुराँ, पर्यटन कार्यालय व्यवस्थापन, यातायात सेवाप्रदायकलाई र टुर र एड्भेञ्चर गतिविधि सञ्चालनका लागि प्रोटोकल उल्लेख छ । प्रोटोकलमा सुरक्षाको क्षेत्रमा ध्यान दिएको छ ।


नयाँ ल्याउन लागिएको पर्यटन ऐनमा सरकारलाई टूर्गानद्वारा सुझाव पेश

काठमाडौं, ८ असार । सरकारले ल्याउन लागेको नयाँ पर्यटन ऐनमा टुरिष्ट गाईड एसोसिएशन अफ नेपाल (टूर्गान) ले सुझाव दिएको छ।  टूर्गानका अध्यक्ष केदार तामाङ्ग सहित पदाधिकारीहरुले आज संस्कृति, पर्यटन एवं नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई केही बुँदाहरु संशोधन सहितको सुझाव पत्र बुझाएका हुन । 

टूर्गानले छलफलको क्रममा रहेको पर्यटन विधेयकको दफा ३१ मा रहेको नगर गाईड भन्ने शब्द खारेजी गरि पर्वतीय पथपर्दशक, सांस्कृतिक पर्यटक पथपर्दशक, पदयात्रा पथपर्दशक वा स्थानीय पथपर्दशक तथा अन्य यस्तै वर्गीकरण गर्न, पर्यटक पथपर्दशकको नवीकरण गर्दा कुनै प्रकारको पुनर्ताजगी तालीम लिएको र टूर्गानको सिफारिस आवश्यक पर्ने व्यवस्था सहितको ऐन ल्याउन सुझाएको छ। 

त्यस्तै, बिदेशी नागरिक पथपर्दशकको रुपमा कार्य गर्न नपाउने अस्पष्टा रहेको र उक्त विषय स्पष्ट हुने गरि यस्तो कार्य गरेमा एक लाख रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुबै सजाय हुनसक्ने व्यवस्था गर्न र कुनै संस्थाले अनाधिकृत ब्यक्तिलाई पथपर्दशकको काम लगाएमा पचास हजार रुपैयाँ सम्म जरिवाना गर्न सक्ने व्यवस्था गर्न भनेको छ। 

मन्त्री भट्टराईले सुझावलाई सकारात्मक रुपमा लिएको भन्दै ऐनमा समावेश गर्ने आश्वासन दिनुभयो ।  

अध्यक्ष तामाङ्गले समयसापेक्ष ऐन निर्माण गरी पथपर्दशकको हकहित संरक्षण गर्दै पर्यटन क्षेत्रको विकासका लागि आफूहरूले सुझाव दिइएको बताए । 

सरकारले ४२ वर्षपछि नयाँ पर्यटन ऐन ल्याउन ल्याउन लागेको हो । वि.सं २०३५ सालमा ल्याइएको ऐन अहिलेसम्म कार्यान्वयनमा रहेको छ । 


कोरोना संकटसँग जुघ्न ठमेलका व्यवसायी र घरधनी एक

काठमाडौं, ५ असार । विश्वव्यापी फैलिँदै गएको कोरोना भाइरस (कोभिड–१९) का कारण समग्र पर्यटन क्षेत्रमा उत्पन्न समस्या समाधानका लागि प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका व्यवसायी र घरधनी एकजुट भएर अगाडि बढ्ने भएका छन् ।


ठमेल पर्यटन विकास परिषद्ले उपाध्यक्ष भविश्वर शर्माको संयोजकत्वमा घरभाडा समायोजन समिति नै गठन गरेर कोरोनाका कारण उत्पन्न पछिल्लो समस्याहरुको समाधानका लागि संस्थागत पहल थालेपछि व्यवसायी र घरधनी मिलेर अगाडि बढ्ने वातावरण बनेको हो । परिषदको तर्फबाट गठित घरभाडा समायोजन समितिले मङ्गलबार एक प्रेस विज्ञप्ति जारी गर्दै समस्या समाधान गर्ने मोडालिटीको लागि पहल भइरहेको जनाएको छ । समितिका संयोजक शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा पर्यटक भए पर्यटन व्यवसाय रहने, व्यवसाय रहे घरधनी रहने र व्यवसायी र घरधनी रहे ठमेल रहने भएकाले सबै मिलेर वर्तमान समस्याको समाधान गर्नुको बिकल्प नरहेको उल्लेख गरिएको छ।


ठमेलले हिजोका दिनमा सरकारलाई राजश्वसँगै विदेशी मुद्रा आर्जन तथा रोजगारी सिर्जना गर्नमा महत्वपूर्ण भूमिका खेलेको भन्दै परिषदले सोही विज्ञप्तिमार्फत ठमेलको पर्यटन क्षेत्र बचाउन सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने मागसमेत गरेको छ । कोरोनाका कारण व्यवसायी ठूलो मर्कामा परेको भन्दै न्यूनतम व्याजदरमा सहुलियत ऋण, विद्युत् सेवा शुल्क, इन्टरनेट सेवा शुल्क एक वर्षसम्म मिनाह गर्नुपर्ने परिषद्को माग छ। 


ओमानबाट असार ७ गते हुने गर्ने भनिएको दोस्रो उडान तीन दिन पछि सर्‍यो

काठमाडौं, १ जेठ । ओमानबाट २१ जुन ( असार ७ गते )  हुने भनिएको दोस्रो उडानको मिति परिवर्तन गरिएको छ। सलाम एयरमार्फत हुने उक्त उडान ३ दिन अगाडि नै अर्थात् १८ जुन (असार ४)  गते नै हुने ओमानस्थित नेपाली दूतावासले जनाएको छ।


 
उक्त उडानमार्फत प्राथमिकताका आधारमा तयार पारिएको सूचीका आधारमा १८० जना नेपाल फर्कन पाउने छन् ।एकतर्फी हवाइभाडा ११५ ओमानी रियल तोकिएको छ। दोस्रो उडानका लागि छनोट भएकाहरुले आफूलाई पायक पर्ने कुनै पनि नजिकको परीक्षण केन्द्रमा वा दूतावासको जानकारीमा भए बमोजिमका स्वास्थ्य संस्थाहरूमा कोभिड १९  को पीसीआर परीक्षण गराउन समेत दूतावासले आग्रह गरेको छ। नेगेटिभ रिपोर्ट प्राप्त हुनेहरूले सलाम एयरको कलसेन्टर २४२७२२२२ मा फोन गरी टिकट खरिद गर्न वा सो सम्बन्धी थप जानकारी प्राप्त गर्न सकिने छ। 


बोधिसत्वका मास्टर हेगुवाङ शीलाई सम्मान

काठमाडौं, २२ जेठ । नेपालमा रहेका बोधिसत्व विहारका मास्टर हेगुवाङ शीलाई सामुदायिक सेवा मञ्च तथा सामुदायिक प्रहरी स्वयम्भूले सम्मान गरेको छ । लकडाउनका बेला बोधिसत्व विहारले स्वयम्भू क्षेत्रमा गरेको समाजसेवाको कदरस्वरूप विहारका मुख्य सञ्चालक शीलाई सम्मान गरिएको हो । 

महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट सरुवा भई जान लागेका डिएसपी लालध्वज सुवेदीको बिदाइ र वृत्तमा आएका डिएसपी निरञ्जनदत्त भट्टको स्वागतका लागि आयोजित कार्यक्रममा मञ्चका अध्यक्ष अमित पाण्डेसँगै डिएसपीद्वय सुवेदी र भट्टले शीलाई खादा ओडाएर सम्मान गरे । कार्यक्रममा मञ्चका पूर्वअध्यक्ष तथा सल्लाहकार राजु खरेल, विहारसम्बद्ध समाजसेवी शान्त शर्मा, समाजसेवी पत्रकार शिव अधिकारी अविरल लगायतको उपस्थिति थियो ।  बोधिसत्व विहार प्राणी सेवामा समर्पित बौद्ध धर्मावलम्बीहरूको अन्तर्राष्ट्रिय संस्था हो । ताइवानी नागरिक शी यसका मूल सञ्चालक हुन् । लकडाउनअघि नेपाल आएका शी लकडाउनका कारण यतै अड्किएका छन् । 

उनको नेपाल बसाइँले विहार मार्फत हुने मानवसेवाका कार्यक्रमलाई निकै व्यापक बनाएको छ । कोरोना महामारीबीच जारी लकडाउनयता विहारले स्वयम्भू आसपासका क्षेत्रमा मात्रै २५ हजारभन्दा बढीलाई निःशुल्क खाना खुवाइसकेको छ । राजधानीभर एक लाखभन्दा बढीलाई निःशुल्क खाना खुवाएको विहारले शिशुलाई ल्याक्टोजिन, बालक र वृद्धलाई सर्वोत्तम पिठोको लिटो र सुत्केरीलाई जडीबुटीजन्य औषधीसमेत बाँडिरहेको छ ।  

मानव मात्र नभई सिङ्गो प्राणीजगतको सेवाको लक्ष्य राख्ने विहारले धार्मिक क्षेत्रमा आवागमन बन्द भएसँगै भोको पर्न थालेका स्वयम्भू क्षेत्रका बाँदरहरूलाई हरेक दिन चना खुवाइरहेको छ ।  विहारले देशभरका विभिन्न अस्पताल, सुरक्षा निकाय, राजधानी छिर्ने सबै नाकाका चेकपोस्ट र केन्द्रीय कारागारलाई पिपिईसहित स्वास्थ्य सुरक्षा र सरसफाइका सामग्री सहयोग गरेको छ । यसैबीच, विहारले जोखिम क्षेत्रमा सूचना संकलनमा खटिने २०० भन्दा बढी पत्रकारलाई पिपिई, प्रेस ज्याकेट, मास्क, ग्लब्स, स्यानिटाइजर उपलब्ध गराएको छ ।


हानले होटललाई क्वारेन्टाई बनाउन दिने

काठमाडौं, १३ जेठ । होटललाई आवश्यकता अनुसार क्‍वारेन्टाइनको रूपमा प्रयोग दिन व्यवसायीहरु सहमत भएका छन् । क्वारेन्टाइनको रुपमा प्रयोग गर्दा लाग्ने खर्च सहितको विस्तृत विवरण होटल संघ नेपालले पर्यटन विभागका महानिर्देशकलाई बुझाएको छ। 

होटललाई क्‍वारेन्टाइनको रूपमा प्रयोग गर्ने हो भने पर्यटकीयस्तरका होटल र पाँचतारे गरी २ प्रकारमा विभाजन गरिएको छ। पर्यटकीयस्तरको होटलमा क्‍वारेन्टाइनमा बस्ने एक्लो संक्रमितले दिनको ३ हजार रुपैयाँ र दुईजना बस्ने संक्रमितले दिनको ५ हजार रुपैयाँ तिनुपर्ने बताइएको छ। यस्तै पाँचतारे होटलको हकमा एक्लो बस्दा दिनको १० हजार रुपैयाँ र दुईजना बस्दा दिनको १६ हजार रुपैयाँ तिर्नुपर्ने संघले प्रस्ताव गरेको वरिष्ठ उपाध्यक्ष विनायक शाहले जानकारी दिए।


