Friday, January 22, 2021

पर्यटन बोर्डको नयाँ सिईयो नियुक्तिको प्रक्रिया अघि बढ्यो, पौडेलको नेतृत्वमा छनौट समिति

प्रकाशित मिति: 2019/11/07

कार्तिक २१, काठमाण्डौ । नेपाल पर्यटन बोर्डको नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्तिको प्रक्रिया अघि बढाइएको छ । नयाँ सिइओ छनोटका लागि पर्यटन बोर्डका सञ्चालक समिति सदस्य विप्लब पौडेलको संयोजकत्वमा कृष्णबहादुर महरा र पर्यटन मन्त्रालयका सहसचिव सदस्य रहेको तीन सदस्यीय छनोट समिति गठन गरिएको छ ।

पर्यटन सचिवसमेत रहनुभएका पर्यटन बोर्डका सञ्चालक समिति अध्यक्ष केदारबहादुर अधिकारीले अघिल्लो हप्ता उक्त छनोट समिति गठन गरेको बोर्डका एक सदस्यले जानकारी दिए । २० लाख पर्यटन भित्र्याउने लक्ष्यका साथ घोषणा गरिएको नेपाल भ्रमण वर्ष २०२० नजिकिदै गर्दा नयाँ सिइओ छनोट प्रक्रिया अघि बढेकाले यसलाई चासोका साथ हेरिएको छ । वर्तमान सिइओ दिपकराज जोशीको कार्यकाल पुसमा सकिदैछ । ंंनयाँ सिइओ छनोट प्रक्रिया अघि बढाइएसँगै आकांक्षीहरु मैदानमा उत्रिएका छन ।

तपाईंको बिचार