Monday, January 18, 2021

पर्यटकले भ्रमण बर्षमा नै किन, भनेर सोध्दा निरास हुनुपर्ने स्थीति छ :तेजेन्द्र शर्मा पौडेल

प्रकाशित मिति: 2019/10/24

कार्तिक ७, काठमाण्डौ । सरकारले बिदेशी पर्यटक भित्राउने योजनाका साथ नेपाल भ्रमण बर्ष २०२० घोषणा गरेको छ । यो सान्दर्भीक छ । नेपालका प्राकृतिक सम्पदाहरुको बिश्व बजारमा अझै बढि प्रवद्र्धन होस भन्ने उदेश्यले सरकारले गरेको होला, जुन सही छ ।

पर्यटन व्यावसायमा लामो समय व्यतित गरेका हिसाबले नेपाल भ्रमण बर्ष सन १९९८, २०११ का दिनहरु पनि नजिकबाट नियालेको छु । केही समय अगाडीमात्र साउथ कोरिया र युरोपको भ्रमण गरेर फर्किएँ । म आफैले नेतृत्व गरेको गाँउले पर्यटन नेपालका माध्यमबाट देश चिनाउने अभियानमा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रवद्र्धनात्मक कार्यक्रमहरु संस्थाका माध्यमबाट संभव भएसम्म भैराखेको छ ।
पर्यटनमा गाँउले पर्यटनसँगै एसिया नेपाल होलिडे प्रालि र नेपाल भिलेज स्टे कम्पनी मेरै नेतृत्वमा विगत लामो समयदेखी सञ्चालनरत छ । व्याक्तिगत र संस्थाका कार्डहरुमा समेत नेपाल भ्रमण बर्ष २०२० को लोगो अंकित तस्बीर राख्दै आएको छु । बिदेशीले यो केहो भनेर सोध्दा नेपाल भ्रमण बर्ष २०२० को बारेमा हो, ‘यू आर मस्ट वेलकम’ भन्ने गरेको छु । भ्रमण बर्षमै किन ? उनीहरुले स्पेशल प्याकेज के छ, भनेर सोध्दा भने निरास हुनुपर्ने स्थीति छ । किनभने सरकारका तर्फबाट एयरपोर्ट देखी नेपालमा रहदासम्मका कुनैपनि कुरामा छुट वा आर्कषणका योजनाहरु खुलाएको छैन । यस्तोमा मैले उनीहरुलाई आफ्नो कम्पनीमार्फत टुर प्याकेजमा आउँदा उनीहरुले चाहेबमोजिम यात हुनसक्छ, कुनै सुन्दर गाँउको भ्रमण, नाईट स्टे, स्पेशल डिनरपार्टी या कुनैपनि प्याकेज उपलब्ध गराउनेछु भनेर भन्ने गरेको छु । यति गरिदिदा उनीहरुको मुहारमा बेग्लै खुसी देखीन्छ भने सरकारले यसबारे बुझ्न जरुरी छ ।
सबै पर्यटकहरुसँग भरिपुर्ण पैसा भएर घुम्न आएका हुँदैनन ।  निश्चीत रकमले निश्चीत ठाँउ घुम्न आउनेहरु धेरै छन । यस्तोमा हामी व्यावसायी र सरकार दुबैले उनीहरुको खर्च गर्न सक्ने क्षमता बमोजिम प्याकेजहरु तयार गर्नुपर्छ । भिजिट नेपाल प्रोमसनल कमिटि बनाएर टुर अपरेटर, ट्राभल होटलहरुलाई भेला गरी कार्यक्रम हुन जरुरी छ । सत्य यही हो की बिश्वबजारमा नेपाल देश नै थाहा नपाउने धेरै व्यक्तिहरु छन, उनीहरुलाई थाहा दिने अर्थमा भ्रमण बर्षको कार्यक्रम छ ।
पर्यटन क्षेत्रमा संलग्नताको हिसाबले २८ बर्षको अबधीमा मेरो आफ्नै व्यक्तिगत जिबनमा पनि धेरै उतारचढाबको स्थीति सामना गरेको छु । परिवर्तन अवश्यम्भावी छ, भनेर मान्ने हो भने यी सबै सामान्य कुराहरु नै हुन । मैले पनि त्यसै गरी लिएको छु । हिजो गुणात्मक टुरिष्टहरु आउँथे, अहिले संख्यात्मक बढि छन । उनीहरुले गर्ने खर्च आजका दिनमा एकदमै न्यून छ । मानौ मैले ५ सयमा टुरप्याकेज बेचेँ भने अर्को व्यावसायीले थाहा पाउने बित्तिकै ४ सयमै प्याकेज उपलब्ध गराउन तयार हुने स्थीति छ । सरल भाषामा भन्दा एकले अर्को व्यावसायीको रोजीरोटीमाथि धावा बोलीरहेको अवस्था छ । न्यूनतम मापदण्ड भैदीने हो भने चिन्ताको बिषय हुने थिएन, असुरक्षा पैदा हुने थिएन । सबैमा चेतना आओस, यही भन्न चाहन्छु ।

तपाईंको बिचार