होटल सरसफाइ र सुरक्षाका दृष्टिकोणले स्तरीय हुने र विश्व स्वास्थ्य संगठनको दायरा अनुरूप नै पौष्टिक खानाको व्यवस्था पनि हुने हुँदा संघले खर्चलाई छुट्टाएको शाहले बताए। अथवा कुनै होटलले सामाजिक उत्तरदायित्वअन्तर्गत बिना शुल्कमा पनि कोरोना संक्रमितलाई राख्न सक्ने छन् या आफ्ना होटललाई क्‍वारेन्टाइन नबनाउन पनि सक्ने बताइएको छ। 

 

संघले पेश गरेको विवरणमा भनिएको छ–क्वारेन्टाइन अवधिभरि उपलब्ध गराइने तोकिएको चार छाक पौष्टिक स्वास्थवद्र्घक आहार, आवश्यक पर्ने सबैखाले आधारभूत सेवासुविधा, सञ्चार, पानी, बिजुलीलगायत कामदार कर्मचारीको पारि श्रमिक, सेवा शुल्क, कर दस्तुर सबै खर्च नेपाल सरकारको वर्गीकरण अनुसार पर्यटकस्तरीयदेखि पाँचतारे होटलमा लाग्ने अनुमानित खर्चको शीर्षकअनुसार न्यूनतम आधारको रूपमा सबै सदस्य होटलको जानकारी तथा प्रत्येक प्रतिष्ठानस्तरको सञ्चालन निर्णयका लागि सिफारिस गरिएको छ।


पर्यटन क्षेत्रलाई उपेक्षा गरेर सरकारले केटाकेटीपन देखायो ः नाटोज

काठमाडौं, ३ जेठ । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)  ले कोरोना महामारीले पर्यटन क्षेत्रमा पारेको गम्भीर असर र सो क्षेत्रको पुनरुत्थानमा सरकारले देखाएको उदासीनताप्रति चिन्ता व्यक्त गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै नाटोजले विद्यमान संकटग्रस्त परिस्थितिप्रति सरकारले कत्ति पनि गम्भीरता नदेखाएको भन्दै चिन्ता व्यक्त गरेको हो । 
 
देशको अर्थतन्त्रको बलियो खम्बाका रुपमा रहेको पर्यटन क्षेत्रलाई कोरोना महामारीले उठ्नै नसक्ने गरी थला पारिदिएको छ, नाटोज अध्यक्ष शिव अधिकारी अविरलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ूलगभग शून्यमा झरेको पर्यटन व्यवसायको पुनरुत्थानका लागि सरकारले गम्भीरताका साथ ठोस कदम नचाल्ने हो भने यो क्षेत्रले इतिहासमै नदेखेको दुर्दशा भोग्नुपर्ने छ, र यसबाट सिंगो राज्यले अपुरणीय क्षति व्यहोर्ने निश्चित छ ।
 
 
ठूलो तयारी र लगानीका साथ भिजिट नेपाल २०२० अभियानमा जुटेका बेला आइपरेको यो संकटले पर्यटन क्षेत्रमा लागेको अर्बौंको लगानी डुब्ने अवस्थामा रहेको भन्दै विज्ञप्तिमा लामो संघर्ष गरेर स्थापित भएका सयौँ पर्यटन व्यवसायी विस्थापनको संघारमा पुगेको उल्लेख छ । यदि यस्तो भए यो क्षेत्रले पुरानै अवस्थामा फर्किन बिसौँ वर्ष संघर्ष गर्नुपर्ने नाटोजको विश्लेषण छ । लगभग शून्यको अवस्थामा पुगिसकेको पर्यटन क्षेत्रले बामे सर्नकै लागि पनि कम्तिमा दुई वर्ष लाग्ने उसको आकलन छ । 
 
नाटोजका अनुसार, २०२० का लागि यसअघि भएका ७० प्रतिशत बुकिंङ रद्द भइसकेका छन् । विश्वभरको परिस्थिति हेर्दा बाँकी ३० प्रतिशत बुकिंङ पनि सार्थक हुने लक्षण देखिएको छैन । यसबाट पर्यटन क्षेत्रमा लागेको अर्बौंको लगानीका साथै यस क्षेत्रमा कार्यरत हजारौ मजदुरको रोजगारी संकटमा परेको छ । देशको अर्थतन्त्रको मजबुतीमा मात्र नभई सामाजिक उत्थान र विकास निर्माणका क्षेत्रमा समेत उल्लेख्य योगदान पुर्याइरहेका पर्यटन व्यवसायी एकाएक धरासायी हुनु राज्यकै लागि चिन्ताजनक अवस्था हो । तर, यस्तो गम्भीर र संवेदनशील विषयमा राज्यले देखाइरहेको उदासीनताले देशकै आर्थिक मेरुदन्ड तोडिन सक्ने भन्दै नाटोजले त्यसतर्फ सचेत रहन सरकारलाई आग्रह गरेको छ । 
 
पर्यटन क्षेत्रलाई सबैभन्दा बढी ध्यान पुर्याउनुपर्ने विद्यमान परिस्थितिमा यो क्षेत्रलाई लिएर अर्थमन्त्रीबाट भएका हल्काफुल्का टिप्पणीलाई केटाकेटीपनको संज्ञा दिँदै नाटोजले यस्तो संवेदनशील विषयमाथिको सरकारको उपेक्षाले राज्यलाई नै राम्रो नगर्ने चेतावनी दिएको छ । अहिलेसम्म सरकारी तबरबाट यो क्षेत्रको समस्या सम्बोधनको प्रयाससम्म नहुनुले भोलिको स्थिति निकै भयावह हुने संकेत देखिएको नाटोजको विज्ञप्तिमा उल्लेख छ । 
 
भर्खरै प्रस्तुत नीति तथा कार्यक्रममा सरकारले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि ठोस योजना ल्याउन नसकेको टिप्पणी गर्दै नाटोजले बजेटमार्फत यो समस्याको ठोस रुपमा सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ । आगामी बजेटमा सम्पूर्ण पर्यटन व्यवसायी, श्रमिक र पर्यटन क्षेत्रमा कलम चलाउने पत्रकारको उत्थान र पेसाव्यवसायगत सुरक्षणका लागि विशेष योजना समेटिनुपर्ने भन्दै नाटोजले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएको छ । 
ूमुर्छाएको पर्यटन क्षेत्रलाई जगाएर तङ्ग्र्याउन सरकारले ठोस नीतिसहित तत्काल कदम चालोस्,विज्ञप्तिको अन्त्यमा नाटोजले भनेको छ,नत्र, अझै पनि सरकारका आँखा नखुल्ने हो भने पर्यटनसँगै सिंगो मुलुकको अर्थतन्त्र धरासायी हुने निश्चित छ ।


कोरोनाले टुरगाईडहरु समस्यामा परेको भन्दै सरकारसँग टुर्गानको ९ बुँदे माग

काठमाडौं, ३० बैशाख । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिट–१९) को कारणले धरासायी बनेको नेपालको पर्यटन व्यवसायसँगै यस क्षेत्रमा आवद्ध हजारौ टूरगाइड बेरोजगार बन्नु परेको भन्दै टुरिष्ट गाईड एसोसिएसन अफ नेपाल (टुगार्न) ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ९ बुँदे माग पेश गरेको छ । 
 
टुर्गानले बुझाईएको ९ बुँदे मागमा सरकारले यसअघि घोषणा गरे अनुरुप विभिन्न क्षेत्र एवं आयोजनाहरुमा (टूरगाइडको शिक्षा,क्षमता र दक्षता अनुसार) अन्तरिम रोजगारीको व्यवस्था गर्नुपर्न, टुर्गानको सिफारिसमा नेपाल सरकारबाट अनुमति प्राप्त टूरगाईडलाई बिना धितो न्यूनतम ब्याजदर (बढीमा ५ प्रतिशत) मा ५ वर्षको लागि न्यूनतम रु १० लाख रुपैयाँ कर्जा र १५ लाख रुपैयाँसम्मको बीमाको व्यवस्था गर्नुपर्ने छ । 
 
त्यस्तै, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान  (नाथम) ले प्रदान गर्ने नयाँ टुरगाईड तालिम आगामी ३ वर्षसम्म बन्द गर्नुपर्ने, टुरगाईडहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन अन्यौलता रहेकोले त्यसलाई सुनिश्चितता गर्नुपर्ने र आगामी कम्तीमा २ वर्ष देशभरि छरिएर रहेका पर्यटकीय गन्तव्यहरुको अध्ययन, अनुसन्धान कार्यमा टुर्गानका प्रतिनिधिहरुलाई पनि अनिवार्य सहभागि गराउनुपर्ने र कूटनीतिज्ञहरुको नेपाल भ्रमणको अवसरमा भ्रमण टोलीले विश्व सम्पदा सूचीकृत सम्पदाहरूको अवलोकनको क्रममा उचित पारिश्रमिक व्यवस्था सहित संस्थाको सिफारिसमा टुर गाईडलाई अनिवार्य सहभागी गराउनुपर्ने लगायत छन् । 
 
कोरोना संकटका कारण पर्यटक आगमन ठप्प हुँदा टूरगाईड र आश्रित परिवारको जीवन कठिन मोडमा पुगेकाले त्यसलाई सहज बनाउन सरकारले आफुहरुको मागलाई तत्काल सम्बोधन गर्नुपर्ने टुर्गानका अध्यक्ष केदार तामाङ्गले बताए ।


नुवाकोटको विभिन्न स्थानका लागि ४ पर्यटन व्यवसायीद्वारा माक्स सहयोग

काठमाडौं, २५ बैशाख । गन्तव्य नेपाल ग्रुपका अध्यक्ष एवं समाजसेवी शिव अधिकारीले बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरल संग जुध्न सहयोग पुर्याउने उदेश्यले नुवाकोटका विभिन्न ठाउँमा मास्क,स्यानीटाइजर, पिपिइ लगायतका स्वास्थ सामग्री प्रदान गर्ने क्रमलाई निरन्तरता दिइरहेका छन् । 
 
पछिल्लो समय एलायन्स ट्रेक्स एन्ड एक्सपिडिसनका कुल बहादुर गुरुङ, ट्राभल लाईटकि कमला गुरुङ,बि एन्ड बि होटेलकि बिन्दु गुरुङ , पलेटि भान्सा घर रेस्टुरेन्टका किसनराज गुरुङले एक हजार पिस माक्स उपलब्ध गराई अधिकारीको समाजिक सेवाको कार्यमा साथ दिएका छन् ।  माक्स हस्तान्तरण गर्दै उनीहरुले सामाजिक सेवाको कार्यमा अधिकारीसँग आगामी दिनमा पनि सहकार्य गर्ने बताए । 
 
