Wednesday, January 20, 2021

नाट्टा नेतृत्वमा दिपेन्द्रकुमार घिमिरे(डिके शर्मा)को उमेद्धवारी घोषणा, काम बहादुर बन्ने भनाई

प्रकाशित मिति: 2019/12/02

मंसिर १६, काठमाण्डौ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स(नाट्टा)को अध्यक्षमा पूर्व द्धितिय उपाध्यक्ष दिपेन्द्रकुमार घिमिरे(डि.के शर्मा)ले उमेद्धवारी घोषणा गरेका छन ।

गन्तव्य नेपालसँग कुराकानी गर्दै घिमिरेले आफु सर्बसहमतिय नेतृत्वको पक्षमा रहेको र अन्तिम बिकल्पका रुपमा लोकतान्त्रिक बिधी अपनाउनुपर्नेमा जोड दिए ।
सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० सफल पार्न आगामी नेतृत्वको महत्वपूर्ण भुमिका हुने भन्दै उनले सरकार र पर्यटन व्यावसायी बिच हातेमालो गदैृ अगाडि बढ्न तयार रहेको बताए ।
अघिल्लो पटक अध्यक्षका लागि भएको निर्वाचनमा झिनो मतले पराजित बनेका घिमिरे यसपटक जसरी पनि नेतृत्व सम्हाल्ने र पर्यटन क्षेत्र सुधार गरेरै देखाउने बताए । उनले आफु गफबहादुर होईन कामबहादुर भएको टिप्पणी समेत गरे ।नाट्टा निर्वाचन आगामी जनवरीमा हुँदैछ । घिमिरे डिके ट्राभल एण्ड टूर्सका सञ्चालक हुन ।

तपाईंको बिचार