Saturday, January 16, 2021

काठमाडौंको ठमेल क्षेत्र असुरक्षित बन्दै

प्रकाशित मिति: 2019/12/03

१७ मंसिर, काठमाडौं । नेपाल भित्रिने अधिकांश पर्यटक ठमेल पुगेकै हुन्छन् । यहाँ पर्यटकका लागि सुविधा सपन्न होटलदेखि योगा, स्पा लगायत हरेक सुविधा उपलब्ध छन् । तर पर्यटकको आकर्षण मानिने काठमाडौंको ठमेलमा पर्यटक कतिको सुरक्षित छन् ? लगायतका प्रश्न उठ्न थालेका छन् ।

दैनिक हजारौं पर्यटक भित्रिने ठमेलमा आपराधिक घटनाहरु पनि उत्तिकै हुनेगरेको स्थानीय बताउँछन् । तर, आपराधिक घटनाहरु बढिरहेकाले ठमेल असुरक्षित बन्दै गएको छ । साथै सुरक्षा निकाय पनि गम्भीर नभएको स्थानीयको गुनासो छ ।

दैनिक हजारौं पर्यटक आउने मुख्य पर्यटन केन्द्र ठमेलमा पर्याप्त सीसी क्यामेरा, उचित बत्तीको व्यवस्था नहुँदा पनि आपराधिक घटना बढेको स्थानीयको बुझाइ छ । बिदाको दिन ठमेलमा अझ धेरै चहलपहल हुने हुँदा सुरक्षाकर्मी पनि त्यही अनुपातमा हुनुपर्ने कतिपय बताउँछन् ।

ठमेलमा धरै अपराधका घटनाहरु रातमा हुने गरेता पनि रात्रिकालीन सुरक्षाकर्मी खटिने गरेका छैनन् । जसले गर्दा ठमेल अशान्त मात्र हुँदैन, पर्यटकहरु पनि लुटिने गरेको व्यवसायीहरु बताउँछन् ।

यता, प्रहरी भने आपराधिक घटनामा कमी आएको दाबी गर्छ । ठमेलमा पर्यटक लुटिएको उजुरी नपर्ने गरेको बताएको छ ।

तपाईंको बिचार