अध्यक्ष अधिकारीले आफ्नो आग्रहलाई स्विकार गरि माक्स उपलब्ध गराएकोमा विशेष आभार प्रकट गरे । 
 
उनले नुवाकोटमा स्वास्थ सामग्री प्रदान गर्ने कार्य निरन्तर रहेको पनि जानकारी गराए । हालसम्म नुवाकोटका विभिन्न स्थानमा गरि कुल २१ हजार मास्क, ३७ थान पिपिइ एप्रोन सेट र ४ सय बढी स्यानिटाइजर बितरण गरिसकेका छ । 


अधिकारीलाई गाउँले पर्यटन –नेपालका अध्यक्ष पौडेलद्वारा पीपीई प्रदान

काठमाडौं, २३ बैशाख । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विभिन्न अभियान चलाईरहेका समाजसेवी शिव अधिकारी अबिरललाई गाउँले पर्यटन–नेपाल (भिलेज टुरिजम – नेपाल) का अध्यक्ष तेजेन्द्र शर्मा पौडेलले पनि मदत गरेका छन् । 
 
 
 
कोरोना संक्रमण रोकथामका लागि विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका पौडेललाई उपलब्ध सामग्रीमध्यबाट अधिकारीलाई २० थान पीपीई, एक सय पिस माक्स र १ सय पिस ग्लोब्स प्रदान गरेका हुन । अधिकारीले उक्त सामग्रीहरु नुवाकोटाको तारकेश्वर र मेघाङ क्षेत्रमा प्रदान गरिसकेका छन् । 
 
 
साथै उनले आफ्नो अभियानमा साथ दिने पौडेलप्रति आभार प्रकट गर्दै नुवाकोटका अन्य क्षेत्रहरुमा पनि आगामी दिनमा यस्ता सहयोगहरु जारी राख्ने प्रतिवद्धता जनाए । 
 
गाउँले पर्यटन–नेपालका प्रमुख संरक्षक पूर्वमन्त्री सुनिलबहादुर थापा हुन । 
 





सार्क राष्ट्र मिलेर कोरोना विरुद्ध लड्न मोदीको प्रस्ताव

काठमाडौं, ३० फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्ककको नेतृत्वमा कोरोना भाइरसको संक्रमणविरुद्ध एक भएर लड्न प्रस्ताव गरेका छन् ।
 
शुक्रबार ट्वीटरमार्फत उनले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० को नेतृत्वमा कोरोना भाइरसविरुद्ध लड्न बलियो रणनीति बनाएर अघि बढ्न आह्वान गरेका हुन् ।
 
उनले आफ्ना नागरिकलाई कोरोना भाइरसबाट जोगाउने विषयमा भिडियो कन्फरेन्समार्फत छलफल गर्न सकिने पनि बताएका छन् । मोदीले सार्क राष्ट्र सँगै कोरोना भाइरसविरुद्ध लडेर विश्वलाई नै उदाहरण देखाउन सक्ने पनि बताएका छन् 


नेपाल आउने पर्यकटलाई अप्रिल ३० सम्म भिसा बन्द

काठमाडौं, ३० फागुन । कोरोना भाइरस संक्रमणको त्रास बढेसँगै नेपाल र भारतबीच आउजाउका लागि केही निश्चित सीमा नाका मात्र सञ्चालन गरिने भएको छ ।  बिहीबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले व्यवस्थित भन्सारसहितका नाकाबाट मात्र स्वास्थ्य परीक्षण गरी आवागमन गराउन व्यवस्था मिलाउने निर्णय गरेको हो । 
 
त्यस्तै, सरकारले नेपालमा आउने सबै विदेशी र गैरआवासीय नेपालीसमेतलाई प्रवेश विन्दुमा दिइने अनअराइभल भिसा आउँदो शनिबार राति १२ बजेदेखि अप्रिल ३० सम्मका लागि बन्द गरेको छ।
 
यसका साथै नेपालबाट विदेशमा काम गर्न जानेलाई श्रम स्वीकृति बन्द गरिएको छ। समितिले अर्को सूचना नभएसम्म श्रम स्वीकृति दिन बन्द गरेको हो। विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई पनि अप्रिल ३० सम्म ‘नो अब्जेक्सन सर्टिफिकेट’ नदिने निर्णय भएको छ।


























भृकुटीमण्डपमा हुने दोस्रो आन्तरिक पर्यटन मेला २०२० (डीटीएम) को तयारी तिब्र

माघ १०, काठमाडौं । पहिला देश अनि बिदेश भन्ने मूल नाराका साथ गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले आयोजना गर्न लागेको दोस्रो आन्तरिक पर्यटन मेला(डोमेस्टीक टूरीजम मार्ट २०२० (डीटीएम) को तयारी भव्य रुपमा अगाडी बढेको छ । 

























































































































































































































































































पोखरामा ११ महिनामा २ लाख ८८ हजार विदेशी पर्यटक

असार २६, पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशमा आउने पर्यटकको तथ्याङ्क संकलन गरेको छ । पर्यटकीय सहर रहेको पोखरामा ११ महिनामा २ लाख ८८ हजार विदेशी पर्यटक आएका तथ्याङ्क प्रदेश सरकारकाले निकालेको छ । 


काठमाडौंको हाडीगाउँमा होमस्टे सञ्चालन हुने

असार २६, काठमाडौं । पौराणिक तथा ऐतिहासिक महत्व बोकेको हाडीगाउँमा काठमाडौं महानगरपालिले पहिलो होमस्टे सञ्चालन गर्ने तयारीमा लागेको छ ।




सगरमाथा आरोही ओमनी युवती नादिरा अल हार्थी सम्मानित

असार २५, काठमाडौँ । ओमनस्थित नेपाली दूतावासले सगरमाथा आरोहण गर्ने पहिलो ओमनी महिला नादिरा अल हार्थीलाई कदरपत्र दिई सम्मान गरेको छ ।


राजधानीमै पर्यटक बसपार्कको अभाव

असार २४, काठमाडौं । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेपनि मुलुकको राजधानी काठमाडौँमा भने अहिलेसम्म पर्यटकीय सवारी साधनका लागि छुट्टै बसपार्क बन्न सकेको छैन ।


हिमाल आरोहणमा प्रतिबन्ध लगाउने तयारी हल्ला मात्रै

असार २४, काठमाडौं । हिमाल आरोहणमा प्रतिबन्ध लगाउने तथा केही समयमा लागि रोक्ने भन्ने विषय हल्ला मात्रै रहेको पर्यटन विभागले जनाएको छ ।


पाटा नेपालको एक हप्ते ‘स्मार्ट प्राक्टिसेस फर म्यानेजिङग होटल’ तालिम सम्पन्न

असार २४, काठमाडौं । नेपाल पर्यटन बोर्ड, रेसिडेन्सी होटल एकेडेमी र बुद्धमाया गार्डेनको सहकार्यमा प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरलेले आयोजना गरेको एक हप्ते ‘स्मार्ट प्राक्टिसेस फर म्यानेजिङ्ग होटल’ तालिम सम्पन्न भएको छ ।


ठमेलमा इलेक्ट्रिसिटी आतङ्क

असार २३, काठमाडौं । पर्यटकीय मुख्य क्षेत्र ठमेलका अधिकाशं क्षेत्रमा छिनछिनको लोडसेडिङले व्यवसायीहरु आजित भएका छन् । छिनछिनमा बत्ती आउने जाने क्रमले गर्दा ठमेल क्षेत्रभित्र रहेका होटल, रेष्टुराँहरुमा भोल्टेजको समस्याले होटल तथा रेष्टुराँमा प्रयोग हुने साम्रगीहरुमा दिन प्रति दिन क्षति हुने क्रम बढ्दो छ ।


स्वीट्जरल्याण्डमा भिजिट नेपाल २०२० लाई सफल पार्न पर्यटन प्रवद्र्धन कार्यक्रम

असार २३, काठमाडौ । स्वीट्जरल्याण्डस्थित नेपाली दूतावासको आयोजना तथा एनआरएनएन र स्विस–नेपाली समाजको सहकार्यमा पर्यटन प्रवर्द्वन कार्यक्रम सम्पन्न भएको छ । सन् २०२० लाई ‘भिजिट नेपाल’ वर्ष घोषणा गरेसँगै स्वीट्जरल्याण्डमा पनि यस्तो अभियान सुरु गरेको हो ।


नेपालमै पहिलो पटक नेप्लिजइथ्निक्स फुड फेस्ट हुने

असार २३, काठमाडौं । ग्लोवल नेपलिज सेफ फेडेरेशनको आयोजनामा नेपालमै पहिलो पटक नेप्लिजइथ्निक्स फुड फेस्ट हुने भएको छ । असार २५ देखि २८ गतेसम्म हुने उक्त फेस्टमा नेपालको हिमालीखानाको बारेमा छफलसमेत हुने छ । त्यसको लागि आयोजकले इन्डिया सिकिमको हिमालयनखाना विशेषज्ञ डा. ज्योतिप्रकाश तामाङ आउने कार्यक्रम रहेको छ ।


अस्ट्रिच फार्म सञ्चालनपछि आन्तरिक पर्यटनको चहलपहल

असार २२, काठमाडौं । बैजनाथ गाउँपालिका–१ गाभरमा अस्ट्रिच फार्म सञ्चालनपछि सुनसान बस्ती चहलपहल बस्तीमा परिणत भएको छ । चहलपहलमात्र नभई यहाँ आउने पर्यटकको संख्या पनि बढेको गाउँलेहरुको भनाइ रहेको छ । 


टान निर्वाचन :ठाकुर प्रसाद सापकोटाद्धारा सचिबमा उमेद्धवारी घोषणा

असार २०, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को निर्वाचन नजिकिदै गर्दा बजारमा चुनाबी चहलपहल सुरु भएको छ । दुई बर्षे कार्यकाल सकिनै लाग्दा यही भदौ २० गते सेप्टेम्बर ६ तारिकका दिन निर्वाचन तय भएको हो । टानको नेतृत्वमा बिभिन्न व्यक्तिहरुले उमेद्धवारी घोषणा गरिरहँदा एसियाना ट्रेक एण्ड टुर्सका सञ्चालक ठाकुर प्रसाद सापकोटाले सचिब पदमा उमेद्धवारीको घोषणा गरेका छन ।


संयोजक सुरज वैद्यको प्रस्तावः सगरमाथा आरोहण रोक्ने हो कि ?

