गत बर्ष २५ प्रतिशतले पर्यटक बढे, तर बढेन बसाई अवधी
८ असार, काठमाडौं । सन् २०१८ नेपालमा पर्यटक आगमनका हिसाबले उल्लेख्य रह्यो । यस वर्ष ११ लाख ७३ हजार ७२ जना पर्यटक नेपाल आए ।
सन् २०१७ को तुलनामा पर्यटकको संख्या २५ प्रतिशतले बढेको थियो । तर, पर्यटक आगमन कीर्तिमानी संख्यामा बढ्दा पर्यटकको औसत बसाई अवधि भने केही घटेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्यांकअनुसार यस वर्ष पर्यटकको औसत बसाई १२.४ दिन रह्यो । सन् २०१७ मा १२.६ दिन पर्यटक नेपाल बसेका थिए । सन् २०१६ मा १३.४ र सन् २०१५ मा १३.१६ दिन पर्यटक नेपालमा बसेको तथ्यांक छ ।
तपाईंको बिचार