Sunday, January 24, 2021

सुन्दर र सुरक्षीत ठमेल निर्माण गर्न ठमेल पर्यटन बिकास परिषद्ले सुरु गर्यो अनुगमन

प्रकाशित मिति: 2019/11/12

कार्तिक २६, काठमाडौं । ठमेल पर्यटन बिकास परिषद्(टीटीडीसी)ले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी बिकृती बिसंगति निर्मुल पार्न ठमेल अनुगमन सुरु गरेको छ ।

‘सुन्दर ठमेल सुरक्षित ठमेल’ बनाउने अभियान अनुसार आइतवार राति अनुगमन गरिएको परिषद्का महासचिव ध्रुव अधिकारीले जानकारी दिए । परिषदका अध्यक्ष प्रकाश राणाको नेतृत्वमा गएको अनुगमन टोलीले ठमेलको रात्री जीवनको अनुगमन गरेको हो । परिषदका अध्यक्ष राणा, उपाध्यक्ष राजु मान डंगोल, महासचिव अधिकारी, स्रोहखुट्टे प्रहरी वृत्तका प्रहरी, दरबारमार्ग प्रहरी वृतका प्रहरीलगायत सहभागी भएका थिए । अनुगमन टोलीले सडक बालबालिकालाई व्यवस्थापन गरिने जनाएको छ । फुटपाथ व्यापार, अव्यवस्थित पार्किङ, तेस्रो लिंगीहहरुलाई ठमेलबाट हटाउने र उचित व्यवस्थापन गर्ने काम सुरु भएको महासचिव धु्रव अधिकारीले जानकारी दिए । अराजक प्रवृत्तिलाई निरुत्साहित गर्दै ढल व्यावस्थापन, बाटोघाटो सुधार, संस्कृतिहरुको संरक्षण र प्रवद्र्धन गरिने अधिकारीले बताए ।

तपाईंको बिचार