असार २०, काठमाडौं । सगरमाथा आरोहणमा भएको ट्राफिक जामलाई मध्यनजर गरी नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले एक सिजन विश्वको सर्बोच्च शिखर सगरमाथा आरोहण रोक्ने प्रस्ताव गरेका छन् ।


नाट्टाको एकदिने डिजिटल मार्केटिङ ट्रेनिङः पर्यटन क्षेत्रको विकासमा डिजिटल मार्केटिङमा जोड

असार २०, काठमाडौं । नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नाट्टाका सदस्य पर्यटन व्यवसायी एंव कार्यरत कर्मचारीहरुलाई आधुनिक प्रविधि तथा डिजिटल मार्केटिङ र यसको पछिल्लो ट्रेण्ड सम्बन्धि जानकारी दिने उद्देश्यले काठमाडौंमा एकदने डिजिटल मार्केटिङ ट्रेनिङ आयोजना गरेको छ । 
 


बोधराज भण्डारी सहित सात पर्यटन व्यवसायीले गरे नेकपामा अलग भएको घोषणा

काठमाडौं, २० असार । पर्यटन व्यवसायी बोधराज भण्डारी सहित ७ जनाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट अलग भएका छन् । हिजो एक विज्ञप्ती जारी गदैै भण्डारी सहित गोकर्ण पोख्रेल, शेखर बहादुर थापा, शिवभक्त घिमिरे, ठाकुर धरेल र गुप्त बहादुर भण्डारीले पार्टीबाट अलग भएको जानकारी गराएका हुन । 


सय पर्यटकीय गन्तव्यलाई ५० करोड बजेट

असार १९, काठमाडौं । चालु आर्थिक वर्ष २०७५÷७६ मा १ सय पर्यटकीय गन्तव्यले बजेट पाउने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आगामी वर्ष १ सय गन्तव्यमा पर्यटकीय पूर्वाधार निर्माण गर्न ५० करोड रुपैयाँ विनियोजन भएको छ । 


टुर्गानको दुईदिने क्षमता अभिमुखीकरण तालिम सम्पन्न

असार १९, काठमाडौं । टुरिष्ट गाइड एसोसियसन अफ नेपाल (टुर्गान) को आयोजना तथा नेपाल टुरिजम बोर्डको सहयोगमा भएको दुई दिने क्षमता अभिमुखीकरण तालिम आज बिहीबार सम्पन्न भएको छ । बुधबारदेखि भएको सो तालिम विशेष गरी नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी गरिएको थियो ।



पर्यटकको पर्खाइमा मुगुम गाउँ

असार १८, मुगु । प्रचारप्रसारको कमिले अझै पनि कति पर्यटकीय सम्भावना बोकेका गाउँहरु ओझेलमै छन् । यसैको एउटा ज्वलन्त उदाहरणको रुपमा मुगुम गाँउलाई लिन सकिन्छ । सदरमुकाम गमगढीबाट २ दिनको पैदल यात्रापछि मुगुम गाँउ पुगिन्छ। मुगुम कार्मारोङ गाउँपालिका–२ स्थित यो गाउँ पर्यटकीय सम्भावनाको दृष्टिले आकर्षण मानिन्छ । 




टानको आगामी अध्यक्षका लागि तेज गुरुङको दाबेदारी

काठमाडौं, १७ असार । ट्रेकिङ एजेन्सिज एसोसिएन अफ नेपाल (टान)को निर्वाचन आगामी भदौ २० गते हुदैछ । साधारण सभासँगै निर्वाचन मिति सार्वजनिक गरेपछि आगामी नेतृत्वका लागि आकांक्षीहरु बढ्न थालेका छन् ।
 
सोही क्रममा गणेश हिमालय पर्यटन विकास समितिका अध्यक्ष एवं नेपाल अल्टरनेटिभ ट्रेक्सका प्रबन्ध निर्देशक तेजबहादुर गुरुङले आगामी टानको नेतृत्वका लागि दाबेदारी प्रस्तुत गरेका छन् । टानलाई थप सशक्त बनाउन र व्यवसायीक समस्या हल गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । 
 
उनी विगत दुई दशक देखि पदयात्रा पर्यटनमा आवद्ध छन् । भरिया देखि मालिकसम्मको अनुभव बटुका उनले यसअघि सन् १०१५ देखि १७ सम्म टानको  प्रथम उपाध्यक्षको जिम्मेवारी समेत सम्हाली सकेका छन् ।
 
टान अहिले आर्थिक तथा अन्य सबै किसिमबाट जर्जर अवस्थामा रहेको भन्दै उनले त्यसबाट मुक्तिका लागि पनि नेतृत्वका लागि व्यवसायीक दबबा आएको उनले बताए । पदयात्रा व्यवसायीबीच कुडिएको मनलाई लिएर व्यवसायीक हितमा लगाउन पनि आफु नेतृत्वका लागि दाबेदार हुने उनको भनाई छ । 
 
ठमेल स्थित काठमाडौं गार्डेन होमका निर्देशक समेत रहेको गुरुङ अहिले पर्यटनमै विद्यावारिधी गर्दै छन् । यसबाहेक सामाजिक क्षेत्रमा पनि उनी निकै सक्रिय छन् ।     
 
 


अहिलेकै अवस्थामा नेपाल वायुसेवा निगमलाई पैसा दिन सकिन्न् ःप्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री  केपी शर्मा ओलीले अहिलेकै अवस्थामा नेपाल एयरलाइन्सलाई सरकारले ऋण वा लगानी स्वरूप एक रुपैयाँ  पनि दिन नसकिने बताएका छन्। नेपाल एयरलाइन्सको ६१ औं वार्षिकोत्सव समारोहमा उनले व्यवस्थापन सुधार नभएसम्म सरकारले एक रुपैयाँ  पनि नदिने प्रष्ट पारे।
 
पछिल्लो समय वाइड बडी जहाज किन्न लिएको ऋणको किस्ता तिर्न नसकेको एयरलाइन्सले सरकारसँग बजेट माग्दै आएको छ। जहाज छन् तर उडाउने पाइलट छैनन्। गन्तव्य छैन। कहाँ उडाउने टुंगो छैन। भद्रगोल व्यवस्थापन छ। यदि नसक्ने हो भने रणनीतिक साझेदार ल्याउन पर्‍यो। आफैं सक्ने भए छिटो गर्न पर्‍र्यो उनले भने । 
 
राष्ट्रिय ध्वजावाहक भएकाले सरकार काँध थाप्ने तर आँखा चिम्लेर पैसामात्र दिन्छ भन्ने भ्रममा नपर्न व्यवस्थापनलाई उनले सचेत गराएका छन्। नेपाल एयरलाइन्सको सफल सञ्चालनका लागि  सरकारले जुनसुकै हस्तक्षेप गर्ने उनको भनाइ छ।
 
पर्यटन  मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका ओलीले संस्थाले सधैं सरकारको मुख ताकेर नहुने बताए। नाम वायुसेवा भए पनि दान पून्यको काम नभएको भन्दै उनले एयरलाइन्स सञ्चालन भनेको स्वास्थ्य शिविर जस्तो नभएको उनले सम्झाए।














मिस टुरिजम–२०१९ को आवेदन खुल्ला

मिस टुरिजम–२०१९ को आवेदन असार ६ गते शुक्रवारवाट खुल्ला गरिएको छ । मिस टुरिजमको आयोजक संस्था प्वाईन्ट मिडिया प्रा।लि।ले पत्रकार सम्मेलनको आयोजना गरि यस वर्षको मिस टुरिजमको आवेदन खुल्ला भएको जनाएको छ ।








नाट्टा र हानको संयुक्त कार्यदलको बैठक सम्पन्न

काठमाडौं, २६ जेठ । नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) र होटल एसोसिएसन नेपाल (हान) का पूर्व अध्यक्ष परिषद्को संयुक्त बैठक सम्पन्न भएको छ । आज बसेको संयुक्त बैठकले पर्यटन क्षेत्रका समसामयिक विषयहरुमा समान धारणा बनाएर अघि बढ्ने निर्णय गरेको छ।  

यस बाहेक सरकारले नितिगत रुपमा पर्यटन क्षेत्रलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा मान्यता दिएपनि व्यवहारमा लागु नभएकोले त्यसका लागि पहल गर्ने । र नेपाल पर्यटन वोर्डमा पर्यटन क्षेत्रका वास्तविक पर्यटन व्यवसायीहरुको प्रतिनिधित्व गराउनुपर्ने तथा  वोर्डको पुर्नसंरचना गर्न विशेष पहल गर्ने निर्णय पनि गरेको छ। 

 बैठकमा नाट्टा र हानका पूर्व अध्यक्षहरुको सहभागिता रहेको थियो । त्यस्तै, बैठकले आगामी दिनमा पर्यटन क्षेत्रका नितिगत विषयवस्तुहरुमा सुधारका लागि नाट्टाका पूर्व अध्यक्ष परिषद्का संयोजक आरआर पाण्डे, नाट्टा अध्यक्ष सिएन पाण्डे र हान पूर्व अध्यक्ष परिषद्का संयोजक योगेन्द्र शाक्य र हान अध्यक्ष सिर्जना राणा सम्मिलित कार्यदल समेत गठन गरिएको छ। 





ठमेलको समग्र विकासका लागि पुनः अवसर दिनुस् : गिता गुरुङ

काठमाडौं, २५ जेठ । ठमेल पर्यटन विकास परिषद्को उपाध्यक्षको उम्मेदवार गिता गुरुङले व्यवस्थित ठमेल निर्माणका लागि आफ्नो समूहलाई मतदान गर्न आग्रह गरेकी छिन् । ठमेललाई व्यवस्थित बनाउने काममा आफु निरन्तर लागिरहेको भन्दै उनले यसपटक पुन सहयोगका लागि आग्रह गरेकी हुन । 
 
उनी आज हुने परिषद्को निर्वाचनका लागि प्रकाशनरसिंह राणा प्यानलबाट उपाध्यक्षको उम्मेदवार छिन् । 
परिषद्को सातघुम्ती उपसमितिको सभापति रहेकी उनले सातघुम्तीको विकासमा महत्वपूर्ण काम गरेको स्थानीय व्यवसायी एवं घरधनीहरु बताउछन् । लामो समय देखि थाति रहेको ढल पाइप फेर्ने देखि सडक मर्मत सम्ममा उनले ठुलो सहयोग पुर्याएको उनीहरुको भनाई छ । 
 
उनको पहलमा वडा कार्यालयसँगको सहकार्यमा २६ वर्षपछि सातघुम्ती क्षेत्रमा ढलको पाइप परिर्वतन गरिएको छ । त्यस्तै, मेलम्ची खानेपानी आयोजनासँग सहकार्य गरि ४ दिनमा पाइप विचक्ष्याउने काम भएको थियो । सडक विभाग, वडा कार्यालय र स्थानीयसँग सहकार्य गरी सडक पिचको काम गरेको उनले बताइन । घरधनीवाट र वडा कार्यालयबाट रकम संकलन गरि ठमलेकै उत्कृष्ठ निर्माण गरेको उनले बताइन । यी सबै काम सकेर अहिले उपसमितिको कोषमा ७ लाख रुपैयाँ बाँकी रहेको छ । ठमेलमा थप विकासको काम गर्ने आफ्नो योजना रहेको उनले बताइन । 
 
