Sunday, January 24, 2021

चिनियाँ अभिनेत्री सी ‘भ्रमण वर्ष २०२०’ को लागि सदभावना दूत नियुक्त

प्रकाशित मिति: 2019/10/20

३  कार्तिक, काठमाडौं । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चिनियाँ अभिनेत्री सी छिङलाई नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियूक्त गरेका छन् । नेपाल भ्रमण वर्ष २०२० सचिवालयले औपचारिक कार्यक्रम गर्दै सद्भावना दूतको रुपमा उनलाई प्रमाणपत्र हस्तान्तरण गरेको छ ।

‘नेपाल–चीनबीच सुमधुर सम्बन्ध छ, बुद्ध जन्मेको देशले मनाउन लागेको नेपाल भ्रमण वर्षमा सद्भावना दूत हुन पाउँदा निक्कै खुशी छु, धन्यवाद्’, प्रमाणपत्र ग्रहण गरेपछि अभिनेत्री सी छिङले भनिन् ।

उक्त कार्यक्रममा नेपाली चेली भृकुटीले चिनियाँ नागरिक सम्राट श्रङचङसँग विवाह गरेको प्रसङ्ग कोट्याउँदै मन्त्री भट्टराईले अभिनेत्री छिङलाई भान्जीको संज्ञा दिए ।

‘नेपाल भ्रमण वर्षले आजदेखि नयाँ फड्को लिने अपेक्षा गरेको छु, अब गुणात्मक फड्को मार्छ भन्ने अपेक्षा गरेको छु’, मन्त्री भट्टराईले भने ।

तपाईंको बिचार