Saturday, January 23, 2021

डीटीएम अन्तर्राष्ट्रिय बिभाग प्रमुखमा दामोदर ढकाल मनोनीत

प्रकाशित मिति: 2019/12/02
मंसिर १४, काठमाण्डौ । गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले यही फागुन ९ र १० गते तदनुसार फेब्रुअरी २१ र २२ का दिन भृकुटीमण्डप प्रदर्शनी हलसहितको चौरमा आयोजना गर्ने दोस्रो आन्तरीक पर्यटन मेला(डोमेस्टीक टूरीजम मार्ट) डीटीएम को अन्तर्राष्ट्रिय बिभाग प्रमुखमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)का सचिव तथा युवा पर्यटन व्यावसायी दामोदर ढकाललाई मनोनित गरेको छ ।
गन्तव्य नेपाल गु्रपका अध्यक्ष तथा डीटीएम अध्यक्ष शिव अधिकारी अबिरलले आज ढकाललाई मनोनीत गरेका हुन ।
ढकालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्र मा रहेको दक्षता, क्षमता र सार्वजनिक व्यक्तित्वको छबिलाई उच्च मुल्यांकन गर्दै अन्तर्राष्ट्रिय बिभाग प्रमुखमा मनोनयन गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।
उहाँले ढकालको उपस्थीतिले डीटीएम सफल बनाउन नयाँ दिशाबोध हुनेमा आफूहरु बिश्वस्त रहेको पनि बताउनुभयो ।
 
को हुन दामोदर ढकाल ?https://gantabyanepalnews.com/personality/6430

तपाईंको बिचार