यसबाहेक उनले ठमेलको सडक बालबालिका व्यवस्थापनमा पनि काम गर्दै आएकी छिन् । ४५ भन्दा बढी सडक बालबालिकालाई प्रशिक्षण दिई रोजगारीको वातावरण समेत सृजना गरेकी छिन् । 
 
विगत ६ वर्ष देखि उनी परिषद्मा आवद्ध छिन् । ६ वर्ष अघि कार्यसमिति सदस्यमा भारी मतले विजयी भएकी यसअघि सचिव र वर्तमान कार्यसमितिको उपाध्यक्षमा भने निर्विरोध चयन भएकी हुन । 


ठमेल परिषद्को अध्यक्षमा प्रधान प्यानललाई मतदान गर्न वाम व्यवसायी संगठको आह्वान

काठमाडौं, २४ जेठ । तत्कालिन एमाले र माओवादी निकट व्यवसायीहरुको संगठन नेपाल पर्यटन व्यवसायी संगठन, नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन र पर्यटन व्यवसायी संगठनले ठमेल पर्यटन विकास परिषद्मा अर्जुनलाल प्रधान नेतृत्वको प्यानललाई मतदान गर्न आह्वान गरेको छ । 

परिषद्मा सर्वसम्मत अध्यक्ष चयनका लागि अधिकतम प्रयास गर्दा पनि सम्भव नभएकाले निर्वाचनमा जानु परेको भन्दै तीनै संगठनले यस्तो आह्वान गरेका हुन ।  नेपाल पर्यटन व्यवसायी संगठनका तर्पmबाट नवराज पाण्डे, राष्ट्रिय पर्यटन व्यवसायी संगठनका तर्फबाट पूर्णबहादुर कुँबर र पर्यटन व्यवसायी संगठनको तर्फबाट राजेन्द्रप्रसाद सापकोटाको संयुक्त कार्यदल बनाई सर्वसम्मत नेतृत्व चयनका लागि अधिकतम प्रयास गरिएको थियो । ठमेललाई अन्तर्राष्ट्यि पर्यटकीय गन्तव्य निर्माणका लागि प्रधान प्यानलको टिम सक्षम भएको उनीहरुको निष्कर्ष छ ।  

परिषद्को निर्वाचन भोली हँुदैछ । 








ठमेल परिषद्को निर्वाचनका लागि गुरुङ समुहको मनोनयन दर्ता

जेठ २२, काठमाडौं ।  यही जेठ २५ गते हुन गईरहेको ठमेल पर्यटन विकास परिषद् (टीटीडीसी) निर्वाचनमा नेतृत्वका लागि बर्तमान अध्यक्ष समिर गुरुङ समुहले मनोनयन दर्ता गरेका छन ।












टुरिजम म्यान अफ दि ईयर अवार्ड २०१९ मिङ्मा शेर्पालाई

जेठ १४, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको पर्यटन बिश्वका लागि अनुकरणिय रहेको बताएका छन । 

















कमल सापकोटाको संयोजकत्वमा टुरिजम म्यान अफ दी इयर–२०१९ अवार्ड कमिटी गठन

काठमाडौं । दशौं  ‘टुरिजम म्यान अफ दी इयर अवार्ड २०१९’ का लागि सफल पर्यटन व्यवसायी कमल सापकोटाको संयोजकत्वमा सात सदस्यीय छनोट कमिटी घोषणा गरिएको छ । गन्तव्य नेपाल गु्रपले प्रदान गर्दै आएको यो पर्यटन क्षेत्रमा महत्वपूर्ण अवार्डको रुपमा लिइन्छ ।










डिटीएम नेपाल चिनाउने महाअभियान, वैशाख १३ र १४ गते भृकुटीमण्डप सहभागी हुन अपिल

काठमाडौं, ११ बैशाख । डोमेस्टिक टुरिजम मार्ट (डीटीएम)को मिति नजिकिदै जाँदा पर्यटन बजार तात्तिएको छ । नेपाल ईभेन्ट म्यानेजमेन्टले यही बैशाख १३ र १४ गते (अप्रिल २६ र २७)का दिन आयोजना गर्न लागिएको डीटीएम २०१९ को चर्चा परिचर्चाले पर्यटन बजार तात्तिएको हो । 










डीटीएमलाई सफल बनाउन ठमेलमा पत्रकार भेटघाट, १०६ वटा स्टल बुकिङ

गन्तव्य नेपाल गु्रपअन्तर्गत रहेको गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले नयाँ वर्ष २०७६ को अवसर पारेर पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेको छ । 


आर्थिक संकटमा फसेपछि जेट एयरका सबै अन्तर्राष्ट्रिय उडान रद्ध

२९ चैत, काठमाडौं । लगातार आर्थिक संकटमा फसेपछि जेट एयरवेजले सबै अन्तर्राष्ट्रिय उडानहरु रद्द गरेको छ ।  
भारतीय मिडियाहरुका अनुसार यसका साथै जेट एयरवेजले अन्य १० विमानहरुलाई पनि सेवाबाट हटाएको छ । यसरी जेटले हालसम्म ७९ विमानहरुलाई सेवाबाट हटाइसकेको छ ।



टान कार्यसमिती भित्रको फुट छताछुल्ल, मंगलबार भएको भेलामा झडपको श्रृजना

चैत्र २७, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले पछिल्लो समय पदयात्रा क्षेत्रमा  देखिदै गएको तमाम समस्याको निकास खोज्न र आगामी रणनीति तय गर्न भन्दै मंगलबार दिउँसो २ बजे पर्यटन बोर्डमा बिशेष भेला आयोजना गर्यो ।




डोमेस्टीक टुरीजम मार्टप्रति व्यवसायीहरुको हौसलाले उत्साहित छौ :शिव अधिकारी ’अबिरल’

चैत्र २५, काठमाण्डौ । आन्तरीक पर्यटन मेला(डिटीएम)को तयारी अन्तीम चरणमा पुगेसँगै प्रचारप्रसार तिब्र पारिएको छ ।

 

 



ठमेल परिषद्ममा प्रधान र शर्माबिच कडा प्रतिस्पर्धा हुने

चैत २२, काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को साधारण सभासहितको निर्वाचन यहि जेष्ठ २५ गते हुने  घोषणापछि अध्यक्षको प्रत्यासीका रुपमा ठमेल पर्यटन बिकास परिषद्का बर्तमान महासचिव भवि शर्मा र बर्तमान कार्यसमिती सदस्य अर्जुनलाल प्रधानबिच राजनीतिक रंगका बिच नै कडा प्रतिष्पर्धा हुने संकेत देखिएको छ ।





नाटोजको शुभकामना, अप्रिल दोस्रो साता कल्पना सगरमाथा चढ्दै

चैत्र १९, काठमाण्डौ ।पर्वतारोही तथा राष्ट्रीय पर्यटन पत्रकार संघ (नाटोज) की कोषाध्यक्ष कल्पना महर्जन दोस्रो पटक सगरमाथाको आरोहणको तयारीमा जुटेकी छन ।
शिक्षामार्फत बालबिवाहको अन्त्य भन्ने मुल नाराका साथ यही अप्रिल दोस्रो साता काठमाण्डौ बाट ल्हासा हुँदै तिबेटको मोहडाबाट एकल आरोहण गर्न लागेकी हुन ।


डोमेस्टीक टुरिजम मार्टको कानुनी सल्लाहकारमा वरिष्ठ कानुनी अधिवक्ता हिरा रेग्मी मनोनीत

चैत १७, काठमाण्डौ । गन्तव्य नेपाल गु्रप अन्र्तगत रहेको गन्तब्य नेपाल ईभेन्ट म्यानेजमेन्टले २०७६ बैशाख १३ र १४ (अप्रिल २६ र २७) गते काठमाण्डौको भृकुटीमण्डप प्रदर्शनी हलसहितको चौरमा आयोजना गर्न गईरहेको डोमेस्टीक टुरिजम मार्ट (डिटीएम)का लागि वरिष्ठ कानुनी अधिवक्ता  हिरा रेग्मीलाई कानुनी सल्लाहकारमा मनोनित गरेको छ ।


अन्ततः ठमेल परिषद्ले निर्वाचन घोषणा गर्यो, परिषद् ध्वस्त बनाउन लागेका खेतालाहरु भागाभाग

चैत १७, काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को साधारण सभासहितको निर्वाचन यहि जेष्ठ २५ गते हुने भएको छ । आइतबार बसेको परिषद्को कार्यसमिति बैठकले निर्वाचन गर्ने निर्णय गरेको हो । 


डोमेस्टीक टुरिजम मार्टको एम्बेसडरमा न्यौपाने, सापकोटा, शेर्पा, धरेल, गुरुङ र श्रेष्ठ मनोनित

चैत्र १७, काठमाण्डौ । गन्तव्य नेपाल गु्रप अन्र्तगत रहेको गन्तब्य नेपाल ईभेन्ट म्यानेजमेन्टले २०७६ बैशाख १३ र १४ (अप्रिल २६ र २७) गते काठमाण्डौको भृकुटीमण्डप प्रदर्शनी हलसहितको


पर्यटक प्रहरी र बोर्डको अनुशिक्षण सम्पन्न, समृद्ध पर्यटनमा सरोकारवालाको जोड

 चैत्र १४, काठमाण्डौ । पर्यटक प्रहरी ईकाई कमिटी भृकुटीमण्डप र नेपाल पर्यटन बोर्डले संयुक्त रुपमा आयोजना गरेको पर्यटक, सार्वजनिक सवारी, रिक्सा चालक तथा पर्यटन सरोकारसँग सम्बन्धीत अनुशिक्षण प्रशिक्षण कार्यक्रम नेपाल पर्यटन बोर्डको प्राङ्गणमा सम्पन्न भएको छ ।


डोमेस्टीक टुरिजम मार्टको लागि ऋषि धमलाको संयोजकत्वमा १०१ मिडिया कमिटी गठन

बैशाख १३, काठमाण्डौ । गन्तव्य नेपाल गु्रप अन्र्तगत रहेको गन्तब्य नेपाल ईभेन्ट म्यानेजमेन्टले २०७६ बैशाख १३ र १४ (अप्रिल २६ र २७) गते काठमाण्डौको भृकुटीमण्डप प्रदर्शनी हलसहितको चौरमा आयोजना गर्न गईरहेको डोमेस्टीक टुरिजम मार्ट (डिटीएम)का लागि रिपोर्टर्स क्लव नेपालका केन्द्रीय अध्यक्ष ऋषि धमलाको संयोजकत्वमा १०१ जनाको मिडिया कमिटी गठन गरेको छ । 


डोमेस्टीक टुरिजम मार्टको ब्राण्ड एम्बेसडरमा सुरेश बस्नेत मनोनित

बैशाख १३, काठमाण्डौ । गन्तव्य नेपाल गु्रप अन्र्तगत रहेको गन्तब्य नेपाल ईभेन्ट म्यानेजमेन्टले २०७६ बैशाख १३ र १४ (अप्रिल २६ र २७) गते काठमाण्डौको भृकुटीमण्डप प्रदर्शनी हलसहितको चौरमा आयोजना गर्न गईरहेको डोमेस्टीक टुरिजम मार्ट (डिटीएम)का लागि नेपलिज वल्र्डवाईड सेफ्स एसोसिएसनका उपाध्यक्ष एसिया तथा नेपलिज फुड गुरुलाइ डिटीएमको ब्राण्ड एम्बेसडरमा मनोनित गरेको छ ।


