Saturday, January 16, 2021

नाट्टाको अध्यक्षमा अच्यूत गुरागाँईको उमेद्धवारी घोषणा, पर्यटन क्षेत्र सुधारको लक्ष्य

प्रकाशित मिति: 2019/12/01

मंसिर १५, काठमाण्डौ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)को अध्यक्षमा बर्तमान बरिष्ठ उपाध्यक्ष अच्यूत गुरागाँईले उमेद्धवारी घोषणा गर्नुभएको छ ।

गन्तव्य नेपालसँग कुराकानी गर्दै गुरागाँईले आफू विगतदेखी नै नाट्टा र पर्यटन क्षेत्रको स्तरबृद्धिमा लागि परेको भन्दै जुनसुकै पर्यटन क्षेत्र सुधारमा आफु सक्रिय भएर लाग्ने बताउनुभयो ।
नेपाल भ्रमण बर्ष २०२० सफल बनाउन मन्त्रालयसँग लबिङ गरिरहेको बताउँदै उहाँले नाट्टा भित्रका सदस्यहरुको हकहित, बिदेशी एयरलाईन्सका सिईयोहरुलाई नेपालमा ल्याएर नेपालको एयरलाईन्सका समस्या र तिनको समाधानको खोजीमा आफु लागिपर्ने उहाँले बताउनुभयो ।
आफुले हरेक कार्यकालमा पूर्ण रुपमा पर्यटन क्षेत्र र नाट्टालाई व्यवस्थीत बनाउन लागिपरेको भन्दै उहाँले यसपटक २ बर्षअगाडि नै तयार भएको आफ्नो व्यावसायिक टिमको नेतृत्व लिएर अघि बढ्ने बताउनुभयो ।
आफ्नो काम गर्ने शैलीलाई व्यावसायीहरुले साथ दिएकै कारण नाट्टा सदस्य, सचिब, महासचिब र बरिष्ठ उपाध्यक्ष भएको भन्दै उहाँले अब नाट्टाको नेतृत्व लिन सक्षम रहेको बताउनुभयो । गुराईगाँई सी एण्ड स्काई टूर्स एण्ड ट्राभल्स प्रालिका अध्यक्ष हुनुहुन्छ । नाट्टा निर्वाचन आउँदो जनवरीमा हुँदैछ ।

तपाईंको बिचार