Sunday, January 17, 2021

लगेज घिर्सादै पर्यटक ठमेल नै किन आउने ? ‘टि जोनको व्यवस्था नै गलत छ’ :गिता गुरुङ

प्रकाशित मिति: 2019/11/10

कार्तिक २४, काठमाण्डौ । ५ महिनाअघि ठमेल पर्यटन बिकास परिषद्(टीटीडीसी) मा नयाँ नेतृत्व आउँदा पर्यटन क्षेत्र सुधारमा ठमेलबासीको धेरै नै अपेक्षा रहेको महशुस गरेकी थिएँ, म आफै पनि सर्वाधिक मतका साथ उपाध्यक्षमा निर्वाचित भएकी हुँ । अघिल्ला कार्यकालमा भिडमा नाच्नेहरुको जमात बढि थियो, कार्यकारी अधिकार नेतृत्वले लिने र आपसी आरोप प्रत्यारोपमै अल्मलीरहने यसअघिको स्थीतिलाई चिर्न यसपटक सफल भयौँ भन्ने लाग्छ । किनकी व्यक्तिको योग्यता अनुसार सबै पदाधिकारीहरुलाई काम गर्नका लागि निश्चीत बिभागहरु छुट्याईएको छ, यसमा कसले कति काम गर्यो, कुन बिभागले कस्तो प्रगति गरिरहेको छ, कुन समुह पछाडी छ, प्रष्ट देखिने गरी नेतृत्व बाँडफाँड गरिएको छ । सबै समुहले नतिजामुखी काम गर्न नसकेका पनि होलान, यद्यपी त्यसभित्रका कमीकमजोरी हटाउन जिम्मेवारी लिने नेतृत्व जवाफदेही हुनुपर्ने व्यवस्थाका कारण सबै साथीहरु गम्भीर भएर काम गरीरहनु भएको पाएकी छु । भ्रमण बर्ष आउन २ महिनामात्रै बाँकी छ, यस्तोमा म आफै पनि ईभेन्ट म्यानेजमेन्ट कोअर्डिनेटरको रुपमा जिम्मेवारी सम्हालिरहेकी छु, त्यस्तै अरु साथीहरु पनि अन्य बिभागमा हुनुहुन्छ । स्थानिय हुनुका हिसाबले ठमेल अन्तर्गतकै सातघुम्ती उपसमितिको संयोजकका हिसाबले त्यसक्षेत्रको बाटोघाटो, खानेपानी, ढलबिस्तार, अन्यन्त्रीत तार व्यावस्थापन र ट्राफिक समस्या लगायत बिदेशी पर्यटकहरु आउँदा उनीहरुलाई परेका समस्याबारे पनि सहजीकरण गर्दै आएको छु ।