काठमाण्डौ विश्वका उत्कृष्ट गन्तव्यको १९औं नम्बरमा

१३ चैत, काठमाडौं । सन् २०१९ मा घुम्नैपर्ने विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यको सूचीमा काठमाडौं १९औँ स्थानमा परेको छ ।

 

 

 


डोमेस्टीक टुरिजम मार्टको प्रचारप्रसार तिब्र, चैत्र मसान्तसम्म बुकिङ खुल्ला

 

चैत्र १२, काठमाण्डौ । गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले यही बैशाख १३ र १४ गते आयोजना गर्न लागेको डोमेस्टीक टुरिजम मार्ट (डिटिएम)को  तयारी अन्तीम चरणमा पुगेको छ ।

 

 

 

 


पर्यटन यातायात स्वरोजगार मञ्चको साधरणसभा चैत्र २३ मा

चैत्र १२, काठमाण्डौ । पर्यटन यातायात स्वरोजगार मञ्चले यही चैत्र २३ गते साधारणसभा गर्ने भएको छ ।

गैरीधारामा हुने कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख प्रमुखबाट सदस्यहरुलाई परिचयपत्र र पोशाक बितरण गरिने मञ्च अध्यक्ष रामप्रसाद मैनालीले जानकारी दिए ।


ठमेल परिषदमा सर्बसम्मत नेतृत्व नटुंगीए नेतृत्व लिन तयार छु :रामचन्द्र गिरी (बिल्ला)

चैत्र ९, काठमाण्डौ । ठमेल पर्यटन बिकास परिषद्का कार्यसमिती तथा जुझारु सदस्य रामचन्द्र गिरीले परिषद् नेतृत्वका लागि आफ्नो उमेद्धवारी रहने खुलासा गरेका छन । सर्बसम्मत भएमा समिरको नेतृत्व मान्न सकिने भन्दै निर्वाचन हुने अवस्थामा आफु नेतृत्वका लागि तयार भएको बताएका हुन ।
गन्तव्य नेपालसंग कुरा गर्दै गिरीले सभ्य र सुसंस्कृत ठमलेको लागि आफ्नो उमेद्धवारी रहने बताए ।  गिरी एक दशक यता ठमेल पर्यटन क्षेत्रमा सक्रिय व्यक्तित्व हुन ।


सगरमाथाको काखमा सडक, खुम्बुको पर्यटनमा सडकमार्ग

८ चैत्र, सोलुखुम्बु । चालू आर्थिक वर्षमा जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिकामा सडक पुग्ने भएको छ । गाउँपालिकाको वडा नं १ बुक्सासम्म चालू आवमा सडक पु–याउने गाउँपालिकाले जनाएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये हालसम्म सडक सञ्जालले नजोडिएको एक मात्र गाउँपालिका खुम्बुपासाङल्हामु यस वर्षदेखि सडकमा जोडिँदै छ ।


पर्यटकको मुख्य आकर्षण केन्द्र पुरन्धरा झरना

५ चैत्र, दाङ । बबई गाउँपालिका पाँचमा पर्ने झरना यतिखेर पर्यटकको मुख्य आकर्षण केन्द्र बन्न पुगेको छ। तीनतिरबाट वनजंगलले घेरेको पश्चिमतर्फ भने कलकल बग्ने बबई नदी र त्यही नदीको करीब १० मिटर टाढा पूर्वतर्फ रहेको प्राकृतिक पुरन्धरा झरना छ। ४५ मिटर उचाइको सो झरनाबाट पानी तल खस्ने गरेको मनमोहक दृश्यले त्यहाँ पुग्ने सबैलाई नै लोभ्याउने गरेको छ। झरनाबाट खसेको पानी पोखरीजस्तै आकारमा जम्मा हुन्छ। त्यहीँबाट विस्तारै बबई नदीमा गई मिसिने गर्दछ। झरनाको अवलोकन गर्न आउने त्यहीँ पानी खस्ने ठाउँमा पौडी खेल्ने पनि गरेका छन्। अहिले झरनाको अवलोकन, घुमघाम गर्ने र त्यस क्षेत्रमा वनभोज खानका लागि दैनिक ३०० देखि ४०० संख्यममा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको झरनाका कर्मचारी कुलबहादुर बुढाले बताए।


ओझेलमा परेका पर्यटकीय क्षेत्र चिनाउन भिडियो प्रतियोगिता

३ चैत्र, भैरहवा । ‘जब चिनिनेछ तपाईको गाउँ ठाउँ, तब खुल्नेछ तपाईको आफ्नो पहिचान’ नारासहित मुलुकभित्र ओझेलमा परेको तथा नयाँ पर्यटकीय गन्तव्यलाई प्रवर्द्धनको उद्देश्यले भिडियो प्रतियोगिता हुन लागेको छ।


कालिञ्चोक कन्ट्री भिल्ला रिर्सोट पर्यटकलाई लोभ्याउँदै

दोलखा । नजिकिदो नयाँ बर्ष साथै घमाईलो दिनहरु नजिकिदै गर्दा आजभोली आन्तरीक तथा बाह्य पर्यटकहरुका लागि कालिञ्चोक आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ । बिभिन्न ट्राभल कम्पनी तथा होटलहरुले पर्यटक लक्षित बिभिन्न प्याकेजहरु सञ्चालन गर्दै आएका छन ।

कालिञ्चोक क्षेत्रको रोमाञ्चक यात्रामा यहाँहरुको बसाईलाई सहज बनाउन लागिपरेको छ, ‘ कालिञ्चोक कन्ट्री भिल्ला रिर्सोट’ ।


समिरको अहंकार अधोगति उन्मुख :पदाधिकारी भन्छन, दुईतिहाईको बलमा मिल्काईदिन्छौ

ठमेल पर्यटन विकास परिषद्को अध्यक्ष समिर गुरुङले अबैधानिक रुपमा सत्तामोहमा टिकिरहन व्यवसायीहरुलाई धम्की दिन थालेका छन । २ बर्षे कार्यकाल समाप्त भएको २ महिना नाघिसक्दा पनि निर्वाचन घोषणा गर्न नसकेको भन्दै सदस्यहरुले साधारणसभा बोलाउन आग्रह गर्दा वेवास्ता गर्दै सदस्यहरुलाई धम्की दिन थालेका हुन ।


सोमबारदेखि पोखरामा दर्ता तथा नवीकरण हुन अटेरी गरेका प्याराग्लाइडिङ कम्पनी बन्द

४ चैत्र, पोखरा । दर्ता तथा नवीकरण हुन अटेरी गरेका प्याराग्लाइडिङ कम्पनीलाई पोखरा महानगरपालिकाले सोमबारदेखि उडानमा रोक लगाएको छ । सोमबारसम्म महानगरमा दर्ता नभएका गोल्डेन हेभन प्याराग्लाइडिङ र एड्भान्स प्याराग्लाइडिङलाई रोक लगाइएको हो ।


मलेसियाको पर्यटन मेलामा नेपाली स्टलमा खचाखच आगन्तुक

४ चैत्र, काठमाडौं । मलेसियाको राजधानी क्वालालम्पुरमा भएको  ‘मलेसिया एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेण्ट’ माट्टा पर्यटन मेलामा नेपालले सफल सहभागिता जनाएको छ ।


प्रथम ‘निग्रोधराम उत्सव’ को आयोजना गरिदै

३ चैत्र, कपिलवस्तु । कपिलवस्तु नगरपालिका वडा नम्बर २ मा आयोजना हुन लागेको प्रथम निग्रोधराम उत्सवको भव्य रुपमा मनाइने आयोजकले जनाएका छन् । बुद्धले बुद्धत्व प्राप्त गरेपछि आज भन्दा करिब २६२७ बर्ष अघि आफ्ना परिवारका सदस्यलाई निग्रोधराममा भेटन गौतम बुद्ध प्रश्थान गरेको स्मरणमा उत्सव मनाउन थालिएको हो ।


पर्यटकीय स्थलहरुमा टुरगाइड लाइसेन्स चेकिङमा तीव्रता

३ चैत्र, काठमाडौं । टुरिष्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान) र पर्यटक प्रहरीको सहकार्यमा अवैधानिक गाइडहरुलाई निरुत्साहित गर्नको निम्ति आक्रमक ढंगले लाइसेन्स चेकिङ कार्यलाई अगाडि बढाएको छ ।


सम्झौता सकिएको ८ महिना बित्दा पनि विमानस्थल कालोपत्रे भएन

३ चैत्र, बैतडी। यही चैतभित्र बैतडीको पाटन विमानस्थलको कालोपत्रे गरी सक्ने भनिए पनि अझै कार्य शुरु भएको छैन् ।


पर्यटन प्रवर्द्धनका लागि लुुम्बिनी भ्रमण वर्ष, सवा ४ करोड खर्च हुने

३ चैत्र, रुपन्देही । प्रदेश ५ को सरकारले २०७६ लाई लुम्बिनी भ्रमण वर्षका रुपमा मनाउने तयारी थालेको छ । सिद्धार्थ राजकुमारको जन्ममूमि लुम्बिनी र आसपासका धार्मिक, पर्यटकीय, पुरातात्त्विक र ऐतिहासिक महत्त्वका स्थानहरुको पहिचान, संरक्षण, सम्बर्द्धन तथा व्यवस्थापनमा टेवा पुर्याउन प्रदेश सरकारले आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गरेको होे । मन्त्रिपरिषद्ले कार्यक्रम स्वीकृत गरेसँगै भ्रमण वर्षको तयारी सुरु गरिएको हो ।


ठमेल परिषद् नेतृत्व गुरुङ संकटमा :निर्वाचन या बहिगर्मन निश्चीत

ठमेल पर्यटन विकास परिषद्को वर्तमान नेतृतवको कार्यअवधी समाप्त भईसकेको अवस्थामा पनि निर्वाचन घोषणा नगरेको भन्दै सदस्यहरुले परिषद्मा हस्ताक्षर संकलन बुझाएका छन ।
 आज ठमेल पर्यटन परिषद् कार्यलयमा पुगेर सदस्यहरुले ७ दिनभित्र निर्वाचन घोषणा गर्न माग गर्दै ५२५ भन्दा बढि सदस्यहरुको हस्ताक्षर बुझाएका हुन ।


चितवन राष्ट्रिय निकुञ्जमा विशेष सुरक्षा अभियान

१ चैत्र, चितवन । चितवन राष्ट्रिय निकुञ्जले सम्पूर्ण क्षेत्रमा पुग्ने गरी (स्वीप अप्रेशन) विशेष अभियान सञ्चालन गरेको छ । वर्षात् सकिएपछि निकुञ्जभित्र झाडी पातलो हुँदै जाँदा तस्करको पहुँच वन्यजन्तुसम्म पुग्न सक्ने भन्दै निकुञ्ज कर्मचारी र नेपाली सेनाले विशेष अभियान सुरु गरेका हुन् ।


धुलिखेलमा ‘सुपरम्यान फ्लाइङ’

२९ फागुन, धुलिखेल । प्याराग्लाइडिङ, बञ्जीजम्प जस्तै साहसिक खेल ‘जिप लाइन’को मजा लिन अब उपत्यकावासीका लागि धेरै टाढा धाउन नपर्ने भएको छ ।


एक दिने घरवास अभिमुखीकरण तालिम सम्पन्न

२८ फागुन, सिन्धुपाल्चोक । गुरुङ पर्यटन व्यवसायी संघ, नेपालको आयोजनामा मेलम्चीको हैबुङमा एक दिने घरवास सम्बन्धि अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।


टान चरम आर्थिक संकटमा फस्दै जानुमा मुख्य दोषि को ?

