आरबि अधिकारीको नेतृत्वमा टान निर्वाचनलाई लक्षित गरी बार्ता टोली गठन
भदौ ८, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)को निर्वाचन मिति नजिकिएसंगै नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघले निर्वाचनलाई लक्षित गरी बार्ता टोली गठन गरेको छ ।
गन्तव्य नेपालसंग कुरा गर्दै संघका अध्यक्ष आरबि अधिकारीले आगामी टान निर्वाचनका लागी सम्पूर्ण लोकतान्त्रिक धारमा आस्था राख्ने व्यावसायीहरुलाई गोलबद्ध गरी अघि बढ्ने उदेश्यका साथ बार्ता टोली गठन गरेको बताए । संघले अध्यक्ष आर.वि अधिकारीको नेतृत्वमा सोनामजी शेर्पा,अशोक के.सि,पासाङ शेर्पा,धनप्रसाद गुरुङ, नकुल देवकोटा र जंग लामा सदस्य रहेको वार्ताटोलि गठन गरेको छ ।
लोकतान्त्रिक धारमा बिश्वास राख्ने सम्पूुर्ण व्यावसायीहरुलाई एकताबद्ध गरी टानमा नेतृत्व गर्ने गरी आफुहरु अघि बढेको अधिकारीले बताए ।
तपाईंको बिचार