सडक बालबालिकाका क्षेत्रमा काम गर्नकै लागि मेरै नेतृत्वमा सन २०१३ देखि ‘रेज अफ होप’ नामक संस्था सञ्चालनमा छ । यसले बिशेषतः आर्थिक रुपमा बिपन्न परिवार र सडक बालबालिकाको शिक्षा, स्वास्थ र जिबनको मार्गदर्शन पहिल्याउने अर्थमा काम गरिरहेको छ । सन २०१७ बाट यसको मुल नेतृत्वमा रहेर कार्यबिभाजन हस्तान्तरण गरी ठमेल क्षेत्र सुधारमै मेरो बिशेष ध्यान केन्द्रीत गरेकी छु ।
 गत सेप्टेम्बरमा ‘वल्र्ड टुरिजम डे’ हामी सबैका लागि बिशेष थियो, किनकी अहिले हामी भ्रमण बर्षको पूर्वसन्ध्यामा छौ । यसका लागि सरकार र व्यावसायी एकसाथ हातेमालोको जरुरी छ, तर दुर्भाग्य राम्रै काम गर्नका लागि पनि पर्यटन बिभाग र भ्रमण बर्ष संयोजकबाट सहयोग भन्दा बढि निरासा नै प्राप्त भए । पूर्वसन्ध्याको यो अनुभवले आउने बर्षभरीको स्थीति यस्तै मानसिकतामा अगाडि बढ्न सक्दैन । संसारलाई हामीले आह्वान गरिरहेको भ्रमण बर्षको कार्यक्रममा सरकारले गर्ने आर्थिक सहयोगको पाटो हतोत्साहित बनाउने शैलीमा देखियो । पर्यटन बिभागबाट छुट्याईएको आर्थिक सहयोगको घोषणा पनि  एकदमै न्यून रह्यो  सरकारले बनाएका भ्रमण बर्ष संयोजकको झन कुरै नगरौँ । एकदमै असहयोगी भावनाको स्थीति, हाम्रो अहिले सम्मको अनुभव हो । यसरी त, हलो अड्काएर गोरु चुट्ने भनेझै, चर्का कुरा गर्ने तर व्यावसायीलाई नै निरुत्साहित गरेर कस्तो भ्रमण बर्षको सपना देखिएको हो, बुझ्न सकिएन । भ्रमण बर्षको सुरुवातमै यी कुराहरु हामीले सोचे अनुरुप होईन । कम्तीमा समझदारी, सहकार्य सुरु हुन सकोस । भ्रमण बर्ष सफल हुँदा आखिर त्यसको क्रेडिट खाने त सरकार पक्ष नै हो, व्यावसायीलाई त नेपाल आउने टुरिष्टले नेपाल राम्रो भनिदिएको सुन्न पाउँ भन्ने मात्रै न हो ।
केही समय अगाडि आन्तरीक पर्यटनको स्थीति बुझ्न मनाङ गएकी थिएँ । पछिल्लोपटकको भन्दा यसपटकको यात्रा धेरै नै सहज महशुस भयो । गाडी गन्तव्य क्षेत्रसम्म नै पुग्ने स्थीति बनेछ । फर्किदा मनाङकै ताल भन्ने स्थानका होटल व्यावसायी, आमा समुहसँग भलाकुसारी गर्यौँ । गाडि पुगेको खुसी त छँदैछ, हिमाली क्षेत्र घुम्न जाने टुरिष्टका लागि छुट्टै ट्रेकिङ रुटको जरुरत रहेको उनीहरुको भनाई थियो । बास्तबिक टुरिष्टहरु ट्रेकिङ बाटै जाने र गाडि गुड्दा उड्ने धुलोले उनीहरु बेखुसी हुने रहेछन, यस्तोमा टुरिष्टहरुलाई जोगाईराख्न पनि छुट्टै ट्रेकिङ रुट खोज्नुपर्ने र यसमा सरकारले आवश्यक व्यावस्थापन गर्न सकेको खण्डमा आफुहरुले नै ट्रेकिङ रुटको खोजी गरिदिने समेत उक्त भेटमा उनीहरुले बताए । ठमेलमा सामाजिक संस्थाको पदाधिकारी हुनुका हैसियतले पनि  उनीहरुले कुरा राखेका हुन । यसमा सरोकारवालाको ध्यान पुगोस ।
अन्तर्राष्ट्रिय बिमानस्थलमा ओर्लिसकेपछि, पर्यटकहरुको पहिलो बसाई ठमेल नै हो । तर ‘टी जोन’को असर पर्यटक आवगमनमा पनि परेको छ । सुरुमा ठमेलमा जथाभावी सवारी आवगमन रोक्न आवश्यक पनि थियो । तर यसबारे बिकल्प नदिई, कार्यसमितिसँग छलफल नै नगरी अघिल्लो नेतृत्वले ठमेल भित्र ट्याक्सी नै छिर्न नदिने गरी जुन निर्णय गर्यो, त्यसैको दुष्प्रभाव अहिले व्यावसायिले भोगिरहेका छन । एयरपोर्टबाट आउने पर्यटक लगेज बाटोमा घिसारेर होटल चहार्नुपर्ने स्थीतिमा किन ठमेल आउने ?
यसले पनि ठमेलमा टुरिष्ट घटेको प्रष्ट छ, आम व्यावसायीको गुनासो यही हो । भ्रमण बर्षमा यो नियम लागु भईरहे ठमेलको व्यावसायले गति नलिने प्रष्ट छ । कम्तीमा एउटा निश्चीत समय बेलुका ६ बजेदेखी १० बजेसम्म सवारी निषेध गरेर अन्य समयमा आफुले चाहेको होटलसम्म पुग्न सवारी प्रयोग गर्न दिन सकिन्थ्यो, तर यहाँ त २४ सै घण्टा रोकिएको छ, समस्या यहीँनेर छ ।

तपाईंको बिचार