मागेर भोजभतेर गर्नेले फूर्ति गर्न मिल्दैन

मागीमागी छोराको बिहे गर्दा जुन खालको परिस्थितिको सामना गर्नुपर्छ, ठीक यही ढंगको समस्या टानले वर्तमानमा बेहोरिरहेको छ । टानको क्रियाकलाप हेर्दा व्यवसायीको उत्थानभन्दा पनि एनजियो शैलीमा प्रचारमुखी र उत्तेजनामा टान नेतृत्व अगाडि बढिरहेको छ । अन्धाधुन्ध कार्यक्रम आयोजना गर्दै संस्थालाई आर्थिक घाटा लगाएर व्ययभार बढाउनु भएन । कुहिरोमा हराएको कागजस्तै टानले आफ्नो लक्ष्य र दिशा पहिचान गर्न नसक्दा ठूलो आर्थिक ऋणमा फस्न गएको अवस्था हो ।

वर्तमानमा व्यावसायिक संस्थाको बीचमा टानको गरिमा भन्दा बेइज्जत भएको छ । व्यवसायीको पीरमर्का र भावनालाई आत्मसाथ नगर्ने र कार्यसमितीभित्र छलफल नै नगर्ने प्रबृत्तिकै कारण आर्थिक भार थपिन गएको कुरामा शंका छैन । संस्थाको सफलतामा कार्यसमितिकै महत्वपूर्ण भूमिका हुने भएपनि टान नेतृत्वले यसलाई गम्भिरताका साथ नलिने र बेलाबखत कार्यसमितिभित्रको विरोध शान्त पार्न आंशिक बजेट परिचालन गर्ने स्थितिकै कारण ऋणको बोझ थपिदै गएको हो ।
उत्तेजनाकै स्वरुपमा केही दिनअघि सम्पन्न टान साधारणसभामा रु ३९ करोडको बजेट टिम्सबापतको रकम भन्दै पर्यटन बोर्डबाट ल्याउने घोषणा भयो । रकम आउनु त सकारात्मक कुरा हो । यद्यपि लेखासमितिले पर्यटन बोर्डलाई टानको आर्थिक हैसियत पारदर्शी नभएको भन्दै कुनै पनि कारोबार नगर्नु भनेको स्थितिमा टिम्सबापतको रकम तत्काल टानले प्राप्त गर्ने स्थीति देख्दिन ।
उत्तेजक योजना होइन, व्यावहारिक हुन सक्नुपर्यो । टान कर्मचारीलाई समयमा तलब खुवाउन नसक्नेले भारी उपदानको चर्चा छाड्नुपर्यो । ट्रेकिङ आफैँमा जोखिमको क्षेत्र हो , पर्वतीय पर्यटन यात्राका दौरान फेरी पनि हुदहुद आँधीजस्ता समस्या सामना गर्नु नपर्ला भन्ने हुँदैन, यस्तोमा वर्तमानको टानको छविले उद्धार तथा राहतको स्थिति सबल हुने सम्भावना एकदमै कम छ । सहयोगी संस्थाको सहयोग नरहन सक्छ । यसर्थ यस किसिमको जोखिमको पूर्व तयारीका लागि टान नेतृत्वले सामूहिक छलफल गरेर नयाँ भिजनका साथ प्रस्तुत हुनुपर्छ । टानको ऋण तिर्न हामी सक्षम छौ । टानको हालत सधँै यही अवस्थामा रहन रहने छैन, अप्ठेरोलाई समाधान गरेरै छाड्छौँ ।

छेटुप तामाङ, प्रबन्ध निर्देशक –अल्टिच्यूट र्यान्डम ट्रेकिङ

यस्तो छ, पर्यटन व्यावसायीको दसैँ शैली

दसैँ मान्न यसपालि गृह जिल्ला धादिङ जाने तयारीमा छु ।   सप्तमीका दिन धादिङ घर पुग्ने कार्यक्रम छ । भूकम्पपछि पुर्ननिर्माण भएको पुर्खौली घरमा परिवारका सदस्यहरुमाझ यस वर्षको दसैँ मनाउने हाम्रो तयारी छ । तीन दाजुभाइमध्ये एक जना विदेशमा हुनुहुन्छ, हामी दुईजना दाजुभाइ, बुबा आमा र परिवारका अन्य सदस्य तथा छोराछोरी र भतिजभतिजीहरु सबै भेला हुँदा साँच्चै रमाइलो अनुभुति हुन्छ । परिवारको संख्या ठूलो भएको र परिवारमा सबैजसो मांसाहारी सदस्यहरु रहेकाले सदा झैँ यस वर्ष पनि ठूलो खसी काट्छौँ । मान्यजनको आर्शिवाद लिने र आफूभन्दा सानालाई टिका लगाइदिने, खानपिनमा परिवारका सदस्यहरुसँगै सहभागी हुन्छौँ ।

सानो छँदा गाँउमा रोटे पिङको चलन थियो । यद्यपि अहिले केही हराएजस्तो भएपनि केटाकेटीहरु त्यसमै झुम्मिएको देख्दा मन फुरङ्ग हुन्छ । दसैँ मान्न गाउँ जाने भएकाले यसपालि पर्यटकहरुलाई टिका लगाउने काम भने हुँदैन । सबै साथीहरुलाई बडादशैको शुभकामना भन्न चाहन्छु ।

 

राजेन्द्र सापकोटा, प्रबन्ध निर्देशक -मोजाइक एड्भेन्चर ट्रेकिङ

पर्यटनमन्त्रीलाई व्यवसायीको सुझाव ?

विदेशी एयरलाइन्सको अनुगमन आवश्यक

– आन्तरिक भ्रमण बर्ष २०७३ लाई सफल पार्न पर्यटन मन्त्रालयले तदारुकता देखाउन जरुरी छ ।
– विदेशी एयरलाईन्सको अनुगमन गर्नु जरुरी छ । सम्बन्धित एयरलाइन्सको जिडिएस सिस्टम सबैले नपाउने अवस्था छ, यसलाई सन्तुलित गर्नुप¥यो ।
– पर्यटन बोर्डमा कर्मचारीको संख्या बृद्धि गरिनु नितान्त आवश्यक छ । आवश्यक कर्मचारी अभावमा व्यवसायीको काम समयमै नभएको प्रति पर्यटन मन्त्रालयको ध्यान जाओस् । यसका साथै पुर्व मेची देखी पश्चिम महाकालीसम्मका पर्यटकीय संभावना बोकेका क्षेत्रलाई उजागर गर्न जरुरी छ ।

 

यम बहादुर खड्का, अध्यक्ष –सोसाइटी अफ ट्राभल एण्ड टुर्स अपरेटर्स

घुमफिर तथा आन्तरिक भ्रमण वर्ष २०७३ बारे के भन्छन् व्यवसायी ?

प्रचारप्रसारमा कञ्जुस्याई गर्नुहुँदैन

सरकारले कुनै योजना विना नै घुमफिर तथा आन्तरिक भ्रमण वर्ष २०७३ घोषणा ग¥यो । त्यस कारणले पर्यटन व्यवसायी र सरोकारवाला निकायहरु अन्योलमा परेका छन् । घोषणा गरेको जानकारी आम जनमानसमा राम्रोसँग नपुग्दा घोषणा भएको यत्तिका समय वितिसक्दा पनि त्यसको प्रभावकारिता देखिएको छैन । यस अवसरमा देशभित्रका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गरेर टूर प्याकेजको घोषणा गर्नुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा प्रचारप्रसार गर्न कञ्जस्याई गर्नु हुदैन ।

ऋषि प्रसाद नेपाल, प्रबन्ध निर्देशक -इन्काउन्टर्स नेपाल डट कम प्रालि

पर्यटन विकास गर्ने सरकारी योजना तपाईलाई कस्तो लाग्यो ?

उत्साहित बनाउने कुरै छैन 

समग्रमा सरकारले आर्थिक वर्ष २०७३÷०७४का लागि ल्याएको नीति तथा कार्यक्रम राम्रो छ । पढ्दा र सुन्दा त लाग्छ नेपाल विकासको गतिमा कहाँ पुगेछ, तर विडम्बना हेर्नुहोला सरकारले ल्याएको यो कार्यक्रम कार्यन्वयन नै हुँदैन । यसले गर्दा मलाई  यो नीति तथा कार्यक्रम आएकोमा खासै उत्साह छैन ।

योजना बनाउनु राम्रो हो । त्यसलाई कार्यन्वयन गर्ने दृढता पनि देखाउनुपर्छ । जस्तो उदाहरणका लागि सरकारले २०१८ लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने घोषणा गरेको छ तर त्यसका लागि आवश्यक पूर्वाधार निर्माणका विषयमा ध्याए दिए जस्तो मलाई लाग्दैन । ०१८ मा होइन ०१९ मा मनाऊ तर त्यसका लागि आवश्यक पूर्वाधारको विकास गरेर । अहिले सबै खालका पर्यटकीय गतिविधिहरु डामाडोल छन् । त्यसले यस्तो परिस्थितिबाट कसरी उकास्ने भन्ने तर्फ हामीले सोच्नुपथ्र्यो । हाम्रो कार्यक्रम र योजनाहरु त्यसतर्फ केन्द्रित हुनुपथ्र्यो ।  महत्वकांक्षी योजनामात्र बनाएर हुँदैन । अहिले हेर्नुुुस् आएका पर्यटकलाई त राम्रो सेवा दिन सकेका छैनौं उनीहरुलाई सुरक्षित महशुस गराउन सकेका छैनौं भने टाउको गनेर मात्र के हुन्छ । त्यसकारण पर्यटक विकास गर्ने हो भने धेरै महत्वकांक्षी योजना मात्र बुन्ने होइन, पाहुनालाई बोलाएर कसरी राम्रो सत्कार गर्ने भन्नेतर्फ पनि सोच्नुपर्छ ।  

एकराज अधिकारी, (सचिव –रेष्टुरेन्ट एन्ड बार एसोसिएशन)

वैशाख १२ लाई कसरी लिएका छन् पर्यटन व्यवसायीले ?

अन्तर्राष्ट्रिय संचारमाध्यलाई नेपाल झिकाउ

    बैशाख १२ को भूकम्पले हामीलाई  विनाश गर्‍यो र त्यहीअनुसार हामीले पुर्ननिर्माणको काम पनि थालनी गर्‍यौ । त्यसकारण यो दिनलाई  हामीले विनाशपछिको विकासको रुपमा मनाउनुपर्छ । जसले गर्दा बैशाख १२ को सन्देश नेपाल सुरक्षित छ र विकासको गतिमा अगाडि बढ्दैछ भन्ने पनि हो ।  
    अहिले भूकम्पपछि नेपालको पर्यटन क्षेत्री केही रुपमा खस्किएको छ । जसलाई माथि उठाउनु पनि आजको आवश्यकता हो । त्यसकारण पर्यटन प्रवद्र्धनका लागि सबै भन्दा महत्वपूर्ण कुरा भनेको प्रचार प्रसारनै हो । नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाह गनुपर्छ । जसका लागि नेपालका साथसाथै अन्तराष्ट्रिय संचारमाध्यमलाईसमेत नेपाल ल्याएर नेपालको बारेमा अन्तर्राष्ट्रिय जगतमा नयाँ सन्देश प्रवाह गर्नुपर्छ । नेपालबारे समाचार संकलनका लागि सरकारले बीबीसी, सीएनएन जस्ता संचार माध्यमका प्रतिनिधिलाई नेपाल बोलाई दियोस् हामी व्यवसायीले उनीहरुलाई भ्रमण र अन्य व्यवस्थापनको जिम्मा लिन तयार छौ । अर्को कुरा बैशाख १२ गतेको दिन हामीले यो एक वर्षमा पुनः निर्माण गरेको एउटा स्थानमा विशेष कार्यक्रमको आयोजना गरि पुनःनिर्माणमा हामीले गरेको कामको उदाहरण सबैमाझ प्रस्ततु गर्नुपर्छ । जसले गर्दा अन्तर्राष्ट्रिय साथ र सहयोग सदैव रहिरहोस् ।

मोहन लम्साल, प्रबन्धनिर्देशक –मकालु एड्भेञ्चर

नेपाल पर्यटन बोर्डका नवनियुक्त सिइओलाई व्यवसायीहरुको सुझावः

सम्झौता कार्यान्वयन गर्नुस्  

चार वर्षपछि नेपाल पर्यटन बोर्डले सीईओ पाएको छ । पर्यटनका लागि यो पक्कै पनि खुसीको कुरा हो । मुलुकको पर्यटन क्षेत्र गम्भिर मोडमा पुगेको बेला बोर्डले नेतृत्व पाउनुले आशाको सञ्चार गरेको छ । 

पर्यटन बोर्ड आफैँ ‘प्यारालाईज्ड’ भएको छ, राम्रोसँग कार्यसम्पादन भइरहेको छैन । विगतको कुराहरुबाट पाठ सिकेर बोर्डले अब आफ्ना गतिविधिहरु दु्रतगतिमा अगाडि बढाउनुपर्छ । नयाँ नेतृत्व आएपछि बोर्डको संरचनागत सुधार होला भन्ने अपेक्षा छ । विगतमा पर्यटन बोर्ड र टानबीच पदयात्री सूचना व्यवस्थापनलगायत ‘इस्यू’हरुमा विभिन्न सम्झौताहरु भएका थिए । अब बोर्डले ध्यान दिनु जरुरी छ । पहिले आधिकारीक व्यक्ति नहुँदा समस्या थियो । अब त्यो अवस्था छैन । 
समस्याहरु समाधान होलान्, अब ती सम्झौताहरु कार्यान्वयन होलान् भन्ने आशा छ । निजी क्षेत्र र बोर्डको सम्बन्ध पनि अब सुमधुर होला भन्ने हाम्रो अपेक्षा छ । अन्तर्राष्ट्रिय प्रवद्र्वनका कामले पनि गति पाउलान् । 

कर्ण लामा, महासचिव -ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)

पर्यटन क्षेत्रमा उत्पन्न समस्या र अबको बाटो ?

विकल्प खोजेर समस्या समाधान गर्नुपर्छ

नाकाबन्दीका कारण अहिले इन्धनलगायत अन्य अत्यावश्यक बस्तुको चरम अभाव छ । जसकारण देशका हर क्षेत्र प्रभावित भएको छ । यसको प्रभाव पर्यटन क्षेत्रमा अझ गम्भिर रुपमा परेको छ । अहिले नेपाल भ्रमणमा रहेका पर्यटकहरुले आफ्नो भ्रमण छोट्याएर स्वदेश फर्किएका छन् भने नेपाल आउने तरखरमा रहेकाहरु पनि भ्रमण रद्ध गरेर बसेका छन् । 


पर्यटन जस्तो निकै संवेदनशिल र निकै महत्वपूर्ण यो क्षेत्रलाई यस्तो अभावका बेला राज्यले विशेष क्षेत्र तोकेर केही सहयोग गर्नुपथ्र्यो तर त्यो भएको छैन । भूकम्पपछि केही खस्किएको पर्यटनलाई माथि उकास्न हामीले नेपाल सुरक्षित छ भन्ने सन्देश दिन स्वदेश तथा विदेशमा प्रचारप्रसार पनि ग¥यौ । त्यसपछि हामीलाई केही आशा पनि पलाएको थियो तर अहिले विदेशीलाई नेपाल आउ भनेर भन्ने अवस्था समेत छैन । तथापी नाकाबन्दीको समस्या समाधानका लागि सरकारले तत्काल वार्ता र छलफलको बाटो अलम्बन गर्नुपर्छ । 

कमल सापकोटा प्रबन्ध निर्देशक : माउन्टेन डिलाइट्स ट्रेक्किङ

आगामी टान निर्वाचन बारेमा यसो भन्छन् व्यवसायी

टानमा शंका गर्नुपर्ने अवस्था देखिएको छ

टानले अहिले जे गरिरहेको छ, यो जिम्मेवारीपूर्ण कुरा भएन । आफ्नो मार्गबाट टान च्यूत भएको अवस्था देखिएको छ । विगतको अभ्यासअनुसार सेप्टेम्रबमै चुनाव सम्पन्न गर्नपर्ने हो । तर, यसका लागि तयारीका हिसावले शून्य देखिएको छ । अन्तिम घडीसम्म पनि निर्वाचनका लागि मिति घोषणा नगर्नुले टानमा शंका गर्नुपर्ने अवस्था देखिएको छ । 
टानको खर्च गर्ने प्रणाली पनि गलत छ । आफुलाई मन लागेको शिर्षक र क्षेत्रमा बजेट लैजाने, खर्च गर्ने परिपाटी छ । शिर्षस्त नेतृत्व र कार्यप्रणालीमा थुप्रै समस्याहरु देखिन्छ । 
हालसम्म निर्वाचनका लागि मिति तय गरिएको छैन् । अहिलेसम्म मिति घोषणा नगर्नुले सेप्टेम्बरमा चुनाव हुने सम्भावना टेरेको छ । अव डिसेम्बर वा यसको आसपासमा चुनाव होला । सेप्टेम्बरमै चुनाव गर्नका लागि हामी सचेत व्यवसायीहरु एक भएर नेतृत्वलाई दवाव दिनु जरुरी छ । 

 

शेखर बहादुर थापा, प्रबन्धनिर्देशक -अलपाईन एसियन ट्रेक्स एण्ड एक्स्पेडिसन

पर्यटनमा बजे‌ट ?

बजे‌टले‌ खासै‌ उत्साह दिन सके‌न आर्थिक वर्ष २०७२०७३ को‌ बजे‌टमा सर‌कार‌ले‌ पर्यटन क्षे‌त्रको‌ प्रवद्र्धन र‌ विकासका लागि खासै‌ उत्साहजनक रुपमा कार्यक्रम र‌ बजे‌ट छुट्याएको‌ दे‌खिँदै‌न । सर‌कार‌को‌ कार्यक्रम र‌ बजे‌ट अध्ययन गर्दा तीन÷चार‌वटा महत्वपूर्ण कुर‌ामा ध्यान नदिएको‌ दे‌खिन्छ । पहिलो‌ कुर‌ा पर्वतीय पर्यटनलाई पुनरुत्थान यो‌जनाअन्तर्गत र‌ाखे‌र‌ पुनर्निर्माण गर्नुपथ्योर्‌, त्यो‌ कुर‌ा आएन । भूकम्पबाट क्षतिग्रस्त पर्वतीय पर्यटनका रुटहरु र‌ प्रभावित क्षे‌त्रहरुको‌ पुनरुत्थानका लागि बजे‌ट विनियो‌जन भएको‌ पाइएन । साहसिक र‌ पर्वतीय पर्यटनको‌ पुनरुत्थानका लागि संसद्को‌ विकास समितिले‌ पर्यटन विकासका लागि सिफारि‌स गर‌े‌को‌ कुर‌ालाई समे‌त बजे‌टले‌ छो‌एको‌ छै‌न । अकोर्‌ कुर‌ा भूकम्पबाट प्रभावित पर्यटन क्षे‌त्रमा आबद्ध दुई लाख मजदुर‌ विस्थापित भएको‌ अवस्था छ । ठूलो‌ संख्याका मजदुर‌हरुलाई सम्बो‌धन गनेर्‌गर‌ी बजे‌ट छुट्याउनुपथ्योर्‌ त्यो‌ पनि छै‌न । त्यस्तै‌ पर्यटन क्षे‌त्रमा आबद्ध व्यवसायी र‌ लगानीकर्ताहरुलाई न्यूनतम ब्याजदर‌मा ऋण उपलब्ध गर‌ाउने‌ कुर‌ामा बजे‌ट मौ‌न छ । उपल्लो‌ मुस्ताङलगायतका क्षे‌त्रमा र‌ो‌यल्टी छुट्याउन सर‌कार‌ले‌ पहल गर‌े‌न । र‌ाज्यले‌ अर्थतन्त्रको‌ महत्वपूर्ण हिस्सा बो‌के‌को‌ पर्यटनलाई नजर‌अन्दाज गर‌े‌को‌ प्रष्ट छ । तर‌ यो‌ क्षे‌त्रलाई जति प्राथमिकता दिनुपथ्योर्‌ त्यो‌ पाइँदै‌न । शिक्षा, स्वास्थ्यलगायतका क्षे‌त्रमा संवे‌दनशील दे‌खिए पनि पर्यटनलाई स्थान दिएन । समग्रमा बजे‌टबाट हामी उत्साहित हुने‌ अवस्था छै‌न ।

र‌मे‌श धमला, अध्यक्ष -टान

पर्यटन र‌ाजनीति मुक्त हुनुपर्छ